मेरी बास्सैका जोडी खडका जी र सुन्तलीले सच्चा नागरिक नामक शीर्षकमा आफनो हास्य व्यङग्य प्रस्ुती पस्कदै दर्शकलाई निक्कै हसाएका थिए । प्रहसनको मुख्य उद्देश्य समृद्ध र समुन्नत राष्ट्रका खातिर काम गर्ने नेताहरु नभएको तर्क प्रस्ुत गरिएको थियो । सच्चा नागरिक नेताहरु भईदिएको भए यी तमाम नेपालीहरु विदेशी भूमिमा श्रम बेच्न नपर्ने प्रहसनको मुख्य आशय रहेको देखिन्थ्यो ।
एमालेका प्रभावशाली नेता के पी ओलीको खडकाजीले क्यारिकेचर गरेर दर्शकलाई हसाएका थिए ।
सुबनी मोक्तान र शितल मोक्तान द्धयले आफना लोक प्रिय गीतहरु, तिमीबीना बांच्न ग्राहो भयो, पहिलो माया यस्तै हो, लाखौ तारा चाहिन्छ, तिम्रो नाम भए पुग्छ, मेरो माया जस्ता कर्ण प्रिय गीतहरु दर्शकका माझ प्रस्तुत गर्दै प्रशंसाका पात्र बनेका थिए ।
मेरो सांझ कार्यक्रमको सचालन एनटीभीका पूर्व संचालीका सुनिता राई(राना) ले गरेकी थिइन । कार्यक्रममा तमाम दर्शहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सफल पार्नका निम्ति प्रायोजक भई सहयोग गेर्ने महानुभावहरुलाई स्टेजमै कदर पत्र प्रदान गरिएको थियो । साथै नेपालबाट आएका कलाकारहरु र स्थानीय कलाकारहरुलाई पनि स्टेजमै सम्मान गरिएको थियो ।



















