HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home हङकङ समाचार दिलवहादुर हत्या प्रकरणः पोष्ट मार्टम गर्ने डाक्टरहरुको मत बाझियो

दिलवहादुर हत्या प्रकरणः पोष्ट मार्टम गर्ने डाक्टरहरुको मत बाझियो

E-mail Print PDF
AddThis Social Bookmark Button
हङकङ। दिवहादुर लिम्वूको परिवार तर्फवाट वोलाइएको फरेन्जिक प्याथोलोजिष्ट प्रोफेसर सनलिप बे ले दिलवहादुर लिम्वूको टाउकोमा गोली ९० डिग्रीको कोणमा प्रवेश गरी जमीन संग समानान्तर भएर छिरेको वयान दिएका छन्।

उनको लिखित वयानमा गोली हान्ने प्रहरी होई का केईले आफू लडेर हानेको भन्ने भनाई र गोलीको दिशा मेल खाँदैन भन्ने राय दिइएको छ। गोली कानको पछाडिवाट छिरेर खप्परको कडा हड्डीमा ठोक्किएकोले गोली फुटेर टुक्रा टुक्रा भएको उनको अनुमान छ। गोलीको दिशाको विषयमा पहिलो चोटि पोष्ट मार्टम गर्ने डाक्टर चियाओ र उनको मत वाझेको छ। पहिलो डाक्टरले गोली कानको पछाडि लागेर निधारसंग समानान्तर भएर गएको ठहर गरेको छ भने प्रोफेसर बे ले निधारसंग समानान्तर नभई गोली टाउकोको केन्द्र भागतिर गएको वताएका छन्। प्रोफेसरको भनाईमा दिलवहादुरलाई गोली हान्दा उनको अनुहार प्रहरीतिर फर्केको नभई लगभई ९० डिग्रीको कोणमा निस्कने वाटोतिर फर्केको हुनपर्दछ भनेका छन्।

त्यस्तै खुर्सानीको झोल छ्रयापेको विषयमा पनि उनलाई विषेशज्ञको रुपमा वयान लिइएको थियो। वयानमा उनले खुर्सानीको झोल छयापेको मान्छेले आँखा देख्न नसक्ने र त्यसको असर कम गर्नलाई करिव १५ मिनेट जति लगातार धाराको पानीले पखाल्नु पर्ने उनको राय छ। हत्यामा संलग्न प्रहरीले दिलवहादुर लिम्वूलाई खुसा्रनीको झोल छेपेपछि तुरुन्तै नजिको वोतलमा रहेको पानी टिपेर आँखा पखालेपछि पुन आक्रमण जारी राख्दा गोली चलाएको उल्लेख छ। जुन कुरा खुर्सानीले पार्न सक्ने असरसंग मेल नखाने कुरा प्रोफेसर बेको लिखित वयानमा उल्लेख छ।

स्मरण रहोस प्रोफेसर बॆ केवल प्याथोलोजिष्ट मात्र हो खुर्सानीको झोल र गोलीको विषयमा विशेषज्ञको रुपमा वयान दिन सक्दैन भन्दै बेलाई वयान दिनवाट वन्चित गर्ने कोशिस विपक्षका अधिवक्तहरुले राय दिएका थिए। त्यसपछि प्रोफेसर बे ले यस विषयमा वयान दिन सक्ने कि नसक्ने भन्ने विषयमा उनको योग्यताको विषयमा जुरीको अनुपस्थितिमा सुनुवाई भएको थियो। पछिवाट कोरोनरले विषेशज्ञको रुपमा वयान दिन सक्ने निर्णय दिएको थियो। तर त्यसको पछिल्लो दिन कोरोनरले वयान दिन त सक्ने तर दिलवहादुर र प्रहरीलाई उल्लेख गरेर राय पेश गर्न नपाउने भएपछि प्रोफेसर बेको लिखित वयानमा उल्लेखित धेरै वुँदाहरु झिकिएको थियो। परिवारको तर्फवाट दोश्रो चोटि पोष्ट मार्टन गर्न वोलाइएको बेलाई अदालतले गोलीको कोणखुसा्रनीको झोल र वन्दुककोवाट निस्कने पदार्थगन शट रेसिड्युको विषयमा वयान दिन नपाउने कोरोनरले निर्णय गरेमा सोनीले अदालत त्यही दिनदेखि वहिष्कार गर्ने योजना रहेको थियो।

हाल सम्मको वयानवाट के अनुमान गर्न सकिन्छ भने दिलवहादुर लिम्वूलाई कि त प्रहरीले उठेरै वा दिलवहादुर पनि वसेको अवस्थामा गोली हानिएको र खुसा्रनीको झोलको कुनै अंश नभेटिएकोले उनलाई खुसा्रनीको झोल नछेपेर सिधै गोली प्रहार गरेको हुन सक्ने अनुमान सुनुवाईमा उपस्थित हुने सर्वसाधारणले लगाएकाछन्। चीनिया नयाँ वर्षको विदापछि अव फेव्रुअरी १८ तारिख विहीवारदेखि सुनुवाई पुनः शुरु हुनेछ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)