HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home हङकङ समाचार जातीय सदभाव साँस्कृतिक कार्यक्रम सम्पन्न

जातीय सदभाव साँस्कृतिक कार्यक्रम सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
हँगकँगनेपाली सँवाददाता
२३ नोभेम्वर २००९
 
 
 
हङकङ। हिजो साँझ, याउमातेइस्थित कम्युनिटी हलमा जातीय सदभाव साँस्कृतिक कार्यक्रमको आयोजना भयो। हँगकँगमा रहेका विभिन्न जातिहरु बीच जातीय समझदारी मेलमिलाप र सदभाव बढाउने सरकारी उद्धेश्य अनुरुप विगत केही वर्ष यता हङकङ एकीकृत नेपाली समाजको आयोजना र संवैधानिक तथा मुख्यभूमि मामिला विभागको प्रायोजनमा वार्षिक रुपमा यस्तो जातीय सदभाव साँस्कृतिक कार्यक्रम हुँदै आईरहेकोमा यो चौथो कार्यक्रम हो। 

हिजोको कार्यक्रमको औपचारिक चरणलाई हङकङ नेपाली एकीकृत समाजका महासचिव अशोक गहतराजले संचालन गरेका थिए भने साँस्कृतिक चरणको सँचालन निशा थापा र सुष्मिता गुरुङले संयुक्त रुपमा गरेका थिए।

हिन्सका अध्यक्ष बुद्धिबहादुर थापाले अध्यक्षता गरेको सो कार्यक्रमकी प्रमुख आतिथि संवैधानिक तथा मुख्यभूमि मामिला विभागकी उपसचिव एडा क्वङ थिइन् भने अन्य विशेष अतिथिहरुमा का.वा. नेपाली महावाणिज्यदूत सुशीलकुमार लम्साल, डी.ए.बी. पार्टीका अध्यक्ष टाम यिउ चुङ, पाकिस्तानी महावाणिज्यदूत डा. महमद वलाल, भारतीय काउन्सल अफ कल्चर अजित कुमार, डी.ए.बी. अल्पसँख्यक विभागका अध्यक्ष अल्वर्ट लाम, महिला आयोगकी अध्यक्षा सोफी काओ, याउमातेइ पुलिस स्टेसनका डिभिजन कमाण्डर स्टिभ लाम, याउ चिम मोङ डिस्ट्रिक्ट अफिस (होम अफेयर्स डिपार्टमेण्ट) की असिस्टेन्ट डिस्ट्रिक्ट अफिसर एलिसन, काउन्सिलरहरु डेरेक हुङ र बेनी योङ थिए।

अतिथिहरुलाई स्वागत गर्दै अध्य्क्ष थापाले सरकारले नेपाली लगायत अल्पसँख्यक समुदायलाई दिँदै आएको सहयोगहरुको लागि धन्यवाद दिएका थिए भने उपसचिव क्वँगले हिन्सले सरकारी प्रायोजनमा सँचालित कार्यक्रम सफल रुपमा सँचालन गर्दै आइरहेकोमा बधाई तथा धन्यवाद दिएकी थिइन् र अल्पसँख्यक समुदायको सहयोगका खातिर सरकारले हालसालै चार विभिन्न सहयोग केन्द्रहरु सँचालनमा ल्याइसकिएको पनि जानकरी दिइन्। त्यस्तै डी.ए.बी. अल्पसँख्यक विभागका अध्यक्ष अल्वर्ट लामले आफ्नो पार्टीले अल्पसँख्यक समुदायलाई विशेष महत्व दिएको र त्यसै अनुरुप पार्टीमा अल्पसँख्यक विभागको गठन गरिएको बताए। नेपाली कावा महावाणिज्यदुत सुशीलकुमार लम्सालले हँगकँग सरकारले नेपाली र अन्य अल्पसँख्यक समुदाय प्रति देखाएको सदाशयता र सहयोग अत्यन्तै प्रशँसनिय रहेको बताए। मन्तव्यहरुपछि अतिथिहरु तथा कार्यक्रमका कलाकारहरु सबैलाई कदर पत्र प्रदान गरिएको थियो।

विविध जातीय सदभावस्वरुप साँस्कृतिक नृत्यहरुको प्रस्तुति गर्ने क्रममा नेपाली, चाइनिज, भारतीय, फिलिपिनो, इण्डोनेसियन नृत्यहरुको प्रदर्शनी गरिएको थियो। कार्यक्रममा नेपालीहरुका साथै चिनिया र अन्य विदेशी दर्शक र पत्रकारहरुको पनि उपस्थिति थियो।
 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)