२३ अप्रिल, नेपाली जनसम्पर्क समिति हङकङको आयोजनामा जोर्डन स्थित याक एण्ड यत्ती रेष्टुरेण्टमा नेपाली नयां बर्ष २०६८ को विदाई र नयां बर्ष २०६९ को भव्य स्वागत गरेको छ । उक्त कार्यक्रममा हङकङमा सामाजिक कार्यमा सक्रिय सहभागिता र नेपाली पहिचानका खातिर निरन्तर लागि परेको भन्दै नेपाली जनसम्पर्क समिति हङकङले हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगरलाई सम्मान गरेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्यायले आफनो शुभकामना मन्तव्यमा भने नेपाली जनसम्पर्क समितिले महासंघका अध्यक्षलाई सम्मान गरेर राम्रो कार्य गरेको वताए । महासंघले कहिले सीएनएन हिरो माइती नेपालका अध्यक्ष अनुराधा कोइराला त कहिले बरिष्ठ साहित्यकार आइवी राई त कहिले जापानमा गएको भु कम्पबाट पिडीटहरुको लागि सहयोग कार्यक्रममा राई इज किंग राजेशपायल राई लगायतलाइृ हङकङ आमन्त्रण गरेर राम्रा कार्यहरुको थालनी गरेको वताए । त्यसतै गरि खेलकुद र हङकङमा रहेका संस्थाहरुलाई पनि एकजुट बनाउन हद सम्म सफल भएको वताए ।
कार्यक्रममा वेष्ट जोडी र नेपालबाट आएका कलाकारहरु, लोकगायीका रिता थापामगर,पशुपति शर्मा, ऋषी अधिकारी, संगीता थापामगर, नन्दु श्रीसमगर, नेपाल तारा इन्दिरा जोशी, खोजी प्रतिभाका विजेता दुर्गा परियार, पप गायक गौतम तमु लगायतका कलाकारहरुलाई सम्मान गरिएको थियो ।
नेपाली नयां बर्ष २०६९ कार्यक्रमका प्रमुख अतिथि हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्याय रहेका थिए । विशेष अतिथिमा समितिका पूर्व अध्यक्षहरु, कुल प्रसाद गुरुङ, सन्तोष घले, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर, नेपाल वायुसेवा निगम हङकङका प्रवन्धक द्धय द्धारीकाविलाश जोशी र गौरीलाल डांगी, फियोना हङकङका सचिव भिम गुरुङ, माओवादी जिल्ला समिति हङकङका सचिव जेबी ओख्राबु, भारतीय भू पू सैनिक संघका अध्यक्ष जंग बहादुर गुरुङ, ढिला गरि उपस्थित भएका एनआरएनका अध्यक्ष दुर्गा गुरुङ, नेपाली आदिवासी जनजाति महास.घका उपाध्यष रिता गुरुङ लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन महामन्त्री वसन्त श्रीनेतमगरले गरेका थिए भने mसभापतित्व समितिको सभापति राम गुरुङले गरेको थिए । नयां बर्ष कार्यक्रमको समुदघाटन स्याम्फेन चियर गरेर गरिएको थियो ।


















