HongKongNepali.com, The Next Media

Thursday
Aug 21st
Home हङकङ समाचार प्रमुख दलले सहकार्य नगरे राष्ट्रको विकास असम्भव ’एमाले उपाध्यक्ष अशोक राई’

प्रमुख दलले सहकार्य नगरे राष्ट्रको विकास असम्भव ’एमाले उपाध्यक्ष अशोक राई’

E-mail Print PDF
AddThis Social Bookmark Button

७ मे २०१२, हङकङ नेपाली महासंघको आयोजनामा जोर्डन स्थित दोहोरी सांझ रेष्टुरेण्टमा एक भेट घाट तथा सम्मान कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रिय उपाध्यक्ष अशोक राई रहेका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि राईले सबै दलले सहमति र सहकार्यको नीतिलाई अवलम्बन नगरे नेपाल राष्ट्रको विकास असम्भव भएको दावी गरे । वर्तमान अवस्थामा कुनै एउटा दलले यो गर्छु र त्यो गर्छु भनेर भ्रमाक मन्तव्य दिनु भन्दा जनतालाई कसरी सार्वभौम सम्पन्न बनाउने भन्ने आजको प्रमुख मुद्धा भएको वताए । नेपालको आमूल परिवर्तनका खातिर सबै दलले आ–आफनै स्थानबाट महत्वपूर्ण भूमिका र योग्दान पुरयएका छन । तथापि राणा शासन, पञ्चायती शासन र दश बर्षे माओवादी  जनयुद्धले नेपालको विकासमा अप्रत्यक्ष असर पारेको पनि उनले दावी गरे । राजनीतिक परिवर्तन जादुगरको हैसियतमा अगाडि बढन नसक्ने भएकोले त्यसका लागि धैर्यता र सहकार्य महात्वपूर्ण भएको वताए । दश बर्षे जनयुद्धबाट राजनीतिक मूलधारमा आएका माओवादीहरुले मात्रै नेपालको आमूल परिवर्तन गर्न असम्भव थियो । जसको कारणले गर्दा एमाले, माओवादी र नेपाली कांग्रेस पार्टीबीच १२ बुंद्धे सहमति र त्यसयता राष्ट्रलाई नयां दिशा दिने क्रममा विभिन्न सहमतिहरु भएका छन । तर त्यसको व्यख्या र अक्षरस पालन नहुदा देशले नयां ढङगले फडको मार्न नसकेको दावी पनि राईले गरे ।

वर्तमान राजनीतिक वस्तु स्थितिलाई हेर्दा समयमै नेपाली जनताको संविधान जेठ १४ मै जारी हुने देखिन्छ । यधपि दलहरु संग अझै पनि प्रमुख चुनौटीहरु भने अझैबांकी रहेको पनि उनले वताए ।  आफू भाषणमा भन्दा पनि कार्यमा विश्वास गर्ने नेता भएकाले म धेरै बोल्ने भन्दा पनि काम के हुदै छ प्रगति के हुदै छ भन्ने मूल्य र मान्यता राख्ने नेता भएको खुलाशा गरे ।

उक्त कार्यक्रममा हङकङबाट नेपाको पूर्वाञ्चल धरानमा बुढासुब्बा अन्तराष्ट्रिय टुवर्ग प्रतियोगितामा हङकङबाट सहभागि हुन गएका फुटबल खेलाडीहरुलाई सम्मान गर्ने कार्य पनि थियो । तर कार्यक्रममा एकजना खेलाडी पनि उपस्थित नहुंदा उपस्थित महानुभावहरुले आश्र्यता पर्कट गरेका थिए ।

सबै खेलाडीहरुको तर्फबाट बुढा सुब्बा स्पोर्टस हङकङ टिमका अध्यक्ष नारद राईले प्रमुख अतिथि अशोक राईको बाहुलीबाट एकमुष्ठ सम्मान तथा कदर पत्र ग्रहण गरेका थिए ।

उक्त कार्यक्रममा नेपालबाट एमाले हङकङ कमिटिको चौथो अधिवेशन सु सम्पन्न गर्नका निम्ति एमाले केन्द्रिय उपाध्यक्ष अशो्क राई, उनको धर्मपत्नी सुशीला राई र धरान नगरपालिकाका पूर्व मेयर धन बहादुर राई उनी संगै हङकङ आएका थिए ।

भेट–घाट कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिकारुपमा रहेका थिए । साथमा नेपालबाट लुम्बिनी भ्रमण बर्षको प्रचार प्रसारका क्रममा चेतनाथ पन्त पनि विशेष अतिथिका रुपमा रहेका थिए । औपचारीक कार्यक्रम पश्चात प्रमुख अतिथि लगायत उपस्थित समपूर्ण महानुभावहरु रात्रीभोजमा सरिक भएका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)