Home हङकङ समाचार ३४ बर्षको अन्तराल पछि नेपाल राष्ट्रिय पुरुष भलिबलले फेरि नयाँ इतिहास रच्यो

३४ बर्षको अन्तराल पछि नेपाल राष्ट्रिय पुरुष भलिबलले फेरि नयाँ इतिहास रच्यो

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

३१ जनवरी हङकङ

३४ बर्ष पछी नेपाल राष्ट्रिय पुरुष भलिबल र हङकङ राष्ट्रिय पुरुष भलिबल टिम बिच मैत्रीपुर्ण भलिबल खेल सम्पन्न भएको छ । उक्त भलिबल खेलमा नेपालले जित हासिल गरेर नयाँ इतिहास रचेको छ । ३४ बर्ष अगाडी हङकङ र नेपाल बिच जापानमा भएको भलिबल खेलमा नेपालले हङकङलाई ३-२ सेटमा बिजय हासिल गरेको थियो । नेपालको प्रतिनिधित्व गरेर क्याप्टेन - इम राना मगर, उप क्याप्टेन महेन्द्र श्रेष्ठ, दिल सुनार, हरी अधिकारी,मान बहादुर श्रेष्ठ, भैरब बम, धन बहादुर भट्ट,दुर्गा महतो, नरेन्द्र गिरी, राजकुमार निरौला, कुलबहादुर थापा र इश्वर थापाले नेपाल राष्ट्रिय पुरुष भलिबल टिमको प्रतिनोधित्व गरेका थिए ।

 

२८ गते पहिलो दिनको मैत्रीपुर्ण खेल शातिन स्थित युनचाउको स्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपालले ३-२ सेटको नतिजा निकालेर जित आफ्नो पोल्टामा पार्न सफल भएको छ । अत्याधिक दर्शकहरुको बिच भएको खेलमा पहिलो सेट हङकङले २५-२३ र चौथो सेट २५-२१ को नतिजा निकालेको थियो भने नेपालले दोश्रो सेटमा २८-२६ तेश्रो सेटमा २५-२१ र अन्तिम सेटमा १७-१५ को नतिजा निकालेर जितको सुनिश्चित गरेको थियो ।

दोश्रो दिन २९ जनवरीको मैत्रीपुर्ण खेल शेङ्सुइ स्थित पो विङ रोड स्पोर्ट्स सेन्टरमा भएको मैत्रीपुर्ण भलिबल खेलमा पनि नेपालले हङकङलाई ३-१ सेटको नतिजा निकालेर दोश्रो जित हासिल गरेको थियो। पहिलो र दोश्रो सेटमा नेपालले हङकङलाई २५-१६,२५-१४ को नतिजाले सजिलै जितेको थियो भने तेश्रो सेटमा हङकङले नेपाललाई २८-२६ को नतिजा ल्याएर रोकेको थियो। चौथो सेटमा फेरि नेपालले हङकङलाई २७-२५ को नतिजा ल्याएर जित सुनिस्चित गर्न सफल भएको थियो ।

३१ जनवरीको दिन मकाउमा सम्पन्न मकाउ राष्ट्रिय पुरुष भलिबल टिम र नेपाल पुरुष भलिबल टिम बिच भएको मैत्रीपुर्ण खेलमा पनि नेपालले सोझो ३-० सेटले जित हासिल गर्न सफल भएको छ । नेपाली खेलाडीहरु ३० गतेका दिन हङकङ बाट उक्त खेल खेल्न मकाउ प्रस्थान गरेका थिए ।

२७ जनवरीको दिन वामअप गेमको रुपमा लिइएको चुनमुन स्थित बटरफलाइ बिचमा भएको हङकङ नेपाली भलिबल टिम र नेपाल राष्ट्रिय भलिबल टिम बिच भएको खेलमा पनि नेपाल राष्ट्रिय भलिबल टिमले ३-१ को सेटमा जित्न सफल भएको थियो ।

अत्याधिक दर्शकहरूको सहभागिता रहेको हङकङ र नेपाल बिचको मैत्रीपुर्ण भलिबल खेल सफल र सम्पन्न गर्न पुनहिल क्लव हङकङ र नेपालका पुर्व राष्ट्रिय भलिबल खेलाडी जयनारायण चौधरीले हङकङमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए । पुनहिल क्लब हङकङको आयोजनामा २७,२८,२९ गते लगातार हङकङको विभिन्न ठाउँहरुमा खेल सम्पन्न भएको थियो ।

नेपाली भलिबल खेलाडीहरुको उत्कृष्ट खेल प्रदर्शन बाट प्रभावित भएर हङकङवासी रोम गुरुङले नेपाल भलिबल खेल बिकासको लागि रु १,०२,६०० (एक लाख दुई हजार छसय रुपैया ) नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मालाई खेल मैदान मै हस्तान्तरण गरेका थिए ।

{gallery}gallery/npl_vs_hk_friendly_men's_volleyball{/gallery}

 

Latest News