HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार "अधिकार माग्नका लागि सक्षम हुनु पर्दछ" - महावाणिज्यदूत

"अधिकार माग्नका लागि सक्षम हुनु पर्दछ" - महावाणिज्यदूत

E-mail Print PDF
AddThis Social Bookmark Button
५ फेब्रुअरी २०१०

 
 
नेपाली जनसमपर्क समिति हङकङको आयोजनामा ४ फेब्रुअरी २०१० का दिन जोर्डन स्थित गोर्खा नेपाली क्लवमा हङकङका लागि नवनियुक्त महावाणिज्यदूत विनोद उपाध्यायलाई  स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न भयो। प्रमुख अतिथि नवनियुक्त महवाणिज्यदूतले आफनो मन्तव्य राख्ने क्रममा अधिकार माग्नका लागि हामी पहिला सक्षम हुनु पर्ने र यथार्थ आधारहरुकासाथ अगाडी बढे हामीले सफलता हासिल गर्न सकिने भएकोले त्यस तर्फ हामी सबैले चिन्तन मन्न र विचार पुरयाउनु जरुरी रहेको वताए। उनले नेपालीको गरिमालाई सहि ढडगले अगाडि बढाउन एकता र सामाजिक सदभावको आवश्यक्ता माथी जोड दिएका थिए। प्रयाप्त र सम्भावनाहरु भएर पनि विभिन्न खाले खिचातानीका कारण नेपाल स्पष्ट रुपमा अगाडि बढ्न नसकेको पनि उनले बताए।

स्वागत कार्यक्रमको सभापत्तित्व समितिका सभापति इश्वर खांणले गरेका थिए भने संचालन समितिका सदस्य शरण सुब्बाले गरेका थिए। उपस्थित सम्पूर्ण महानुभावहरुलाई नेपाली जनसम्पर्क समितिका उपसभापति राम ली राईले आफनो मन्तव्य सहित स्वागत गरेका थिए।

नवनियुक्त महावाणिज्यदूतलाई नेपाली जनसम्पर्क समितिका सभापति इश्वर खाणले फुलको पुष्प गुच्छा दिएर स्वागत गरेका थिए। पुष्प गुच्छा सहित स्वागत गरी उहाँको कार्यकालको सफलताको कामना गर्नेहरुमा नेपाली जनसम्पर्कका निवर्तमान अध्यक्ष सन्तोष घले, च्याम्बर अफ कमस्रका राजेन्द्र कुमार थापा, गैर आवसीय नेपाली संघ हङकङका आइ सी सी हङकङ प्रतिनिधि कृष्ण पाण्डे, नेपाली वायुसेवा निगमका प्रवन्धक किरण पन्त, पेसिफिक इन्जिनियरिडग क्राउनका प्रवन्धक वेद खडका, जोर्डनका युवा समूह लगायत उपस्थित महानुभावहरु रहेका थिए। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत पत्रकारहरु पनि अतिथिको रुपमा उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य व्यक्त गर्ने वक्ताहरुमा क्रमशः हङकङनेपाली डटकमका कार्यकारणी व्यवस्थापक तथा सम्पर्कका भूपू महामन्त्री नेत्र पहराई, च्याम्बर अफ कमस्रका कोषाध्यक्ष तथा पर्फेक्ट डिजिटल स्टोरका प्रवन्धक राजेन्द्र कुमार थापा, यन आर यन आइ सी सी हङकङ प्रतिनिधि तथा फिस्टेल ट्राभल्स एण्ड टुरका प्रवन्धक कृष्ण पाण्डे, नेपाली वायुसेवा निगमका प्रवन्धक किरण पन्त, जनसरोकार अधिकार समाजका का वा अध्यक्ष कृष्ण लिंखा, एमाले हङकङ कमितिका प्रतिनिधि भक्त गुरुडग र सम्पर्कका निवर्तमान अध्यक्ष सन्तोष घले रहेका थिए। वक्तातहरुले नवनियुक्त महावाणिज्यदूतलाई स्वागत तथा कार्यकाल सफलताको कामना गर्दै नेपाल र नेपालीको गरिमा बढाउने राम्रा कार्यहरु गर्नु पर्नेमा जोड दिएका थिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)