चुरा थापा
जोर्डनको यूनिभर्सल इन्स्टिच्यूटले दुई वर्ष अघि आयोजना गरेको "नेपाली विद्यार्थीहरुका लागि हङकङमा शिक्षा" सेमिनारमा हाम्रा अभिभावकहरु आफ्ना छोराछोरीको शिक्षाबारे कति धेरै अन्योलमा छन् भन्ने एउटा दृष्य देखियो। हङकङमा अध्ययन गरेको र यहीँ शिक्षक भएर काम गरेकाले हुनसक्छ त्यसयता यहाँका नेपाली बालबालिकाको शैक्षिक अवस्थाप्रति मेरो चाख झन् बढिरहेको छ। शिक्षक भएर नेपाली अभिभावक र विद्यार्थीका गुनासा सुन्ने तथा सामना गर्ने क्रममा एक किसिमको स्वंसेवी परामर्शदाता पनि भइएको छ। राम्रो अंक ल्याएर नेपालबाट प्लस टु गरी हङकङ आएका आफ्ना छोरालाई एक जना अभिभावकले केही महिनाअघि मात्र मसँग भेट्टाउन ल्याएका थिए। भलाकुसारी पश्चात उनले पोलिटेक्निक विश्वविद्यालयमा इन्जिनियिरंग फ्याकल्टीमा भर्ना पाएको इमेल लेख्दा खुशीको सीमा नै रहेन। डेढ दशकदेखि हङकङ आईडी लिएर स्थानीय नागरिककै रुपमा यहाँ बस्दै आए पनि हामी आफ्ना छोराछोरीको शिक्षाबारे अझै पनि अन्योलमै रुमलिइरहेका छौँ। हङकङको समग्र शिक्षा प्रणाली र खासगरी भाषा शिक्षा सम्बन्धी ज्ञानको कमीले हाम्रा छोरछोरीको शिक्षा अस्तव्यस्त बन्न पुगेको छ। आफू हङकङमा बसेर छोरछोरीलाई १४-१५ वर्षसम्म नेपालमा छाड्दा पारिवारिक सम्बन्धप्रति उनीहरुको भावना पनि फरक पर्न गएका कतिपय उदाहरण छन्।
यस्तो पारिवारिक वातावरणले बालबालिकाको मनोविज्ञानमा समेत असर पुग्ने तर्क मनोवैज्ञानिकहरु गर्छन्। धेरै अभिभावकहरु आफ्ना छोराछोरीलाई नेपालमा बोर्डस् राखेर पढाउँछन् र सात-आठ कक्षामा पुगेपछि हङकङ ल्याउने गर्छन्। तर त्यसरी बीचमा अकस्मात ल्याउँदा यहाँको शिक्षासँग तालमेल मिलाउन कठिन हुन्छ। राम्रो आयस्रोत छैन भने निम्न गुणस्तरका सरकारी वा डेजिनेटेटेड विद्यालयहरुमा भर्ना गर्नु पर्ने हुन्छ जसको नतिजा माध्यमिक तह पनि पुरा गर्न नसकी भौँतारिनु हो। अर्कोतिर फरक साँस्कृतिक परिवेशमा सारिरहँदा बालबालिकाले शिक्षा आर्जन गर्ने स्थिर वातावरण र परिवेश पाउँदैनन्। यस्तो घुमन्ते परिवेशले उनीहरुको करिअर विकासमा आघात पुग्नसक्छ।
हङकङको शैक्षिक प्रणालीबारे राम्रो ज्ञान नहुँदा ब्रिटिश ओभरसिज पासपोर्ट भएका वा तिनका परिवार आफ्ना छोरछोरीलाई राम्रो शिक्षा दिने भन्दै सिधै ब्रिटेन जाने गरेका छन् । अन्तर्राष्ट्रिय भाषाको रुपमा अँग्रेजी मोह र विश्व्यापी रुपमा स्थापित ब्रिटेनको शिक्षा प्रणालीले अन्य देशका नागरिकसँगै नेपालीलाई पनि तान्नु अस्वभाविक होइन। तर लामो समय ब्रिट उपनिवेश रहेको हङकङको शिक्षा प्रणाली पनि विश्वका उत्कृष्ट मध्ये पर्छ भन्ने कुरा नबुझ्दा धेरैलाई यहाँ स्थापित भैसकेको व्यावसाय वा रोजगार छाडेर ब्रिटेन जान बाध्य हुनु परिरहेको छ। हङकङको बाध्यकारी भाषिक नीतिले आफ्नो प्रगतिको आकांक्षामा फलामे ताल्चा लगाएको ठान्ने नेपालीहरुलाई चीनको बढ्दो अर्थतन्त्रबाट लाभ लिन पश्चिमाहरु समेत चिनियाँ भाषा सिक्न प्रतिस्पर्धा गरिरहेको दृष्यप्रति कुनै मोह देखिँदैन।
