६ मे २०१२ हङकङ,
मगर संघ हङकङले २५५६ औं बुद्ध जयन्तीको अवसरमा जोर्डन स्थित आफ्नै कार्यालयमा बुद्ध धर्म गुरु बाट धार्मिक प्रवचनको साथमा बुद्धको मुर्तिमा बिधी पुर्वक पूजा सम्पन्न गरेको छ । हङकङ उर्गेन दोर्जे छोलिङ बुद्धिस्ट सेन्टरका धर्म गुरु भेन खेम्पो न्वाङ ठेक्चोकले बुद्धको मुर्तिमा धार्मिक परम्परा अनुसार जुङ हाले पछी बिधिवत रुपमा पुजाको उद्घाटन शुरु गरेका छन् । त्यस पस्चात धर्म गुरुले बुद्ध धर्म समन्धी धार्मिक प्रवचन दिएका थिए । प्रवचन समापन पछी धर्म गुरु बाट वाङ बितरण गरिएको थियो । उपहार स्वरुप प्राप्त मगर संघ हङकङको कार्यालयमा धेरै लामो समय देखि बुद्धको मुर्ति राखिएको भए पनि उक्त बुद्धको मुर्तिमा पूजा गरिएको थिएन । अव भने धर्म गुरु बात धार्मिक परम्परा अनुसार मुर्तिमा जुङ हाले पछी मुर्तिलाई बिधिवत रुपमा पुजा गर्न मिल्ने भएको छ ।


















