बाग्लुंग समाज हंगकंगले गत डिसेम्बर २५ का दिन चुन मुन बटरफ्लाइ बीचमा एक वृहत भलिबल खेल सहित बि.बि.क्यू. कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमको अध्यक्षता बाग्लुंग समाज हंगकंगका अध्यक्ष यम बहादुर बुढाथोकीले गरेका थिए भने संचालन सचिव मान बहादुर थापाले गरेका थिए ।
प्रमुख अतिथिमा नेपालबाट हंगकंग भ्रमणमा आएका डा. महावीर पून रहेका थिए । समाजले आयोजना गरेको भलिबल प्रतियोगितामा करीब ९ वटा विभिन्न टीमहरूले भाग लिएका थिए । जसमा मोना हंगकंग, पून क्लब हंगकंग, स्यांजा टीम, घान्द्रुक टीम, हुंग होम टीम, बाग्लुंग समाज टीम, गुल्मी टीम, तमू समाज टीम आदि थिए । प्रतियोगिताको रेफ्रीमा नेपालका चर्चित भलिबल खेलाडी जयनारायण चाैधरी, सोम प्रसाद गुरूंग तथा लालकाजी राना रहेका थिए । प्रतियोगितामा स्यांजा टीमले अन्य सबै टीमहरूलाइ हराएर प्रथम स्थान हासिल गर्यो भने दोस्रोमा घान्द्रुक टीम भएको थियो ।
त्यसैगरी तेस्रोमा हुंग होम टीम भएको थियो । खेलमा बिक्रम गुरूंगलाइ उत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत गरिएको थियो । विजयी टीमहरू तथा खेलाडीहरूलाइ कार्यक्रमका प्रमुख अतिथि डा. महाविर पून, बाग्लुंग समाज खेल संयोजक मेष बहादुर पून र बाग्लुंग समाज हंगकंगका अध्यक्ष यम बहादुर बुढाथोकीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

















