HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार हङकङका ४ हजार पुराना भवनहरुको आज देखि परीक्षण सुरु

हङकङका ४ हजार पुराना भवनहरुको आज देखि परीक्षण सुरु

E-mail Print PDF
AddThis Social Bookmark Button
२ फेब्रुअरी २०१०

हङकङको विभिन्न क्षेत्रमा रहेका ४ हजार पुराना भवनहरुको परीक्षण आज देखि हङकङको नगर नवीकरण विभागले आरम्भ गर्न लागेको छ। हङकङको कौलून क्षेत्रमा सबै भन्दा बढी पुराना भवनहरु भएको र करीब ५० देखि ७० बर्ष सम्मका पुराना भवनहरुको परीक्षण गरिने नगर नवीकरण विभागले जनाएको छ। हङकङमा सबै क्षेत्रमा गरेर ४ हजार भवनहरु मरम्मत गर्ने अवस्थाका रहेकाले हङकङ सरकारको सम्बन्धीत विभागले मरम्मत गर्ने अनुमती दिदासाथ पुराना भवनहरुको पुनः मरम्मत आरम्भ गरिने नगर नवीकरण विभागले जनाएको छ।

गत हप्ता २९ जनवरी २०१० का दिन मध्यान्ह टुक्कावान स्थित करीब ५० बर्ष पुरानो ५ तल्ले भवन ढल्दा उक्त भवनमा बस्ने चार जना व्यक्तिले आफनो ज्यान गुमाएका थिए भने सोही भवनमा बस्ने करीब १७ परिवार घरवार बिहिन हुन पुगेका छन्। उक्त भवनमा बसोबास गर्ने सम्पूर्ण बासिन्दाहरुलाई हुङहम स्थित अस्थाई क्याम्पमा राखिएको छ। उनीहरुको स्थायी बसोबासको व्यवस्था कहिले हुने हो भन्ने सम्बन्धमा बासिन्दाहरुले चिन्ता व्यक्त गरेका छन्। हङकङ सरकारले जति सक्दो छिटो उनीहरुका लागि स्थायी बसोबासको व्यवस्था मिलाउने आश्वासन दिएको छ। 

गत हप्ता २९ जनवरी २०१० का दिन मध्यान्ह टुक्कावानमा भएको सो घटनाका सम्बन्धमा अहिले हङकङ प्रहरी र सरकारको सम्बन्धीत विभागले अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार उक्त भवन ढल्नुको पछाडि कसैका हात हुन सक्ने सम्भावना भएको समेत जनाएको छ। अहिले उक्त भवनको तल्लो भागमा काम गर्ने चार जना कामदारहरुको खोजी भइरहेको पनि प्रहरीले वताएको छ। उनीहरु सबैको जानकारी प्राप्त भएता पनि उनीहरु सम्पर्क विहिन रहेकाले प्रहरीले उक्त चार जना कामदारहरु माथी शंका गरेको हो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)