हङकङ प्रहरीको वर्दी प्रथम नेपाली महिला प्रहरी मिरा पुन मगरले पहिरिने भईन्

Print
AddThis Social Bookmark Button

तुल्सी राना मगर

१३ डिसेम्बर हङकङ

हङकङ प्रहरीको आकर्षक सेवा सुबिधा, सामाजिक मान प्रतिष्ठा र हङकङ सरकारले अवलम्बन गरेको शान्ती सु-ब्यावस्था कायम राख्न हरपल मन वचन कर्मले दत्तचित्त भएर प्रहरी सेवामा भर्ना भै हङकङ सरकारलाई योगदान दिने नवयुवा नेपालीहरुको चासो बढ्न थालेको देखिन्छ । यसैको प्रतिफल आज मिरा पुन मगर हङकङ प्रहरीमा छनोट भै हङकङको नेपाली समुदायको प्रथम महिला प्रहरी हुन सफल भएकी छिन् । अव ६ महिनाको तालिम समापन पस्चात मिरापुनले हङकङ प्रहरीको वर्दी पहिरिने छिन् । मिरा पुन भन्दा अगाडी हङकङमा प्रहरी सेवामा लाग्ने पहिलो नेपाली निरज गुरुङ र दोश्रो कुशल गुरुङले तालिम पुरा गरेर अहिले उनिहरु प्रहरी सेवामा कार्यरत छन् ।

मिरा पुन मगर नेपालको पुर्खेउली घर म्याग्दी जिल्ला अन्नपूर्ण गाउँ पालिका हुँदै चितवन घर भै हाल हङकङ बसोबास गर्ने बाबा काशी पुन मगर र आमा दिपा पुन मगरको जेठी छोरी हुन् । हङकङमै पढेर यही हुर्केकी मिरा पुन (मिस मगर हङकङ २०१३) की बिजेता पनी हुन । हङकङमा बारम्बार  नेपालीहरु लागुपदार्थको दुर्ब्यसनीमा फसेर अकालमै ज्यान जाने दु:खद घट्नाको समाचारले आहत पुर्याएको नेपाली समुदायमा नवयुवाहरु प्रहरी सेवा तर्फ आकर्षित हुँदै सामाजिक मान र प्रतिष्ठा दिने यस्ता राम्रो समाचारले गर्दा राहात पाएको छ । मिरा पुनको उज्जवल भविश्यको कामना गर्दै बधाई दिनेहरु अहिले सामाजिक सन्जालमा ब्यापक्ता छाएको छ । यस्तो सकरात्मक सन्देशले अन्य नवयुवाहरुलाई राम्रो बाटोमा लाग्न थप् हौसला र उत्प्रेणा अवश्य मिल्ने छन् ।

युनलोङ प्रहरी चौकीको सभाहलमा मिरा पुनलाई बधाई दिन उनका आफन्त लगायत हङकङका बिभिन्न संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधी उपस्थित भएर हौसला स्वरुप पुष्प गुच्छा र खादाले सम्मान गरेका थिए ।

स्मरण रहोस् हिमालयन परियोजना अन्तर्गत बिभिन्न तालिमहरुमा सहभागी भएर मिरा पुन मगर, निरज गुरुङ र कुशल गुरुङ हङकङ प्रहरीमा छनोट हून् सफल भएका हून् ।

तस्बिर श्रोत : जेपीटी एचके डटकम

{gallery}gallery/mira_pun_magar_news{/gallery}