२४ चैत, बनेपा
लोडसेडिङको मार खेपि रहेका नेपालीहरुका लागि खुसीको खबर छ । काठमाण्डौ विश्व विद्यालय (केयु) का अनुसन्धानकर्ताले धुावाबाट विजुली उत्पादन हुने ‘बायोमास ग्यासिफायर’ प्रविधिको सफल परिक्षण गरेका छन । यस प्रविधिमा काठ, भुस वा दाउरा बाल्दा आउने कालो धुवाँलाई फिल्टर गरेर निलो ग्यासमा परिणत गरिन्छ । अनि ग्यासलाई मोडिफाई गरिएको इन्जिनमा लगिन्छ र त्यसमा जडीत जेनेरेटरबाट विजुली उत्पादन हुन्छ । कम क्षमताको विजुली उत्पादनका लागि मोटरसाईकलको इन्जिन र बढी क्षमताको विजुली उत्पादन गर्नका लागि किर्लोस्कर इन्जिनको प्रयोग गरिन्छ । बायोग्यास ग्यासिफायरबाट उत्पादन गरिएको विजुली प्रति युनिट १० रुपैयाँ देखि १२ रुपैयाँ सम्म पर्ने अनुसन्धान इन्जिनियर सुरज पाण्डेले जानकारी दिनुभयो ।
१२ सय ग्राम दाउरा वा काठको टुक्राबाट एक युनिट विजुली उत्पादन हुने पनि पाण्डेले जानकारी दिनुभएको छ । केयु स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मेडिकल विभागमा अनुसन्धान सहायकहरु अनन्त भुसाल , आदर्श उप्रेति तथा अनुसन्धान इन्जिनियर सुरेन्द्र पाण्डे उत्त अभियानमा लागि परेको खबर छ ।
श्रोत:नागरिक


















