HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार गुरुङहरुको महान पर्ब तथा २५९४ नयाँ बर्ष ल्होछार में ल्हो

गुरुङहरुको महान पर्ब तथा २५९४ नयाँ बर्ष ल्होछार में ल्हो

E-mail Print PDF
AddThis Social Bookmark Button
नन्द घले 
 
 
 
(गाई) बर्गलाई बिदाइ गर्दै चिदो ल्हो (बाघ) बर्गलाई स्वागत गर्न गत जनवरी ३१ को दिन मङ्की हीलमा खोटाङ गुरुङ समाजले पनि भब्यताका साथ कार्यक्रम मनाए। आफ्नो संस्कृति कसलाई पो प्यारो लाग्दैन र? तेसैले पूर्वेली खोटाङे गुरुङहरु पनि के कम्? आफ्ना पूर्खाहरुले बिर्सी सकेका रहनसहन भेषभुषा नयाँ पींढीले पछ्याउंदै घल्याक र फरियामा सजिएका देखिन्थे गुरुङसेनीहरु हङकङमा पनि। साँच्चै आफ्नै गुरुङ पनले छोपेको महसुस् हुन्थ्यो सबैलाई। नहोस् पनि कसरी? अहिले स्वदेशको माहौल पनि तेस्तै छ। झन विदेशको त के कुरा ?

कार्यक्रम अलि ढिला भएको जानकारी गराउंदै सचिव चन्द्र गुरुङले औपचारिक कार्यक्रम शुरु गरेका थिए भने पूरा कार्यक्रम सह- सचिव अर्चन गुरुङले सन्चालन गरेका थिए। सल्लाहकार तेज गुरुङको सभापतित्वमा कार्यक्रम सन्चालन भई अध्यक्ष राम गुरुङ, उपाध्यक्ष पदमा गुरुङ, सहकोषाध्यक्ष गोपाल गुरुङ र नन्द घलेले आ-आफ्ना मन्तब्य ब्यक्त गरेका थिए। सो अबसरमा अध्यक्ष राम गुरुङले संस्था भर्खर मात्र स्थापना भएको, आर्थिक अवस्था त्यति सबल नभैसकेको अवस्थामा अहिलेलाई एउटा मात्र साउण्ड सिस्टम खरिद गर्न सकेको र भविष्यमा यस्ता अत्यावश्यक बस्तु खरिद गर्दै जाने जानकारी गराउनु भयो। अनी सोही अवसरमा अन्य समाजहरुले सहकार्य गर्दै जानको लागि अफर आएको समेत मन्चमा जानकारी गराउनु भयो। तेस्तै अन्य वक्ताहरुबाट बनभोज र बिबिक्यू मात्र नगरी नयाँ सामाजिक तथा संस्कृति अभिवृद्दि गर्ने कार्यक्रम गर्न सुझाव दिएका थिए।
 
बिशेष गरी एकअर्कामा चिनजान, नाता सम्बन्ध कायम गरी सङ्गठित रही रहन सबैलाई आह्वान गर्नु भएको थियो। अन्त्यमा सभापतिको सभा विसर्जन पश्चात सदस्य धिरज गुरुङले मनोरन्जन कार्यक्रम सन्चालन गर्नु भएको थियो। उक्त कार्यक्रममा बियर पिउने, म्यूजिकल चियर र राफल चिट्ठा राखिएको थियो। राफल चिट्ठाको प्रथम पुरस्कार भने अर्चन गुरुङ तथा मिसेस अर्चन गुरुङ द्वारा प्रायोजित रहेको थियो। अती मनोरन्जनात्मक बियर पिउने खेलमा श्याम घलेले सबैलाई उछिनेर प्रथम पुरस्कार हात पार्न सफल भएका थिए। तेस्तै सम्पूर्ण कार्यक्रमलाई सफल बनाउन तथा मनोरन्जन दिलाउन हर्क गुरुङ (तमु), कुमार गुरुङ(तमु) तथा अन्य तमु बन्धुहरुले, दिलो ज्यान दिएर खटेका थिए। 
 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)