HongKongNepali.com, The Next Media

Tuesday
Sep 02nd
Home हङकङ समाचार स्याङ्जा जनसेवा समिति हङकङले खेलाडी तथा कलाकारहरुलाई सम्मान ग-यो

स्याङ्जा जनसेवा समिति हङकङले खेलाडी तथा कलाकारहरुलाई सम्मान ग-यो

E-mail Print PDF
AddThis Social Bookmark Button

मुक काजी गुरुङ्, हङकङ,२१ अप्रिल २०१२ का दिन जोर्डन स्थित दोहोरी रेष्टुरेन्टमा एक जानकारी सभाको आयोजना गरी स्याङ्जाली खेलाडी र कलाकारहरुलाई सम्मान ग-यो । स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष कोमल गुरुङ्(स्याङ्जाली कान्छा)को अध्यक्षतामा सम्पन्न उक्त जानकारी सभा तथा कलाकार सम्मान कार्यक्रममा समितिका सल्लाहकार तथा भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जंग बहादुर गुरुङ्, ताउलेक समाजका अध्यक्ष सुक बहादुर गुरुङ्,राङ्भाङ् समाजका अध्यक्ष प्रेम थापा र सोंपाल समाजका प्रतिनिधि याम गुरुङ् अतिथिको रुपमा उपस्थित थिए । यसै गरी मगर संघ हङकङका अध्यक्ष चन्द्र ज्योति आलेमगर,पर्वत मञ्च हङकङका अध्यक्ष बिसन गुरुङ् लगायत नेपालबाट पर्वत सांझको लागि हङकङ आएका स्याङ्जाली कलाकार र अन्य गैर स्याङ्जाली कलाकारहरुलाई पनि अतिथिको आसन ग्रहण गराएका थिए।

समितिकै सह-सचिव चौ गुरुङ्को स्वागत मन्तब्य रहेको कार्यक्रम समितिकै सचिव भोजेन्द्र गुरुङ्ले सञ्चालन गरेका थिए। स्वागत मन्तब्यको क्रमसंगै गत ८ अप्रिल का दिन पर्वत मञ्च हङकङद्वारा चुनमुन बटरफ्लाई बीचमा आयोजित हङकङब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुन सफल स्याङ्जा आंधीखोला टीम र यसै गरी १५ अप्रिल का दिन पनि पुन क्लब हङकङद्वारा सोहि स्थानमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा पनि स्याङ्जा आंधीखोला टीमले दोस्रो पटक लगातार जित्न सफल भएको थियो।

यही अवसरमा स्याङ्जा जनसेवा समिति हङकङले खेलाडीहरुको हौसला एवं मनोबल बढाउने अभिप्रायले प्रशंसा पत्र सहित खादा लगाई सम्मान ग-यो भने पर्वत मञ्च हङकङको पर्वत सांझ र लोक सांस्कृतिक परिवार हङकङको पहिलो प्रस्तुती-लोक दोहोरी सांझमा हङकङ आई पुग्नु भएका स्याङ्जाली कलाकारहरु लोक दोहोरी गायक पशुपति शर्मा,खोजी प्रतिभा सिजन -१ का विजेता दुर्गा परियार र लोक दोहोरी गायिका संगीता थापामगरलाई पनि मायाको चिनो सहित खादा लगाई सम्मान गरे। यसै गरी अन्य गैर स्याङ्जाली कलाकारद्दोय लोक दोहोरी गायक नन्दु श्रीष र ॠषि अधिकारीलाई पनि सोहि कार्यक्रम मार्फत खादा लगाई सम्मान गरियो। यसै क्रममा सम्मानित स्याङ्जाली कलाकारद्दयहरुले हङकङ जस्तो ब्यस्त ठाउंमा आएर पनि स्याङ्जालीहरुबाट यस किसिमको सम्मान पाएकोमा ज्यादै खुशी ब्यक्त गर्दै उपस्थित सम्पूर्ण स्याङ्जावासीहरुलाई धन्यवाद पनि ब्यक्त गरेका थिए।

कार्यक्रममा भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष तथा समितिका सल्लाहकार जंग बहादुर गुरुङ्, मगर संघ हङकङका अध्यक्ष श्रीमति चन्द्र ज्योति आलेमगर,पर्वत मञ्च हङकङका अध्यक्ष बिसन गुरुङ् लगायत समितिका अध्यक्ष कोमल गुरुङ्ले पनि स्याङ्जाली खेलाडीहरु फुटेर होइन जुटेर नै अगाडि बढ्नु पर्नेमा जोड दिंदै यही आउंदो में १ तारीखमा हुन गई रहेको पाचौं खुल्ला पुरुष भलिबल प्रतियोगितालाई हङकङ डलर ७००० (सात हजार) प्रायोजन गर्ने अध्यक्ष  गुरुङले बताएका छन्। अन्त्यमा  नेपालबाट हङकङ कार्यक्रममा आई पुग्नु भएका उपस्थित स्याङ्जाली कलाकारहरुले छोटामिठा गीतहरु गाएर दर्शकहरुलाई एकछिन भए पनि मुग्ध पारि दिएका थिए।

 

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)