कार्यक्रममा प्रमुख अतिथिले २५५६ औं बुद्ध जयन्तीका अवसरमा आफनो शुभकामना मन्तव्य दिएका थिए । बुद्ध धर्म सूर्य जस्तै भएको र यो प्रक्रिया हो कसैले रोकेर र रोकिन्न किनकी बादलले कहिले कांही सूर्यको प्रकाशलाई छोपे पनि सूर्यले प्रकाश भने दिइरहेको हुन्छ । बुद्ध धर्म पनि त्यही प्रकृतिको एक निरन्तर क्रिया भएको वताए । बुद्ध धर्मले जहिले पनि सदविचार र सदगुणको पक्षमा मानवजाति र प्राणीमा ज्ञान दिंदै आएको छ । शान्तिबाट नै विश्व मानवजाति र विश्वको बिकास सम्भव रहेको समेत उनले वताए । अहिले बुद्ध धर्मको अवलम्बन नगर्दा विश्वमा झै झगडाले विभिन्न राष्ट्रहरु आक्रान्त बनेको र धेरै धनजनको क्षति भएको समेत वताए ।
अतिथिहरुले २५५६ औं बुद्ध जयन्तीका अवसरमा शुभकामना मन्तव्य दिएका थिए । उक्त कार्यक्रमको संचालन आमा समुहकी सचिव रेणु गुरुङले गरकी थिइन भने, उपस्थित महानुभावहरुलाई आफनो मन्तव्य सहित स्वागत आमा समुहकी उपाध्यक्ष टिका गुरुङले गरकी थिईन । कार्यक्रमको सभापतित्व आमा समुहकी अध्यक्ष पदम कुमारी गुरुङले गरकी थिइन ।
औपचारीक कार्यक्रम पश्चात प्रमुख धर्म गुरु अवतारी रिम्पोच्छे भूपति बज्र लामा धर्म गुरुसंग उपस्थित भक्तजनहरुले वाङ थापेका थिए ।



