आफ्ना छोराछोरीलाई कता डोरयाउने भन्ने कुरामा प्रष्ट हुन नसक्नु हङकङका नेपालीको लागि ठूलो समस्या हो। अँग्रेजीमा दक्ष बनाउनु पर्छ भन्नेदेखि चिनियाँ स्कुलमा राखेर चिनियाँ भाषा पनि सिकाउने वा नेपाली संस्कृति र परिवेशमै राख्ने भन्ने बारेमा धेरै छलफल भए पनि एउटा निष्कर्ष हङकङको शैक्षिक प्रणालीबारे राम्रो ज्ञान नहुँदा ब्रिटिश ओभरसिज पासपोर्ट भएका वा तिनका परिवार आफ्ना छोरछोरीलाई राम्रो शिक्षा दिने भन्दै सिधै बि्रटेन जाने गरेका छन्। अन्तर्राष्ट्रिय भाषाको रुपमा अँग्रेजी मोह र विश्व्यापी रुपमा स्थापित ब्रिटेननको शिक्षा प्रणालीले अन्य देशका नागरिकसँगै नेपालीलाई पनि तान्नु अस्वभाविक होइन। तर लामो समय ब्रिटिश उपनिवेश रहेको हङकङको शिक्षा प्रणाली पनि विश्वका उत्कृष्ट मध्ये पर्छ भन्ने कुरा नबुझ्दा धेरैलाई यहाँ स्थापित भैसकेको व्यावसाय वा रोजगार छाडेर ब्रिटेन जान बाध्य हुनु परिरहेको छ। हङकङको बाध्यकारी भाषिक नीतिले आफ्नो प्रगतिको आकांक्षामा फलामे ताल्चा लगाएको ठान्ने नेपालीहरुलाई चीनको बढ्दो अर्थतन्त्रबाट लाभ लिन पश्चिमाहरु समेत चिनियाँ भाषा सिक्न प्रतिस्पर्धा गरिरहेको दृष्यप्रति कुनै मोह देखिँदैन।
आफ्ना छोराछोरीलाई कता डोरयाउने भन्ने कुरामा प्रष्ट हुन नसक्नु हङकङका नेपालीको लागि ठूलो समस्या हो। अँग्रेजीमा दक्ष बनाउनु पर्छ भन्नेदेखि चिनियाँ स्कुलमा राखेर चिनियाँ भाषा पनि सिकाउने वा नेपाली संस्कृति र परिवेशमै राख्ने भन्ने बारेमा धेरै छलफल भए पनि एउटा निष्कर्ष निस्किसकेको देखिँदैन। हङकङ सरकार र नेपालीको समेत संलग्नता रहेका यहाँका राजनीतिक पार्टी तथा सामाजिक संघसंस्थाहरु नेपाली लगायत अन्य अल्पसंख्यक समुदायलाई चिनियाँ भाषा सिक्न उत्प्रेरित मात्र गर्दैनन् त्यसमा दक्षता हासिल गर्न पनि सुझाव दिइरहन्छन्। हङकङ सरकारको नीति र यहाँको सामाजिक संरचना अनुसार चिनियाँ भाषामा दक्ष भए थुप्रै अवसरहरुको ढोका खुल्ने वास्तविकताप्रति हामीले आँखा चिम्लनु हुँदैन। यो वास्तविकता बुझेर शुरुदेखि नै आफ्ना बालबालिकालाई चिनियाँ स्कुलमा राख्ने अभिभावकले अहिले त्यसको फाइदा थाहा पाएको हुनुपर्छ।
