जनवरी १३
हङकङ, गोल्ड कोष्ट, नेकपा (एमाले) हङकङ कमिटिले पार्टीमा आस्था हङकङबासी नेपालीहरुबिच भेटघाट गर्ने उद्देश्यले ‘वनभोज तथा पुर्नमिलन’ कार्यक्रम सम्पन्न गरेको छ।
अनौपचारिक कार्यक्रमको संचालन सचिव सत्य प्रसाद घलेले शुरु गरेका थिए भने हङकङ कमिटीका अध्यक्ष ओमराज सम्वाहाम्फेले देशमा नयाँ संविधान बनाउने, माओवादी सेनाहरुको व्यवस्था गर्ने लगायतका महत्वपूर्ण कार्यहरु सम्पन्न गर्ने मुख्य जिम्मा नेकपा (एमाले) को काँधमा आएको स्मरण गराउदै कार्यक्रममा उपस्थित सबै कमरेडहरुलाई हार्दिक धन्यवाद दिएका थिए।
त्यसपछि ‘हिमायती साँस्कृतिक परिवार’ धरानको अत्यन्तै मन छुने गीतहरुको प्रस्तुतीले सबैको धन्यवादका पात्रहरु बनेका थिए। कलाकारहरु किशोर श्रेष्ठ, शीव सुब्बा, अविर राई, भिम गुरुङ, गणेश ईजम र देव लिम्बु थिए भने संगित संयोजन शीव सुब्बाले गरेका थिए। उक्त अवसरमा प्राय सबै नाचेका थिए।
उल्लेखिनय उपस्थिति रहेको कार्यक्रममा विविक्यू, पुलाउ, करी मटन, आलुदाम, सेलरोटी आदि बिभिन्न प्रकारका खानाहरुको व्यवस्था गरिएको थियो। यस किसिमको कार्यक्रम समय समयमा गर्नुपर्ने प्राय सबैको धारणा थियो। कार्यक्रम रातको अबेर सम्म चलेको थियो।


















