HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home हङकङ समाचार चर्चित गायक राजु लामा र दिपक बर्जाचार्य हंगकंग आउने

चर्चित गायक राजु लामा र दिपक बर्जाचार्य हंगकंग आउने

E-mail Print PDF
AddThis Social Bookmark Button
११ अक्टोबर २००९
 
 
नेपालका चर्चित कलाकार राजु लामा लामो समयको अन्तराल पश्चात यहि आउदो १८ अक्टोबर २००९ का दिन सांझ दशै र दीपावलीको सुखद उपल्क्ष्यमा आयोजना हुन लागि रहेको वृहत साँस्कृतिक कार्यक्रममा आउने भएका छन्। सो कार्यक्रममा राजु लामा र दिपक बर्जाचार्यको विशेष प्रस्तुती रहने भएको छ। दुबै चर्चित कलाकारहरुलाई हंगकंगका स्थानीय कलाकारहरुले साथ दिने छन्। उक्त वृहत साँस्कृतिक कार्यक्रमको आयोजना नेपाली जनसमपर्क समिति हंगकंगले गर्न लागेको हो।

चर्चित लोकप्रिय गायक राजु लामा आफनै विविध कारण र व्यस्तता कारण हंगकंग आउने उपयुक्त समय नमिलेकाले उनी विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रममा आएका थिएनन्। यस पटक उनले हंगकंगका लागि समय मिलाएका छन्। हंगकंग स्थित उनका फ्यानहरु निक्कै हौसिएका छन्। "लामो समयको अन्तराल पश्चात राजु लामा संग प्रत्यक्ष भलाकुसरी र उनको प्रस्तुती हेर्न पाइने भएकोले हामी अत्यन्तै खुसी छौ" एक जना युवतीले आफनो प्रतिकि्रया दिइन्। 

आयोजकहरुले पूर्ण समय अतिथि कलाकारलाई दिने वताएका छन्। त्यसका साथै हंगकंगका चर्चित कलाकारहरुको पनि प्रस्तुती रहने जनाइएको छ। कार्यक्रम याउमातेइ स्थित हेनरी जी ल्योङ्ग कम्युनीटी सेन्टरमा हुन गइहेको छ। आयोजकहरुका अनुसार सबै प्रस्तुती समय भित्रै भ्याउनका लागि कार्यक्रम साँझ ७।३० बजे सुरु गरिने छ।
 
Comments (1)
student
1 Tuesday, 09 March 2010 10:27
arjun_shrestha
i want be singer like raju lama

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)