HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार दिलवहादुर लिम्वू हत्या प्रकरण : सुनुवाईले फेरि नयाँ मोड लियो, कोरोनरले आफूले गरेको निर्णयकै विरोधमा अर्को निर्णय गरे

दिलवहादुर लिम्वू हत्या प्रकरण : सुनुवाईले फेरि नयाँ मोड लियो, कोरोनरले आफूले गरेको निर्णयकै विरोधमा अर्को निर्णय गरे

E-mail Print PDF
AddThis Social Bookmark Button
भूपेन्द्र चेमजोङ
५ फेब्रुअरी २०१०
 
प्रहरीको गोलीवाट गत वर्षको मार्च १७ तारिख मारिएका दिलवहादुरको मृत्यु छानवीन सम्बन्धी आज ४० औं दिन पनि जारी रहेको छ। छानवीनको क्रममा अस्ति विहीवार मुद्दाको सुनुवाई गरिरहेका कोरोनरले दिलवहादुरको पक्षमा एक महत्वपूर्ण निर्णय दिएका थिए।
 
दिलवहादुर लिम्वूको मुद्दा छानवीनमा परिवारको तर्फवाट बोलाइएको एकमात्र साक्षी डाक्टर बे स्वान लिप लाई गोलीले लिएको दिशा, खुर्सानीको झोलको प्रभावकारिता तथा गोली लागेको ठाउँमा भेटिएका वस्तुहरुको विषयमा बयान दिन पाउने भएका छन्। तर कोरोनरले आफूले गरेको यो निर्णयकै विरोधमा अर्को निर्णय गरेका छन् जसले अस्ति विहीवार गरेको सो रुलिङलाई प्रायः निस्तेज बनाएको छ। 

न्यायधीशले रुलिङ गर्नु अगाडी हत्यामा संलग्न प्रहरी र प्रहरी प्रमुख आयुक्तका प्रतिनिधि अधिवक्ताहरुले फरेन्जिक प्याथोलोजिष्टले माथि भनिएका विषयहरुमा एक्स्पर्ट वयान दिन सक्दैनन् भन्ने जिकिर गरेका थिए। कोरोनर विलियम विङसिङवाई ले यस विषयमा फैसला सुनाएपछि हङकङ विश्व विद्यालयका एशोसियट प्रोफेसर वे लाई अस्ति विहीवार दिउंसो देखि वयान लिन शुरु गरिएको थियो। 

कोरोनर अफिसर लुक को प्रश्न सोध्ने काम सिद्धिए पछि दिलवहादु तर्फको वकील नाइजेल क्याटले प्रश्न सोध्ने क्रममा विपक्षी वकीललहरुले डाक्टर वे ले प्रहरीलाई सापेक्ष वनाएर वयान दिन पाउँदैन भन्ने जिकिर गरेपछि कोरोनरले आफूले अस्ति गरेको निर्णयकै विरोधमा अर्को निर्णय हिजो शुक्रवार गरेका थिए। उनले विपक्षीहरुको निवेदनमाथि रुलिङ गर्दै प्रोफेसरको महत्वपूर्ण निष्कर्षहरुलाई अदालतमा सुनुवाई हुन दिएनन्। यसपछि सुनुवाईले फेरि नयाँ मोड लिएको छ। पक्षका अधिवक्ता नाइजेल क्याटले यसमा घोर असहमति जनाएका थिए भने माइकेल भिडलरले यो राम्रो संकेत नभएको भन्दै नेपाली समुदायमा यस विषयमा छलफल गर्न सल्लाह दिएका थिए।

अस्ति विहीवारको रुलिङ विपक्षमा भएको भए सोनीले सुनुवाई वहिष्कार गर्ने लगभग निश्चित भइसकेको थियो। वहिष्कारको लागि पत्रकार सम्मेलन गर्ने तयारी लगभग पूरा भइसकेको थियो।

अदालतले वन्देज गरेका लिखित वयानमा गोली जमीनसंग सीधै समानान्तर भएर गएकोले गोली हान्ने प्रहरीले नालीमा लडेर हानेको भन्ने वयानसंग मेल खाँदैन भन्ने निष्कर्ष निकालेको थियो। त्यस्तै दिलवहादुर लिम्वूको मृत शरीर परीक्षण गर्दा खुर्सानीको झोल कतै नभेटिएकोले प्रहरीले गोली हान्नु अगावै खुर्सानीको झोल प्रशस्त मात्रामा अनुहार आँखा र पाखुरामा छेपेको भन्ने वयानसंग पनि मेल खाँदैन भन्ने उल्लेख गरिएको छ।

यी महत्वपूर्ण कुराहरु जुरीको अगाडि नराख्न शुक्रवारको रुलिङ भएपछि अस्ति विहीवार गरेको रुलिङलाई प्रायः निस्तेज वनाएको छ। पक्षका अधिवक्त नाइजेल क्याटले यो रुलिङसंग असहमत जनाएका छन्। डाक्टर वे को वयान आगामी सोमवार पनि जारी रहनेछ।

सुनुवाई लगभग फेव्रुअरीको अन्तिम हप्ता सम्म रहने अनुमान गरिएको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)