११ फेब्रुअरी २०१०
गत १० फेबु्रअरी २०१० का दिन टप माउण्टेण्ट डोजाङले एक जानकारी कार्यक्रमको आयोजना गर्दै विविध कार्यक्रम सहित यहि आउंदो २८ फेब्रुअरी २०१० का दिन हङकङको याउ मा तेई स्थित हेनरी जी ल्योडग कम्युनीटी हलमा आफनो प्रथम वार्षिक उत्सव भव्य रुपले मनाउने तयारी पुरा भएको जनाएको छ। उक्त दिन टप माउण्टेन तेक्वान्दो डोजाङका विधार्थीहरुले विभिन्न प्रकारका तेक्वान्दो खेल प्रदर्शन गर्नुको साथै अन्य आकर्षक सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिने भएको छ।
सो कार्यक्रममा विभिन्न देशका महावाणिज्यदूत तथा हङकङका पदाधिकारी र स्थानिय सामाजिक चाईनिजहरुको पनि सहभागिता रहने डोजाङका प्रमुख मास्टर गणेश बहादुर गुरुङले बताएका छन्। सोही दिन टप माउण्टेन डोजाङको आफनै वेबसाईट पनि उदघाटन गरिने कार्यक्रम रहेको छ। टप माउण्टेन डोजाङको पहिलो वार्षिक उत्सवको अवसरमा प्रदर्शन गरिने तेक्वान्दो खेलको निर्णायकहरु पनि चयन गरिसकिएको मास्टर गुरुङले हाम्रा संवाददातालाई बताएका छन्।
जानकारी कार्यक्रममा डोजाङका विधार्थीहरुले तेक्वान्दो प्रदर्शन गर्नुको साथै मास्टर कुमार खड्का लिम्बुले उनीहरुको पुम्से टेस्ट लिएका थिए।


















