HongKongNepali.com, The Next Media

Saturday
Oct 25th
Home विशेष लेख उधौली चाडः एक सामाजिक सहिष्णुताको प्रतिक

उधौली चाडः एक सामाजिक सहिष्णुताको प्रतिक

E-mail Print PDF
AddThis Social Bookmark Button

विश्वासदीप तिगेला

किरातीहरु प्रकृति पुजक हुन् । यी किरातीहरुले खोला, नदीमा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर फर्किएको समयलाई उधौली भन्दछन् । यो उधौलीमा किरातीहरुले उधौली पुजा गर्छन् । यो उधौली पुजाको प्रचलन आदिमकालदेखि नै चलिआएको हो । यस चाडलाई न्वागी अर्थात भूमि पुजा पनि भनिन्छ । यो उधौलीमा आफ्नो पुर्खाहरुलाई अन्न, फलफूल आदि चढाएर यो न्वागी अर्थात भूमि पुजा गरिन्छ ।

यो उधौली पुजा किरातीहरुको मुख्य चाड हो । यस चाडलाई नेपाल सरकारले किराती उधौली चाड भनेर सार्वजनिक बिदा दिएको छ । यस चाडलाई लिम्बुहरुले चासोक तङनाम, राईहरुले साकेला अर्थात साकेन्वा, याख्खाहरुले चासुवा र सुनुवारहरुले फोलष्याँदर भन्दछन् । तर किरात भित्र राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल, थामी आदि लगायतका जातिहरु पर्ने भएको हुँदा यस चाडलाई मनाउने तरिकाहरु पनि जाति, स्थान र संस्कार अनुसार फरक–फरक पाईन्छ ।

यो उधौली चाडमा आ–आफ्नो संस्कृति झल्काउने पोशाकहरु लगाएर आ–आफ्नो जाति बिशेषको नाच नाच्छन् । लिम्बुहरुले केलाङ, माङलाङ, कुस्रोक्पा, लगायतका नाचहरु च्याब्रुङ बजाउदै नाच्छन् र हात समाएर धान नाच (यालाक्मा) नाच्छन् । राईहरुले हातमा झ्याम्टा, ढोल, चमर (चौरीको पुच्छर) र सिलीमा (फलामद्धारा निर्मित सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेन्वा सिली नाच्छन् । त्यस्तै, सुनुवारहरु ढोल बजाएर ष्यादरशिल नाच्छन् । याख्खाहरु हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्छन् ।

यस चाडमा संसारभरिका किरातीहरुले एकआपसमा शुभ कामना साटासाट गर्छन । एकै इलाकामा रहेकाहरु भेला भएर किरातहरुको पहिलो राजा यलम्बरलाई सम्झेर मुन्धुम फलाक्दै पुजा गर्ने गर्दछन र दुःख सुख आपसमा साट्दछन् । अपरिचित व्यक्तिहरु एकआपसमा चिनजान गर्छन् । चेली, माइती, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर मिठो मसिनो खुवाउँछन् ।

यस चाडलाई विशेषतः मेलमिलापको चाडको रुपमा पनि मनाइन्छ । बर्षभरिमा कसैसँग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो ब्यक्तिले जेठो साइनोको घरमा कोशेली लगेर गइ बोलचाल गर्छन् । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र आदर गर्नुपर्दछ । अतः यो चाड सामाजिक सहिष्णुताको प्रतिक पनि हो ।

यो चाडको समयमा आकाशमा पूर्ण आकारको चन्द्रमा देखिने, कतै लहलह बालीनाली हुने,  कतै अन्नबालीले भकारी टम्म भरिएको हुने हुँदा यो चाड खुशी, सुख र समृद्धीको चाड पनि हो । यो चाडमा धनी र गरिब कुनै भेदभाव हुदैन । यस्ता चाडपर्वहरु सबैको साझा सम्पति हुन् । कसैको पेवा र निजी हुदैन्न । अतः इच्छुक सबैले यस चाडलाई आआफ्नो तरिकाले मनाउने गर्दछन् । त्यसैले सुख र खुसिको यस उधौली चाड साझा र लोकप्रिय चाडमा स्थापित हुन पुगेको छ ।

बर्षमा एकपटक मात्र मंसिर पूर्णिमाको दिन मनाइने यस उधौली चाडले सबैको खुशी र सुःख बोकेर मनमस्तिकदेखि घरआँगन सम्म आउने गर्दछ । यस चाडको शुभ साइतमा सबैलाई शुभ कामना ¤

 

 

 

 

 

 

 

 

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)