Home हङकङ समाचार अाँधीखोला स्पोर्ट्स रनिङ कप भलिबलको बिजेता बनेर सनराइज क्लवले नयाँ इतिहास् रच्यो

अाँधीखोला स्पोर्ट्स रनिङ कप भलिबलको बिजेता बनेर सनराइज क्लवले नयाँ इतिहास् रच्यो

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१७ डिसेम्बर २०१७ हङकङ

अाँधीखोला स्पोर्ट्स क्लब स्याङ्जा हङकङ द्वारा आयोजित "अाँधीखोला स्पोर्ट्स रनिङ कप" सनराइज क्लव हङकङले उठाएको छ । हङकङको भलिबल ईतिहासमा पहिलो पटक बिजेता बनेर पहिलो पुरुस्कार स्वरुप १०,०००(दश हजार डलर) प्राप्त गर्न सफल भएको छ । पोहोर सालको बिजेता पर्वतको हार पस्चात रनिङ् कप सहितको पुरुस्कार जित्न अब सनराइज क्लवले लगातार दुई पटक जित्नु पर्ने हुन्छ । फाइनल खेलमा आयोजक स्याङ्जा सँग २-१ सेटमा कडा प्रतिस्प्राधाका बिच फाइनल खेल सनराइज जितेको थियो । दोश्रो हुने अाँधीखोला स्पोर्ट्स क्लबले ६,०००(छ हजार डलर) कप र मेडल प्राप्त गरेका थिए । सनराइज टिमलाई बिजयी बनाउन महत्वपूर्ण योगदान दिने खेलाडी धन बहादुर भट्टले फाइनल खेलमा उत्कृष्ट खेलाडीको उपाधी प्रदान गरीको थियो ।

अाँधीखोला स्पोर्ट्स क्लब स्याङ्जाले नेपाल बाट क्षेत्रिय खेलाडी घनश्याम चौधरीलाई आमन्त्रण गरेको थियो साथै सनराइज क्लवले राष्ट्रिय खेलाडी धन बहादुर भट्टलाई आमन्त्रण गरेर आफ्नो टिममा समावेश गरेका थिए । स्याङ्जा र सोलुखुम्बु बिच भएको पहिलो सेमी फाइनल खेलमा अाँधीखोला स्पोर्टस क्लवका घनश्याम चौधरीलाई उत्कृष्ट खेलाडी घोषणा गरीएको थियो भने दोश्रो सेमीफाइनल खेलमा पुन क्लव हङकङ र सनराइज क्लव बिच भएको खेलमा सनराइज क्लवका धन बहादुर भट्टलाई उत्कृष्ट खेलाडी घोषणा गरीएको थियो ।

महिला तर्फको भलिबल खेलमा घान्द्रुक महिला भलिबल टिमले पर्वत महिला भलिबल टिमलाई जितेर बिजेता बन्दै ३,०००( तीन हजार) डलरको पुरुस्कार सहित् कप, मेडल र प्रमाण पत्रब हात परेका छन् । दोश्रो हुने पर्वतले २,०००(दुइ हजार डलर) सहित् कप मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । जम्मा ४ टिम समावेश महिला भलिबलमा घान्द्रुक, पर्वत, स्याङ्जा र पुन क्लव मध्य पर्वतले पुन तिमलाई र घान्द्रुकले स्याङ्जालाई जितेर फाइनल खेलमा प्रवेश पाएका थिए ।

पुरुष तर्फ बाग्लुङ, स्याङ्जा, सङ्खुवासभा, सोलुखुम्बु, पर्वत, घान्द्रुक, पर्वत र सन्राइज गरेर जम्मा ८ टिमले सहभागिता जनाएका थिए । रेफ्रीहरु राज कुमार गुरुङ,बिकास गुरुङ, लालकाजी गुरुङ, रबिन्द्र थापा, चाइना गुरुङले खेललाई सन्चालन गरेका थिए । प्रतिकुल चिसो मौसमको बाबजुद पनी नेपाल बाट आउने खेलाडीहरुको खेल हेर्न भनेर अत्याधिक दर्शकहरु भलिबल हेर्न घुइचो लागेको थियो ।

खेल समापन पस्चात पुरुस्कार बितरण समारोहका प्रमुख अतिथी स्याङ्जा जनसेवा समिती हङकङका अध्यक्ष इश्वर गुरुङ, बिशेष अतिथी गैर आवासिय नेपाली संघ हङकङका उपाध्यक्ष निरन्जन गुरुङ,अाँधीखोला स्पोर्ट्स रनिङ कप खेल सम्योजक मोहन गुरुङ र अाँधीखोला स्पोर्ट्स क्लब स्याङ्जाका अध्यक्ष शङ्कर गुरुङले बिजेता तथा उपबिजेता खेलाडीहरुलाई मेडल, कप र प्रमाणपत्र बितरण गरेका थिए । सचिव खगेन्द्र गुरुङले सन्चालन गरेको पुरुस्कार बितरण समारोहलाई अध्यक्ष शङ्कर गुरुङले खेल सफल बनाउने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको घोषणा गरेर अन्त्य गरेको थियो ।

{gallery}gallery/andhikhola_volleyball_runing_cup_2017_hk{/gallery}

 

Latest News