HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार हङकङमा नेपाली पुस्तकालय

हङकङमा नेपाली पुस्तकालय

E-mail Print PDF
AddThis Social Bookmark Button

हङकङ नेपाली सम्वाददाता

फेब्रुअरी २०, हङकङ

हङकङमा एकजना नेपालीले नेपाली पुस्तकालय खोल्ने भएका छन्। हङकङको जोर्डनस्थित कंगन रेष्टुरेन्टका सञ्चालक कमल पौड्यालले हङकङमा प्रशस्त अध्ययन गर्ने नेपालीहरू रहेकाले उनीहरूलाई विदेशको ठाउंमा नेपाली भाषा सम्वर्धन गर्न टेवा पुगोस भन्ने उद्देश्यले पुस्तकालय खोल्न लागेको बताए।

कमल पौड्याल नेपालका चर्चित कवि केवलपुरे किसानका सुपुत्र हुन्। उनका अनुसार आफ्ना बुवाको इच्छा पूरा गर्न पनि उनले उक्त पुस्तकालय खोल्न लागेका हुन्। "मेरा पिता एक कवि हुनुहुन्छ। उहांको चाहना छोराहरूले पनि नेपाली साहित्यमा धेरथोर योगदान दिए हुन्थ्यो भन्ने छ। उहांले मलाई बारम्बार भन्ने गर्नुहुन्छ, तिमीहरूले पनि साहित्यिक काम गरेमा मेरो उमेर बढ्नेछ भनेर। त्यसैले मैले मेरो बुवाको इच्छा पूरा गर्नको लागि पनि यो पुस्तकालय खोल्न लागेको हुं" उनले भने। 

व्यवशायले रेष्टुरेन्ट सञ्चालक भए पनि उनी स्वयं पनि बेलाबखत कविता लेखिरहन्छन्। यसपाला उनले आफ्नै रेष्टुरेन्टको एउटा कुनामा नेपाली भाषाका विभिन्न खाले पुस्तकहरू राखेर पुस्तकालय शुरू गर्ने भएका छन्। त्यसको लागि उनले हङकङभर भएका नेपालीहरूसंग अध्ययन गरिसकेका पुस्तकहरू प्रदान गरिदिनको लागि अनुरोध पनि गरेका छन्। उनको पुस्तकालयको नाम पनि केवलपुरे किसान पुस्तकालय रहने छ। उनका अनुसार पुस्तकालयको लागि करीब ५०० जति पुस्तकहरू जम्मा भइसकेका छन्। र बांकी जम्मा हुने क्रममा छन्। नेपालबाट पनि साहित्यकारहरूले उनलाई पुस्तक पठाइदिन बचन दिएको कुरा बताउंछन्। "नेपालबाट मेरा साथीहरू र साहित्यकर्मीहरूले एक एक बोरा पुस्तक पठाउने बचन दिएका छन्। मलाई लाग्छ हाम्रो पुस्तकालय निकै ठूलो होला जस्तो छ।" उनले भने। 

नेपाली भाषामा हङकङमा यो पहिलो पुस्तकालय हुनेछ। यहांबाट पुस्तक पढ्नको लागि मानिसहरूले प्रति पुस्तक हङकङ डलर ५० डलर फिर्ता हुने गरी धरौटी राख्नुपर्ने छ। पुस्तकहरू सकेसम्म सकुशल फिर्ता होउन् भन्नका खातिर त्यसो गरिएको उनी बताउंछन्।

 

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)