HongKongNepali.com, The Next Media

Monday
Dec 18th
Home हङकङ समाचार ब्लड क्यान्सर पीडित बालक मिगिन गर्बुजाको लागी फुटबल खेलेर ३ लाख बढी सहयोग सङ्कलन

ब्लड क्यान्सर पीडित बालक मिगिन गर्बुजाको लागी फुटबल खेलेर ३ लाख बढी सहयोग सङ्कलन

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सी राना मगर

२६ नोभेम्बर हङकङ

म्याग्दी जिल्ला अन्नपूर्ण गाउपालिका खिवाङ गाउ बस्ने ७ बर्सिय बालक मिगिन गर्बुजा ब्लड क्यान्सर पीडित हुन् । बिगत १० महिना देखी प्राण घातक रोग क्यान्सरलाई परास्त गर्न उनले नियमित उपचार गर्दै अाइरहेका छन् । २४ महिना सम्म निरन्तर महिनाको २ लाख महङ्गो खर्च गरेर उपचार गर्नु पर्ने बाध्यता उनको अभिभाकलाई परेको छ । जेनतेन् अहिले सम्म उनको अभिभावकले उपचार गर्दै अाइरहे पनी घरको आर्थिक अवस्था खस्किदै गए पछी साथी-भाई छर-छिमेकी नाता-गोतालाई सहयोगको याचना गर्नु शिवाय अरु उपाय हुँदैन । आफ्नै साथीको छोरालाई ब्लड क्यान्सर भएको थाहा लागे पछी रमेश पुनले मिगिनको लागी आर्थिक सहयोग स्वरुप च्यारेटी फुटबलको आयोजना गरेका हुन् ।

 

उ सान स्पोर्टस ग्राउन्डमा आयोजित च्यारेटी फुटबल खेलमा पुन मगर समाज हङकङले १०,५०० डलर, मोना हङकङले १०,१०० डलर, चुनमुन नेपाली परीवार हङकङले ९,००० डलर र नाशु गर्बुजा र सविना गर्बुजा महिला भलिबल खेलाडी बाट १,००० डलर गरेर जम्मा ३०,६००  सहयोग सङ्कलन भएको थियो ।

अझै आर्थिक सहयोग उठ्ने क्रम जारी रहेको भन्दै सम्योजक रमेश पुनले यही डिसेम्बरमा हुने भलिबल टुनामेन्टमा सहयोग सङ्कलन गरेर जनवरीको दोश्रो हप्तामा सहयोग रकम मिगिन गर्बुजाको अभिभावकलाई पठाउने जानकारी गराएका छन् । मिगिन गर्बुजाको सहयोगार्थ्  मैत्रिपूर्ण फुटबल खेल खेलेर सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद भन्दै यो नयाँ नौलो प्रोग्राम सफल भएको सन्देश अन्य नेपालीलाई पनी बाड्न चाहन्छु भनेका छन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News