छोराछोरीलाई चिनियाँ भाषा माध्यमका स्कुलमा पढाउँदा उनीहरुले के सिकिरहेका छन् भनेर थाहा पाउन आमाबाबुलाई अप्ठेरो पर्ने गरेको सुनिन्छ। चिनियाँ स्कुलमा पढाउनुको अर्थ छोराछोरी चिनियाँ भैहाल्ने र नेपाली भाषा संस्कृति र पहिचान नै गुमाउने भन्ने होइन। त्यस्तो हुने भए अँग्रेजी स्कुलमा पढाउँदा पनि हाम्रा बालबालिकाले नेपाली संस्कृति छाडेर अँग्रेज बन्नु पर्ने हो। त्यस्तै चिनियाँ स्कुलमा पढाउँदैमा छोराछोरी अँग्रेजीमा कमजोर हुन्छन् भन्ने तर्क पनि बलियो छैन। अँग्रेजी विश्वव्यापी सम्पर्क भाषा भएका कारण अन्तर्राष्ट्रिय मान्यता पाएको छ। तर सम्पर्क भाषामा दक्षता हासिल गर्नु र कुनै पनि भाषाको माध्यमबाट ज्ञान आर्जन गर्नु फरक विषय हुन्।
हङकङमा बस्ने अधिकांश नेपाली अहिले जे जस्तो काममा संलग्न छन् त्यसका लागि उच्च शिक्षा भन्दा पनि सीप महत्वपूर्ण कुरा हो। शैक्षिक उच्चता पेशा र आम्दानीको आधारमा कुनै पनि समुदायको बौद्धिक स्तर र मानवीय विकासलाई नापिन्छ। त्यस हिसावले हेर्दा यहाँका नेपालीहरु उच्च शिक्षा हासिल गर्ने स्तरमा पुगेका छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हुन आउँछ। हङकङमा नागरिकको रुपमा बस्न थालेयता हाम्रा अधिकांश बालबालिका अँग्रेजी माध्यमका स्कुलमै अध्ययन गरिरहेका छन्। प्रत्येक वर्ष कम्तिमा सय मात्र नेपाली विद्यार्थी हङकङ सर्टिफिकेट अफ एजुकेसन एक्जामिनेसन एचकेसिइइ मा सामेल भएको मान्ने हो भने पनि १५ वर्षमा १५ सय नेपालीले त्यो तह उत्तीर्ण गरिसकेको हुनु पर्ने हो। तर हङकङका विश्वविद्यालयहरुमा नेपालीको प्रवेश औँलामा गन्न सकिने अवस्था हेर्दा परिणाम राम्रो नभएको वास्तविकता हामीले स्वीकार गर्नैपर्छ।
अमेरिकी भाषा वैज्ञानिक नोम चोम्स्कीका अनुसार बालबालिकाको नयाँ भाषा सिक्ने खास उमेर ७ वर्षअघि हो। त्यसैले त्यो उमेर कटेपछि हङकङ आउने नेपाली बालबालिकाका लागि चिनियाँ भन्दा अँग्रेजी स्कुल उपयुक्त हुन्छ। हङकङ सरकारले अल्पसंख्यक समुदायको यही वास्तविकतालाई मनन् गरी निर्धारित डेजिनेटेड स्कुलहरु स्थापना गरेको हो। तर हङकङमा जन्मेर हुर्केका छोराछोरीलाई पनि अँग्रेजी स्कुल नै खोज्दै हिड्ने हो भने नेपालमा पढाउनु र यहाँ पढाउनुमा के अन्तर भयो र? मानिसको सिक्ने एउटा विशिष्ट उमेर हुन्छ तर भाषा वैज्ञानिकहरुका अनुसार बालबालिकाहरु एउटा निश्चित समयसम्म सम्पर्कमा आउने जुनसुकै भाषा मातृ भाषा सरह सिक्न सक्छन्। शुरुदेखि चिनियाँ स्कुलमा पढेका कतिपय नेपाली बालबालिकाले यसको पुष्टी गरिसकेका छन्। चिनियाँ र अँग्रेजी दुवै भाषामा दक्ष तिनै बालबालिकाले वास्तवमा हङकङमा नेपाली चिनियाँ समाजको निर्माण गर्दैछन्।
