HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home हङकङ समाचार मध्यमर्स्याङ्दीबाट पूरै विद्युत उत्पादन

मध्यमर्स्याङ्दीबाट पूरै विद्युत उत्पादन

E-mail Print PDF
AddThis Social Bookmark Button

April 14, 2009

लमजुङ, ३१ चैत। उद्घाटन भएको चार महिनापछि नेपालकै दोश्रो ठूलो एवम् बहुचर्चित ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनावाट पूरै क्षमतामा विद्युत उत्पादन हुन थालेको छ।

केहीदिन यता लमजुङ र मनाङको उच्च भेगमा परेको हिमपात र बषर्ाका कारण मर्स्याङ्दी नदीमा पानीको मात्रा बढेपछि परियोजनाको दुईवटा र्टवाइन संचालनमा आएको हो।

खडेरीका कारण पानीको संकट परेपछि २० मेगावाटमा सीमित भएको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनावाट ँपिक आवर’ मा पूरै -७० मेघावाट) र अन्य समय ३५ मेघावाट विद्युत उत्पादन भईरहेको छ। लोडसेडिङ र विद्युत खपतको समयलाई मध्यनजर गरि साँझ ७ देखि १० बजेसम्म र विहान ७ देखि ९ बजेसम्मको ५ घण्टा समयमा पुरै क्षमताको विद्युत उत्पादन गर्न थालिएको परियोजनाप्रमुख सुनिलकुमार ढुंगेलले बताउनुभयो। दुईवटा र्टवाइन संचालन गर्दा क्षमताभन्दा बढी ७५ मेघावाट सम्म विद्युत उत्पादन हुने गरेको ढुंगेलको भनाई छ।

जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत लगानीमा निर्मित परियोजनाको गत मंसिर २९ गते नेपाल र जर्मन सरकारको दौत्य संवन्धको स्वर्ण्र्ाायन्तीको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो।

उद्घाटनपछि तत्कालका लागि ४ मेगावाट क्षमतामा विद्युत उत्पादन सुरु भएपनि परियोजना निर्माणको कार्य नसकिएको भन्दै बन्द गराइएको थियो। परियोजनावाट माघको पहिलोहप्तादेखि नियमितरुपमा विद्युत उत्पादन भईरहेको छ।

सन् २००१ देखि निर्माणकार्य सुरु भएको परियोजना १३ अर्ब ६५ करोड लागतमा सन् २००४ को अन्त्य सम्ममा निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, विविध कारणले समयावधि र लागत दोब्बर बृद्धि भई सन् २००८ को अन्त्य सम्म निर्माणकार्यको समयावधि लाग्दा यसको लागत करीब २८ अर्व पुगेको छ।

रन अफ रिभर प्रविधिमा निर्माण सम्पन्न मध्यमर्स्याङ्दी जलविद्युत परियोजनावाट पुरै क्षमताको विद्युत उत्पादन हुन थालेपछि केही मात्रामा लोडसेडिङ घट्न सक्ने अनुमान गरिएको छ। पानीको मात्रा पर्याप्त हुनेवित्तिकै परियोजनावाट चौविसै घण्टा विद्युत उत्पादनको तयारी भईरहेको समेत परियोजनाप्रमुख ढुंगेलले वताउनुभयो।

श्रोत : आदर्श समाज

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)