HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home मत / मतान्तर

Mat-Mataantar

प्रथम शहिदको तस्विर र साप्ताहिक ‘एभरेष्ट’को अभिमत

"‘सरकारी आधिकारीता नपाइसकेको बस्तु किन महावाणिज्यदूतवासमा राखियो ? यसले नेपाली मात्र होइन अरु समुदायमा पनि गलत समाचार सम्प्रेषण भएको छ’ हङकङबाट प्रकाशित साप्ताहिक ‘एभरेष्ट’ सम्पादक किसन राईले फ्रन्टपेजमा राखिएको समाचारमा लेखेका छन्। उनले स्थापित शहिदको तस्विरलाई सामान्य वस्तुको रुपमा सम्झे। कहिले देखि शहिदको तस्विर वस्तुमा परिणत भए? कम्तिमा शहिदको योगदान र वलिदानहरुकोमात्र पनि सम्झना गर्ने हो भने सायद यस्ता शब्दहरु प्रयोग हुदैन भन्ने मलाई लाग्छ।"
ईन्द्र एलजी थापामगर
अप्रिल  १४, २०११ 

गत मार्च ८, २०११ हङकङ नेपाली महासंघ र मगर संघ हङकङले हङकङ स्थित नेपाली महाबाणिज्यदूतावासको कार्यालयमा नेपालका प्रथम शहिद लखन थापामगरलाई नेपाल सरकारले अविलम्ब प्रथम शहिद घोषणा गरियोस भन्ने माग सहित ज्ञापन पत्र बुझाए पछि उनको तस्विर हङकङ स्थित नेपाली महाबाणिज्य दूतवासको कार्यालयमा राखिएको छ। त्यस पश्चात गत हप्ता अप्रिल ६, २०११ हङकङबाट प्रकाशित साप्ताहिक ‘एभरेष्ट’ले उनीसँग सम्बन्धित विषयमा समाचार प्रकाशित गरेको छ। पत्रिकाले संप्रेसन गर्न खोजेको कुरा आफ्नो ठाँउमा ठिक होला तर यसले समग्ररुपमा उनलाई प्रथम शहिद घोषणा गर्न नैतिक दबाब दिन सक्दैन भन्ने मेरो बुझाइ छ।
 
नेपाल आदिवासी  जनजाति महासंघसँग  आवद्व मगर संघले निरन्तररुपमा उनलाई प्रथम शहिद घोषणा गर्न दबाब दिईरहेको छ। उनकोबारे ईतिहाँसकाल देखि सबैले पढेको र सुनेको यथार्थ कुरा के हो भने उनी नेपालको प्रथम शहिद हुन। सायद ‘एभरेष्ट’ साप्ताहिका सम्पादक तथा प्रकाशक साथै किराँत राई यायोक्खा हङकङका अध्यक्ष किसन राईले पनि आफ्नो अध्ययनको समयमा धेरै चोटि पढेका होलान। यति हुदाँ हुदै पनि फ्रन्टपेजमा समाचार मात्र बनेको छैन सम्पादकीयमा पनि स्थान पाएको छ। आधिकारिताको प्रशंग हो भने समाचार नै काफि हुदैन र ? सम्पादकीय नै लेख्नु भनेको विषयलाई गम्भिर लिनु हो। यस अर्थमा कम्तिमा नेपाल सरकारको एक निकायले जुनसुकै अर्थमा होस कार्यालयमा उनको तस्विर राखेर शहिदको मात्र होइन सिङ्गो आदिवासी जनजातिहरुको भावनालाई कदर गरेकोमा आपत्ति वा विमती जनाउन खोजिएको देखिन्छ। 
 
Read more...
 
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 11
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)