Home हङकङ समाचार स्याङ्जा जनसेवा समिति हङकङको आठौं अधिवेशन बाट अध्यक्षमा पुनः ईश्वर गुरुङ

स्याङ्जा जनसेवा समिति हङकङको आठौं अधिवेशन बाट अध्यक्षमा पुनः ईश्वर गुरुङ

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२ सेप्टेम्बर  हङकङ

स्याङ्जा जनसेवा समिति हङकङको आठौं अधिवेशन मार्फत पुनः ईश्वर गुरुङको अध्यक्षतामा १७ सदस्यिय कार्यसमिति चयन भएको छ । जोर्डन स्थित चुम्लुङहिम भवनमा सम्पन्न भएको आठौं अधिवेशन बाट अध्यक्ष  ईश्वर गुरुङ, उपाध्यक्ष - रबिन्द्र थापा, उपाध्यक्ष - मुककाजी गुरुङ,सचिव - तिर्थ गुरुङ,सह-सचिव - वल गुरुङ,कोषाध्यक्ष - राजकुमार थापा,सह- कोषाध्यक्ष - राज कुमार जी आर सदस्यहरु क्रमश : मिन गुरुङ,रमेश थापा,ओमकार थापा,प्रेम गुरुङ,सरिता गुरुङ,शशी कुमार गुरुङ,रत्न काफ्ले,भबिन्द्र मल्ल,सुरेश गुरुङ निर्बिरोध चयन भएका छन् । निर्वाचित कार्यसमितिलाई निर्वाचन मन्डलका अध्यक्ष  तथा स्याङ्जा जनसेवा समिति हङकङका सस्थापक अध्यक्ष भक्त गुरुङले सपथ ग्रहण गराएका थिए ।

ईश्वर गुरुङको अध्यक्षतामा बसेको औपचारिक कार्यक्रमलाई  सचिव  रबिन्द्र थापा मगरले खुल्ला सत्रको कार्यक्रम  सन्चालन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी तथा सस्थापक अध्यक्ष भक्त गुरुङले दियो प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरु हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ, गैर आवासिय नेपाली संघ हङकङका अध्यक्ष टिका गुरुङ,नेपाल आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष किसन राई, तमु ट्हो ह्युल हङकङका अध्यक्ष बिजय गुरुङ, तमु पे ल्हु संघ हङकङका अध्यक्ष मन प्रसाद गुरुङ लगायत स्याङ्जा जिल्ला भित्रका बिभिन्न छेत्रीय संघ सस्थाका अध्यक्ष तथा सल्लाहकारहरुले कार्यक्रम सफलताको शुभकामना मन्तब्य दिएका थिए ।

खुल्ला सत्रको समापन पस्चात बन्द सत्रमा सस्थाको कार्यप्रतिवेदन सचिव रबिन्द्र थापा मगरले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजकुमार थापा मगरले प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन र कार्यप्रतिवेदन हलले पारीत गरे पस्चात सामान्य बिधान सम्सोधन माथी छलफल पस्चात  भक्त गुरुङको सम्योजक्त्वमा रिता गुरुङ,युगमाया राना,शशी कुमार गुरुङ र प्रेम थापा मगर सहितको ५ सदस्यीय निर्वाचन मन्डलले नयाँ कार्यसमिती मनोनित गरेका थिए ।

{gallery}gallery/8th_convention_syangja_janasewa_samiti_hk_2018{/gallery}

 

 

Latest News