हङकङका सबै स्कुलमा अँग्रेजी अनिवार्य विषयका रुपमा मात्र पढाइन्न चिनियाँ स्कुलमा पढ्ने विद्यार्थीहरु अँग्रेजीमा दक्ष बनुन भनेर सरकारले ठूलो आर्थिक लगानी पनि गरेको छ। अँग्रेजी प्रभावकारी होस् भनेर हङकङका सबै सरकारी तथा सरकारी अनुदानमा साचालन भएका स्कुलहरुमा अँग्रेजी मातृभाषी शिक्षक नेटिभ इङ्लिस टिचर को व्यवस्था गरिएको छ। मातृ भाषा आँग्रेजी भएका बि्रटेन अष्ट्रेलिया क्यानडा अमेरिकाबाट आएका शिक्षकहरुले ती स्कुलमा अँग्रेजी पढाउँछन्। यसको अर्थ हो चिनियाँ स्कुलमा पनि बालबालिकाले राम्रो अँग्रेजी सिक्न सक्छन् फरक के मात्र हो भने उनीहरुको अँग्रेजीमा चिनियाँ लवज आउनसक्छ। ९५ प्रतिशत मानिस चिनियाँ भएकाले हङकङको सरकारी निकायमा प्रवेशका लागि चिनियाँ भाषा अनिवार्य छ। यहाँ निकै आकर्षक मानिने सरकारी सेवामा जाने लक्ष राख्ने हो भने त चिनियाँ भाषामा दक्ष हुनै पर्छ।
नयाँ शिक्षा प्रणाली अनुसार हङकङका विद्यार्थीहरुले अब माध्यमिक तहको अन्त्यमा लिइने परिक्षा एचकेडिएसइ मा अँग्रेजी गणित लिवरल स्टडिज सहित चिनियाँ भाषा पनि अनिवार्य रुपमा पास गर्नुपर्छ। तर नेपाली सहित अल्पसंख्य समुदायका विद्यार्थीहरुलाई चिनियाँ भाषा परिक्षा पास गर्न कठिन हुनसक्ने भएकाले क्याम्ब्रिज विश्वविद्यालयले साचालन गर्ने अन्तर्राष्ट्रिय परिक्षा जिसिएसइ उत्तीर्ण गरे पनि हुने व्यवस्था गरिएको छ। सरकारी अनुदानमा साचालित हङकङका आठवटा विश्वविद्यालयले यो व्यवस्थालाई मान्यता दिएकाले अल्पसंख्यक समुदायका विद्यार्थीहरुलाई उच्च शिक्षाको बाटो पनि खुलेको छ। हुन् त चिनियाँ बाहेक प्रेुन्च वा अन्य कुनै पनि शक्ति राष्ट्रको भाषामा जिसिएसइ गरेका विद्यार्थीलाई पनि ती विश्वविद्यालयले मान्यता दिँदै आएका छन्। तर हङकङको परिवेशमा पे्रुन्च भाषाको खासै उपादेयता नहुने ठानेर त्यो विषय पढेका विद्यार्थीहरु पनि अहिले चिनियाँ भाषातिर आकर्षित भइरहेका छन्।
माध्यमिक शिक्षामा राम्रो अंक ल्याएर विश्वविद्यालय प्रवेश गर्न नसक्ने वा नचाहने विद्यार्थीहरुका लागि चिनियाँ भाषा सिकाई झन् लाभदायक देखिन्छ। चिनियाँ भाषा जानेपछि रोजगारीका अनगिन्ति ढोका खुल्छन् जुन चिनियाँ नजान्नाले हाम्रा लागि बन्द छन्। चिनियाँ भाषा जान्ने हो भने अधिकांश नेपाली अहिले गरिरहेको काम खासगरी निर्माण सुरक्षा र सरसफाईको क्षेत्रबाट अन्य क्षेत्रतिर फड्को मार्न सक्छन्। चिनियाँ भाषा जानेका केही नेपालीले राम्रो गरिरहेका सकारात्मक उदाहरण हाम्रा अगाडि छन्। हङकङका शैक्षिक संस्था वा तालिम केन्द्रहरुमा आफूले चाहे अनुसारको विषयमा अध्ययन गर्न वा तालिम लिन सकिन्छ। तर भाषाको सिमितताले धेरै नेपालीले त्यस्ता अवसर उपयोग गर्न सकेका छैनन्। चिनियाँ भाषामा दक्ष हुनेहरुले हङकङमा जति अवसरहरुमा सयर गर्न पाउँछन् त्यति अँग्रेजी मात्र जान्नेहरुले पाउंदैनन् भन्ने साक्षी हामी आफै हौँ।
