HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार दिलवहादुर हत्या प्रकरण - सोनी राईले अदालत वहिष्कार गर्न सक्ने

दिलवहादुर हत्या प्रकरण - सोनी राईले अदालत वहिष्कार गर्न सक्ने

E-mail Print PDF
AddThis Social Bookmark Button
भूपेन्द्र चेम्जोङ, हङकङ
फेब्रुअरी २

दिलवहादुर लिम्वूको मृत्यु सुनुवाईको क्रममा दोश्रो चोटि पोष्ट मोर्टम गर्ने हङकङ युनिभर्सिटीका एसोसियट प्रोफेसर डाक्टर बे को प्राविधिक ज्ञानको विषयमा वयान नसकिएकोले कोरोनर विलियम विङ सिङ वाईले डाक्टर बे लाई कुन हदसम्मको विशेषज्ञ वयान लिन सकिन्छ भन्ने निर्णय गर्न सकेनन्।

वरिष्ठ प्याथोलिजिष्ट प्रोफेसर बे ले आफ्नो बयानमा दिलवहादुरको मृत शरीर अटोप्सी गरिसकेपछि आफूले पता लगाएको तथ्यहरुको आधारमा दिलवहादुर लिम्वूको कुनै पनि अंगमा वा लगाएको कपडामा खुर्सानीको झोल नलागेको र दिलवहादुरलाई हानिएको गोलीको दिशा लगभग जमीनसंग समानान्तर भएको टिप्पणी उनको लिखित वयानमा दिएपछि विपक्षी अधिवक्ताहरुले प्रोफेसर बे को यस विषयमा टिप्पणी गर्ने योग्यता नभएको भन्दै आपत्ति जनाएपछि यस विषयमा उनको ज्ञानको विषयमा वयान लिने कोरोनरले निर्णय सुनाएको थियो। अघिल्लो दिन प्रोफेसर बे भन्दा १८ वर्ष जुनियर सरकारी प्याथोलोजिष्ट डाक्टर चियाओ लाई माथि भनिएकै विषयहरुमा प्रश्नहरु गर्न भने कोरोनरले अनुमति दिएका थिए।

प्रोफेसर बे लाई प्रहरीले गोली हान्नु भन्दा अगाडि दिलवहादुरलाई छेपेको भनेको खुर्सानीको झोल र गोलीको दिशाको विषयमा वयान दिन कोरोनरले अस्वीकार गरेमा दिलवहादुरकी श्रीमती सोनी राईले अदालत वहिष्कार गर्ने र पत्रकार माझ आफ्नो गुनासो राख्ने भएकी छिन्। 

आजकै दिन कोरोनरले निर्णय सुनाउने सम्भावना भएकोले आज अदालतमा धेरै नेपालीहरुको उपस्थिति रहेको थियो। कोरोनरको निर्णय सुन्न भोलि दिउँसोसम्म पर्खनु पर्ने भएको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)