१९ अप्रिल, पर्वत सांझ हङकङले यहि २२ अप्रिल आइतवारका दिन युनलोङ थियटरमा आयोजना हुन लागेको पर्वत सांझ कार्यक्रमका कलाकारहरु हङकङ आइपुगेका छन । पर्वत सांझ हङकङले पर्वत जिल्लामा आंखा शिविर संचालनको सहयोगार्थ पर्वत सांझ कार्यक्रमको आयोजना गरेको वताएको छ ।
उक्त कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्नका लागि, नेपालबाट, रिता थापामगर, पशुपतिनाथ शर्मा, दुर्गा परियार लोक दोहोरी गीत लिएर आएका छन, भने गौतम गुरुङ र इन्दिरा जोशी आधाुनिक पप तथा नृत्य लिएर आएको छन । स्थानीय कलाकारहरुको पनि वेजोड प्रस्तुती रहने भएको छ । इन्दिरा जोश भने शनिवार मात्र हङकङ आउने भएकी छिन ।