राम्रो अंक ल्याएर उच्च शिक्षाका लागि विश्वविद्यालय प्रवेश गर्न नसकेका विद्यार्थीहरुले अध्ययनको निरन्तरतासँगै सीप विकास गरी रोजगारी प्राप्त गर्न सकून भनेर सरकारले भोकेसनल ट्रेनिङ सेन्टर भिटिसी इन्स्टच्यूट अफ भोकेसनल एजुकेसन आइभिइ तालिम केन्द्र साचालन गरेको छ। आइभिइ त्यस्तो शैक्षिक संस्था हो जहाँ केही वर्ष अध्ययन गरी डिप्लोमा वा उच्च डिप्लोमा गरेपछि विद्यार्थीहरुले विश्वविद्यालय प्रवेशको अवसर प्राप्त गर्न सक्छन्। सरकारी अनुदानमा साचालित हङकङको सबभन्दा ठूलो व्यावसायिक तालिम संस्था आइभिइमा अध्ययन गर्दा इन्जिनियर एयर होस्टेस उडान इन्जिनियर जस्ता उच्च महत्वका पेशा अंगाल्न सकिन्छ भन्ने जानकारी थोरै नेपालीलाई मात्र हुनसक्छ। तर यहाँ होटल म्यानेजमेन्ट र बिजनेस एडमिनिस्ट्रेसन बाहेक प्रायः विषय चिनियाँ भाषामा मात्र पढाइन्छ जसले गर्दा नेपालीको पहुँच सिमित हुन पुगेको छ। सबै विषय अँग्रेजीमा हुनुपर्छ भन्नु हङकङका सबै स्कुलहरु अँग्रेजी हुनुपर्छ भन्नु जस्तै हो जुन कम्तिमा केही दशक पुरा हुने देखिँदैन। चीनलाई सन् १९९७ मा हस्तान्तरण गर्नु पहिले बि्रटिश नियन्त्रित हङकङमा सबै स्कुलहरुमा अँग्रेजी माध्यममा पढाई हुन्थ्यो। तर मातृभाषामा शिक्षा दिँदा विद्यार्थीहरुले राम्रो उपलब्धि हासिल गरेको भन्ने सरकारी तथ्याङ्क हेर्दा आँग्रेजी माध्यम भाषालाई हङकङका बहुसंख्यक नागरिकले तत्काल स्वीकार गर्ने देखिँदैन।
यूरोपेली र अमेरिकीहरु समेत विश्व अर्थतन्त्र बन्दै गएको चीनसँगको व्यापार रणनीतिमा सफल ठहरिन चिनियाँ भाषामा पारङ्गत हुँदैछन्। हङकङमा करिब डेढ दशकदेखि बस्दै आएका हामी नेपालीले यसको महत्व राम्ररी बुझ्न नसक्नु चिन्ताको विषय हुनुपर्ने हो। अब चिनियाँ भाषा सिक्नुको विश्व परिवेश छ। उदयमान आर्थिक शक्तिका कारण पश्चिमा देशहरुले पनि चीनलाई एउटा र बाँकी संसारलाई अर्को विश्वका रुपमा चित्रण गर्न थालेका छन्। अमेरिका यूरोप र भारतमा समेत चिनियाँ भाषा पढाइन थाल्नु त्यसैको उदाहरण हो। अँग्रेजी र चिनियाँमा प्रखर हङकङको एउटा इन्स्योरेन्स कम्पनीका एक जना गैर चिनियाँ प्रबन्धकले पाक काउ कलेजका गैर चिनियाँ विद्यार्थीहरुलाई एउटा प्रवचन दिने क्रममा गत वर्ष भनेका थिए- "यदि तिमिहरु विश्वसँग अन्तर्त्रिुया गर्न चाहन्छौ भने अँग्रेजी मात्र जानेर पर्याप्त छैन किनकि चीन अर्को संसार हो र चीनसँग अन्तर्त्रिुया गर्नका लागि चिनियाँ भाषा जान्नै पर्छ।" चीनको छिमेकी देशका नागरिक भएर यो वास्तविकता बुझ्न नसक्ने हो भने हामी अझै पछाडि नै पर्नेछौँ।
(हङकङ ब्याप्टिस्ट विश्वविद्यालयबाट एमएड गरेका थापा पाक काउ कलेजका शिक्षक तथा हङकङको नेपाली रेडियो कार्यक्रम साप्ताहिक सन्देश का प्रस्तोता हुन्। थापाको यो लेख नेपाल पोष्ट पत्रिकामा छापिएको हो।)















