कल्पना तुम्रोक
२२ अप्रिल २०१२ हङकङ,
ईलाम समाज हङकङकले नेपाली नयावर्ष २०६९ को अवसरमा सुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम मङ्किहिलको बिबिक्यु स्पोटमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बसन्त कुमार राई को अध्यक्षता हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा को प्रमुख अतिथी रहेको औपचारीक कार्यक्रममा संखुवासभा मन्च हङकङ सचिव अजम्बर गुरुङ, पान्थर मञ्चँ हङकङ उपाध्यक्ष कल्पना तुम्रोक,झापा मन्च हङकङ महासचिव छत्र लिम्बु,धरान हङकङ मञ्च अध्यक्ष बुद्दि बहादुर सुनुवार, किराँत याक्थुङ चुम्लुङ हङकङ अध्यक्ष कृष्ण राज लावोती,ने.क.पा.एमाले हङकङका अध्यक्ष ओमराज सम्बाहाम्फे,फुलबारी क्लबका प्रोप्राइटर नन्द चङ्सु, हङकङ गोर्खा सेक्युरिटी युनियनका उपाध्यक्ष पदम सिंह चेम्जोङ, तेर्हथुम मञ्च हङकङका अध्यक्ष त्रिभुवन लिम्फुवा,ईलाम का जेस्ठ नागरिकहरु,बुद्दिजिवि लगायत बिभिन्न संघसस्थाका अध्यक्ष तथा प्रतिनिधी र मिडिया हरुलाई अतिथी आसन ग्रहन गराईएको थियो। उक्त कार्यक्रममा आसिन भएर बसेका प्रमुख अतिथि देखी लिएर सम्पुर्न अतिथिहरुले नयाँवर्षको सुभकामना मन्तब्य दिएका थिए।
अतिथिहरुलाई ईलाम मा उत्पादन भएको अर्गानिक चियाको प्याक उपहार दिइएको थियो भने ६५ वर्षभन्दा माथि उमेर भएका नागरिकहरुलाई खादा र ढाकाटोपी ओडाई सम्मान गरिएको थियो। सम्मानित ब्यक्तिहरुमा बिर बहादुर राई,थाममाया राई,मनमाया राई,मछिन्द्र योङहाङ र दिल बहादुर लिम्बु थिए। अध्यक्ष राई ले औपचारिक कार्यक्रमलाई समापन गरेपछि बिबिक्युको साथमा इलामवासी हाल हङकङ बस्दैआएका स्थानिय कलाकारहरु बाट मिठो गित र नृत्य प्रस्तुतीले मनोरन्जन दिलाएको थियो। कार्यक्रम मा स्वागत भाषण उपाध्यक्ष दिपा राईले दिएकी थिइन भने सन्चालन सचिव बिष्णु श्रेष्ठले गरेकाथिए।


















