६ मे २०१२, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङले अर्थराज्य मन्त्री हरिराज खेवा लिम्बुको प्रमुख आतिथ्यमा याउमा तेई स्थित हिन्सको सभाहलमा लिम्बुवान सम्बन्धि समसामयिक बिषयमा छलफल कार्यक्रम गर्यो । छलफल कार्यक्रमलाई सम्बोधन गर्दै खेवाले भने पहिचान सहितको राज्यपुनंसरचना हुने र बढीमा ९ देखि १० प्रदेश को व्यवस्था नेपालमा निर्माण हुन गइरहेको संविधानमा गरिने वताए ।
अर्थराज्य मन्त्री फिलिपिन्समा सम्पन्न एडीबी द्धारा आयोजित बार्षिक भेलालाई अध्यक्षता गर्नका लागि नेपाल सरकारको तर्फबाट फिलिपिन्स गएका थिए । उक्त कार्यक्रममा विभिन्न देशका समकक्षीहरु संग विविध शीर्षकमा छलफल भएको र धेरै देशहरुले नेपाल प्रति धेरै सहानुभूति देखाएको वताए । उनले थप भने एडीबीले नेपाललाई बीनाशर्त आर्थिक सहयोग गर्दै आएको र त्यही प्रकृतिका केही छिमेकी राष्ट्र छन जसले शर्तमा मात्रै नेपालाई सहयोग गर्दै आएको पनि खुलाशा गरे ।
कार्यक्रममा उपस्थित सहभागिहरुले विभिन्न प्रश्नहरु गरेका थिए । मूलत वर्तमान अवस्थामा एमाओवादी पार्टीको भूमिका र जनजाति सभासदहरुको भूमिका के हुन्छ जस्ता गहकिला प्रश्नहरु उपस्थित सहभागिहरुले उठाएका थिए ।
उक्त कार्यक्रमको पानसमा दियो प्रज्जवलन गरेर अर्थराज्य मन्त्री हरिराज खेवा लिम्बुले समुदघाटन गरेका थिए । कार्यक्रममा लिम्बु जाति भित्रका विशेष व्यक्तित्वहरुलाई आतिथ्य प्रदान गरिएको थियो । हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर लगायत अन्य विशिष्ट महानुभावहरु विशेष अतिथिकारुपमा रहेका थिए । कार्यक्रमको सभापतित्व लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङ अध्यक्ष एमबी थोप्राले गरेका थिए भने संचलान मोर्चाका सचिवले गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई मोर्चाका सहसचिवले आफनो मन्तव्य सहित स्वागत गरेका थिए ।