Home हङकङ समाचार

Hong Kong News

हङकङमा १००औ अन्तर्राष्ट्रिय नारी दिवस

७ मार्च २०१०, हङकङ
 
विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै गर्दा हङकङमा पनि आईतवारको दिन मङकोक स्थित कई पुई छोई काइको बजार परिक्रमा गर्दै बिभिन्न नारा लगाउँदै नारी दिवस भब्यताका साथ सम्पन्न गरिएको छ। विश्वभरी महिला माथि हुने भेदभाव, समान ज्याला, समान अधिकार, समान अवसर र महिला माथि हुने हिंसाको बिरोध स्वरुप नारी दिवस मनाइएको हो।
 
यो बर्षको अन्तर्राष्ट्रिय नारी दिवसले एक सय बर्ष पार गरेको छ। बिशेष गरेर अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ का दिन मनाउने गरे पनि हङकङका अधिकांस मजदुरहरुको सार्वजनिक बिदा पारेर ७ मार्चका दिन हङकङको संघ सस्थाहरुले मनाएका छन्।
 
Read more...

टप माउन्टेन डोजाङको चौथो अपग्रेडिङ सम्पन्न

टप माउन्टेन डोजाङको चौथो अपग्रेडिङ सम्पन्न
९ मार्च २०१०
 
 
गत २८ फेब्रुअरी मा मात्र आफ्नो प्रथम वार्षिकोत्सव मनाएको टप माउन्टेन डोजाङले त्यसको लगत्तै अर्को हप्ता अर्थात गत ७ मार्च को दिन आफ्नो चौथो अपग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ। याउमातेई कम्युनिटी हलमा बिहानको १० बजेबाट शुरु भएको कार्यक्रममा डोजाङका विधार्थीहरुले आफ्नो बेल्ट अपग्रेड प्राप्त गर्न तेक्वान्दोको बिभिन्न विधामा आफ्नो कौशल देखाएका थिए।

Read more...

विदेशमा हिमाल खबर पत्रिकाको पहिलो ‘हिमाल बहस’ हुने

विदेशमा हिमाल खबर  पत्रिकाको पहिलो  ‘हिमाल बहस’ हुने

हङकङ, मार्च ८। नेपालमा प्रकाशित हुने प्रसिद्व हिमाल खबर पत्रिकाले हङकङका प्रबुद्व नेपालीहरुबीच यहि मार्च १४ तारिख याउ मा तेई कम्यूनिटी हलमा ‘संघीयता र जातीय स्वायत्त प्रदेश’ विषयक ‘हिमाल बहस’ गराउन गैरहेको छ। उक्त ‘हिमाल बहस’लाई हिमाल खबर पत्रिकाले आगामि अंकमा प्रकाशित गर्ने कुरा कार्यक्रमका संयोजक हिमाल खबर पत्रिकाका पूर्व समाचार सम्पादक जेबी पुन मगरले बताए।
Read more...

सामसूइपो मा फेरी तेजाव आक्रमण

८ मार्च २०१०

हङकङको कौलून क्षेत्र स्थित समसूइपोमा हिजो सांझ करीब ६:३० बजे २१२ अप्लूय स्टीट नजीक भवनबाट अपरिचित व्यक्तिले ब्लुगर्ल वियरको बोतलमा तेजाब राखी माथीबाट फालिएको छ। यो घटनामा कम्तीमा पनि एक जना व्यक्ति घाईते भएको जनाइएको छ। माथिबाट फालिएको बोतलको तेजाब अनुहारमा परेर एकजना ब्यक्तिले नजीकै पसल राखेर बसेकी महिला संग पानी मागेर आफुलाई लागेको तेजाब पखालेर गएको उक्त पसले महिलाले प्रहरीलाई बताएकी थिइन्।

Read more...

दिलवहादुर लिम्वू मृत्यु छानवीन प्रकृया अव अन्तिम चरणमा

भूपेन्द्र चेम्जोङ

हङकङ। दिलवहादुर लिम्वू मृत्यु छानवीन प्रकृया अव अन्तिम चरणमा पुगेको छ। अस्ति भर्खरै प्रहरी हातहतियार विज्ञ जोप्रुी छोलाई वयान लिइएको थियो। उनको वयान सकिने वित्तिक्कै मृत्यु छानवीन कै अन्तिम साक्षी प्रहरी प्रशिक्षक तथा वरिष्ट निरिक्षक रिकी चेनलाई वयान लिन शुरु गरियो। अस्ति ३ मार्चका दिनदेखि वयान लिन शुरु गरिएकोमा अस्वस्थको कारण दर्शाई चेन विहीवार र शुक्रवार दुई दिन अदालतमा उपस्थित भएनन्।

Read more...

हङ्गकङ्गबाट पहिलो एनआरएन पत्र लिनेमा अनु थापा

हङ्गकङ्गबाट पहिलो एनआरएन पत्र लिनेमा अनु थापा

रेवत राना
मार्च ५ काठमाण्डौं 
 
नेपाल सरकारले फागुन १७ मार्च १ देखि गैर आवासीय नेपाली एनआरएन लाई परिचय पत्र वितरण शुरु गरेपछि परराष्ट्र मन्त्रालयमा एनआरएन परिचयपत्र लिनेको संख्या क्रमशः बढ्दै गएको छ। 
यसरी हङ्गकङ्गबाट पहिलो  एनआरएन परिचय पत्र लिनेमा हंगकंग नेपाली डट कमकी फोटोग्राफर अनु थापा मगर रहेकी छिन्। उनी एनआरएन परिचयपत्र लिने दोस्रो महिला पनि बनेकी छिन् । उनलाई परराष्ट्रय मन्त्रालयका उपसचिव श्री सुशिल लम्लासले एनआरएन परिचयपत्र हस्तान्तरण गरेका थिए। 
परराष्ट्र मन्त्रालयले जानकारी दिएअनुसार ५५ देशका २६ लाख नेपालीहरुले यो कार्डको सहुलियत लिन पाउने छन् । जुन कार्ड प्राप्त गरेपश्चात् उनीहरुले जग्गा-जमिन राख्न पाउने र लगानी गर्न सक्ने छन्। तर निजी जग्गा जमिनको हकमा भने काठमाण्डौं उपत्यकामा २ रोपनी र तराईमा आठ कठ्ठासम्म राख्न पाउने छन्। लगानीको लागि शुरुमा परराष्ट्र मन्त्रालयमा प्रस्ताव बुझाउनु पर्ने व्यवस्था गरिएपनि स्वीकृती पछि उद्योग विभागबाट काम शुरु गर्न पाउने प्रावधान रहेको छ। यो कार्ड लिए पछि भिसामा १० वर्ष सम्म सहुलियत पाउने छन्। 

Read more...
More Articles...
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 54
Banner

Good News !!!

 

नेपाली उखान टुक्का

फूलको बास्ना वरिपरि मान्छेको बास्ना डाँडापारी

Gallery

Interaction with Journalists

Music Archive : Saalaijo

Music Archive :- Purano Hudaina Maya

Music Archive - Tapovan

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Lok Pop Geet :- झरनाको चिसो पानी

free counters

(Since April 2009)