२९ अप्रिल २०१२,हङकङ
मगर रोष गुमुस्ठा हङकङले लोक दोहरी साँझ कार्यक्रमका लागि नेपाल बाट आएका चर्चित कलाकारहरू संगिता थापा मगर,ऋषी अधिकारी र नन्दु श्रीस मगरलाई एक कार्यक्रम गरि सम्मान गरेको छ । जोर्डन स्थित दोहरी साँझ रेष्टुरेन्टमा सम्पन्न सम्मान कार्यक्रममा कलाकारहरूलाई खादा ओढाएर फूलको गुच्छाको साथमा गुमुस्ठाको तर्फ बाट सम्झनाको चिनो प्रदान गरेको थियो । मगर रोष गुमुस्ठा हङकङका सचिव सन्जु राना मगरले सन्चालन गरेको कार्यक्रमलाई उपाध्यक्ष रविन्द्र थापा मगरले कलाकारहरूलाई खादा तथा सम्झनाको चिनो प्रदान गरेका थिए । उक्त अवसरमा मगर संघ हङकङकी अध्यक्ष चन्द्र ज्योति आले मगर र उपाध्यक्ष प्रेम थापा मगरले पनि कलाकारहरूलाई खदा तथा पुष्प गुच्छाको उपहार दिएका थिए ।
सम्झनाको चिनो हस्तन्तरण पछि लोक दोहरी गायिका संगिता थापा मगरले मगर संघ हङकङको प्रगतिको कामना गर्दै आफ्नो भरखरै बजारमा रिलिज भएको १०० प्रति डिभिडी गायिकाको तर्फ बाट मगर संघ हङकङलाई सहयोग प्रदान गरेकी थीइन् । औपचारिक कार्यक्रम पछि नेपाल बाट आएका कलाकार ॠषि अधिकारी र हङकङका स्थानिय गायिका मन्जु थापाको दोहरी घम्सा घम्सीमा दर्शकहरू रमाईरहेका थिए भने चर्चित लोक दोहरी गायिका संगिता थापा मगर र हङकङका स्थानिय गायकहरू मिन पुन र हेम पुनको दोहरी गीतले दर्शकहरूलाई मज्जाले नचाएका थिए । दर्शकहरूको भनाइ अनुसार हङकङका ठुला हलहरूमा नेपाल बाट कलाकारहरू ल्याएर जतिनै दोहरी गीत गाउन दिए पनि सधैं समय अभावले मज्जा नाआउने तर यो पटक दोहरीको भरपुर मनोरन्जन भएको बताउँछन् ।
















