HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार सबैभन्दा पुरानो सँस्था फियोनाले पनि महावाणिज्यदूतलाई स्वागत गर्यो

सबैभन्दा पुरानो सँस्था फियोनाले पनि महावाणिज्यदूतलाई स्वागत गर्यो

E-mail Print PDF
AddThis Social Bookmark Button
९ फॆब्रुअरी, हङकङ
 
 
 
हङकङको सबैभन्दा पुरानो सस्था फियोना हङकङले लामो समयसम्म बिवादमा रहेका महावाणिज्यदूत विनोद उपाध्ययलाई स्वागत तथा लामो समय हङकङमा महावाणिज्यदुतको जिम्मेवारी लिएर बसेका र हालसालै पदोन्नति भई नेपाल फर्कन लागेका वाणिज्यदुत सुसील लम्साललाई बिदाई कार्यक्रम सम्पन्न गर्यो।

समितिका महासचिव गंगा खतिवडाले फियोनाको छोटो परिचय सहित कार्यक्रम संचलन गरेका थिए। उपस्थित अतिथिहरुलाई घरेलु कामदार युनियनका निर्वतमान अध्यक्ष माया राईले फुलका गुच्छा दिई स्वागत गरेकी थिइन् भने फियोनाका सल्लाहकार ऒमराज संम्वाहाम्फले स्वागत गरेका थिए।

नवनियुक्त महावाणिज्यदुतले आफ्नो मन्तब्य दिने क्रममा यो कार्यालय प्रमुखको सरुवा भएको र राजनैतिक नियुक्ती नभएको र सबै एकजुट भएर काँधमा काँध गरी काम गर्नुपर्ने बताए। साथै आफु यहाँ रहदा निष्पक्ष रुपमा सबैलाई समान रुपमा व्यवहार गरी जनताको काम गर्ने र नेपाल सरकार तथा हङकङ सरकार बीच राम्रो सम्बन्ध राखी व्यापार व्यवसाय फस्टाउने र नेपाललाई जतिसक्छ बढि पर्यटन व्यवसाय तथा नेपालबाट बिभिन्न समानहरुलाइ निर्यातको प्रवद्धन गर्ने बताएका थिए।

त्यस्तै, बिदाई भई नेपाल फर्कन लागेका वाणिज्यदूत सुसिल लम्सालले आफु यहा रहँदाका सुखदुखका अनुभवहरु सुनाएका थिए। 

सो कार्यक्रममा बिभिन्न उपस्थित महानभावहरुले आआफ्नो जिज्ञासा राखेका थिए भने र अन्त्यमा रात्रीभोज सहित कार्यक्रम समापन भएको थियो।
 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)