HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home हङकङ समाचार पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु

E-mail Print PDF
AddThis Social Bookmark Button
मनोज अधिकारी, पोखरा मंसिर २४- मुलुकको प्रमुख पर्यटकीय केन्द्र पोखरामा साढे तीनदशक लामो प्रतीक्षापछि 'क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल' को निर्माण सुरु भएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरदसिंह भण्डारीले मङ्गलबार आफैं डोजर चलाएर धावनमार्गको जमिन सम्याउने कार्यको शुभारम्भ गर्दै विमानस्थल निर्माणको औपचारिक थालनी गरेका हुन्।

सरकारले अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्न पोखरा उपमहानगरपालिका १४, १५ र १८ स्थित छिनेडाँडामा वि.सं.२०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो। स्थानीय पर्यटन व्यवसायीदेखि सम्पूर्ण पोखराबासीले लामो समयदेखि माग गर्दै आएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य जग्गा अधिग्रहण गरेको ३४ वर्षपछि मात्र सुरु भएको हो।

मङ्गलबार दुईवटा डोजर लगाई सुरु गरिएको धावनमार्ग सम्याउने काम चालू आर्थिक वर्षभित्र सकिने मन्त्री भण्डारीले बताए। त्यसका लागि सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ। 'मैदान सम्याउनका लागि पहिलो चरणमा १५ लाख रुपैयाँ छुट्याएका छौं', मन्त्री भण्डारीले भने- कामका आधारमा थप रकम विनियोजन हुँदै जानेछ।

पोखरामा आन्तरिक उडानका लागि सानो आकारको विमानस्थल हुँदा यहाँबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। बुद्व एयरले छिटै भारतको लखनउ उडान भर्ने तयारी गरे पनि आवश्यक पूर्वाधार अभावले कठिनाई भएको छ।

मन्त्री भण्डारीका अनुसार पहिलो चरणमा जमिन सम्याउने र चारैतर्फ तारजाली लगाउने कामसँगै सर्भेसमेत हुनेछ। हाल अधिग्रहण क्षेत्रको करिब आधा भागमा मात्र तारजाली लगाइएको छ। दोस्रो चरणमा संरचना निर्माणका हिसाबले जमिन छुट्याउने र डिजाइन तथा डिटेल सर्भे हुने मन्त्री भण्डारीले जानकारी दिए।

उक्त विमानस्थल निर्माण गर्न चीन सरकारको पहलमा त्यहाँको एक्जिन बैंकसँग 'सफ्ट लोन' का रुपमा ८८ करोड मिलियन डलर अर्थात् करिब ६ अर्ब रुपैयाँ लिने पक्का भएको भण्डारीले बताए। उक्त रकमबारे चीन सरकारसँग सैद्वान्तिक सहमति भएको र यससम्बन्धी छिटै हस्ताक्षर हुने उनले जानकारी दिए।
 
श्रोत - नागरिक न्युज
 
Comments (1)
POKHARAMA ANTARASTRIYA BIMANSTHALKO AAWASEKATA
1 Wednesday, 16 February 2011 11:42
SAGAR ADHIKARI
pokhara lae antarastria bimansthal chahiyekai 6, bhairahawa, nijgadh ma baru 6etriye banaye hun6 pokhara bahumuki samvawana bokeko thau ho prakitik saskritik aarthik samajik ani aru karanle garda pokhara ma nai antarastriye bimansthal bannupar6

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)