HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार साब्लाबुङ साहित्यिक पत्रिकाको लोकार्पण

साब्लाबुङ साहित्यिक पत्रिकाको लोकार्पण

E-mail Print PDF
AddThis Social Bookmark Button
१६ फेब्रुवरी २०१०,हङकङ 

 
 
लोहोरुङ याख्खावा युयोङ हङकङले मंगलवार बेलुकी जोर्डन स्थित मगर संघ हङकङको कार्यलयमा साब्लाबुङ नामक साहित्यिक पत्रिकाको लोकार्पण सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख आतिथि, आठ पहराइ राई भाषामा पीएचडी गर्नु भएका प्राध्यापक टंक प्रसाद न्यौपाने र बिशेष आतिथि डा प्राध्यापक गोविन्द भट्टराईले संयुक्त रुपमा पत्रिकाको बिमोचन गरेका थिए। 

साब्लाबुङ पत्रिकाको बारेमा पत्रकार चन्द्र दुमी राई, बिशेष आतिथी वरिष्ठ साहित्यकार डा गोविन्द भट्टराई र प्रमुख आतिथी डा टंक प्रसाद न्यौपानेले मन्तव्य दिएका थिए। मन्तव्य दिने क्रममा डा टंक प्रसाद न्यौपानेले राई लिम्बु बस्तिमा खाइखेली हुर्केका एक जना बाहुनको छोराले आठ पहराइ राई भाषामा पीएचडी गर्नको लागि निवेदन गर्दा बाहुनको छोरा त्यै माथि नेपाली भाषाका शिक्षकले राई भाषामा पीएचडी किन गर्नु पर्यो भनेर डिन को अफिस बाट स्विकृति नहुँदा बिदेशी गोराहरुले नेपाल आएर गुरुङ, मगर, राई, लिम्बुहरुको भाषाको बारेमा पीएचडी गर्न पाउने तर म एक जना नेपालीको छोराले राई भाषामा पीएचडी गर्छु भन्दा किन नपाउने भनेको रमाइलो प्रसँगलाई जोड्दै आफुले राई भाषामा किन र कसरी पीएचडी गर्नु पर्‍यो, पिएचडी गर्न के कस्तो झमेला भोग्नु पर्‍यो भनेर सबै सामु छर्लङ पारेका थिए।

आगामी अङ्कहरुमा डा गोविन्द भट्टराई र डा टंक प्रसाद न्यौपानेको पनि सहयोग रहने र पत्रिकाको निरन्तरताको कामना  दुबै जना अतिथिहरुले गरेका थिए। पत्रिकाको बारेमा सम्पादक राज कुमार राईले पनि मन्तव्य दिएका थिए। कार्यक्रमको अध्यक्षता लोहोरुङ याख्खावा युयोङ हङकङका अध्यक्ष तथा साब्लाबुङ पत्रिकाका ब्यवस्थापक जित बहादुर राईले गरेका थिए भने कार्यक्रमको सन्चालन मात्रिदिप राईले गरेका थिए। 

प्रमुख आतिथि डा टंक प्रसाद न्यौपाने र बिशेष आतिथि वरिष्ठ साहित्यकार डा गोविन्द भट्टराईलाई सँस्थाको तर्फबाट सम्मान पत्र हस्तान्तरण गरिएको थियो। 

कार्यक्रममा जनजाती महासंघ हङकङका अध्यक्ष भुपेन्द्र चेम्जोङ, नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फे, पत्रकार चन्द्र दुमी, कुलप्रसाद गुरुङ लगायत अन्य गन्यमान्य ब्यक्तिहरुको पनि उपस्थिति रहेको थियो।
 
 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)