HongKongNepali.com, The Next Media

Wednesday
Oct 22nd
Home विशेष लेख मगर संस्कृतिसंग मेरो सामिप्यता

मगर संस्कृतिसंग मेरो सामिप्यता

E-mail Print PDF
AddThis Social Bookmark Button

देविका घर्ती मगर,दाङ
कुन्नी किन ? म पत्रकारितामा प्रवेश गरे । पत्रकारिता गर्छु भनेर मैलै स्कुल पढ्ने समयमा कहिल्यै सोचेन । मैलै स्कलु पढ्ने समयमा तत्कालिन माओवादीको शसस्त्र बिद्रोह निकै चर्को अवस्थामा थियो । पत्रकारिता उच्च पेशा हो भनेर भने सुन्ने गरेको थिए । तर पनि पत्रकारितामा यस्तो हुँन्छ भन्ने बारेमा भने म जानकार थिएन । तरपनि मेरो आफ्नै मामा जीवराज राजधानिको एउटा राष्ट्रिय स्तरको पत्रिकाको संवाददाता भएका कारण कहिलेकाँही पत्रकार बन्ने रहर भने नलागेको हैन । त्यसैले आजकल कहिलेकाँही कुनै मित्रले पत्रकारितामा कसरी आउनुभयो ? भनेर प्रश्न उठाउँदा परिस्थितीले मलाई पत्रकारितामा ल्याई पुर्यायो भन्ने गरेको छु ।

 

हुनत मान्छेले सिकेर कहिल्यैपनि सकिदैन । त्यसैले त मैले पत्रकारिता गरिरहँदा पनि पत्रकारितालाई अझै राम्रोसंग बुझ्न सकेको छैन की भन्ने लाग्छ । जिल्लाको पत्रकारिता कुनै एक विषयमा मात्र हासिल गर्न सक्ने स्थिती हुँदैन । सबैखालका विषयवस्तुहरुको रिपोटिङ गर्नुपर्ने हुँन्छ । जिल्लामा एउटा निश्चिित विषयको रिपोर्टिङ गर्ने स्थिती नभएपनि मेरोे रुचि भनेको संस्कृति क्षेत्रतर्फ मेरो अलि बढी नै रुचि रहेको छ । संस्कृति, परम्पराको बारेमा अत्यन्तै रुचि भएपनि आफ्नो संस्कृति, परम्परा, भाषा, रितिरिवाजसंग जानकार हुने अवसर प्राप्त गर्न सकेन । परिवारका अभिभावकहरु पनि यसविषयमा खासै जानकार नभएका कारण मैले सानो उमेरमा भाषा, संस्कृतिको बारेमा थाहा पाउने अवसर प्राप्त गर्न सकेन । तर पनि ढिलै भएपनि आफ्नो समुदायको भाषा, संस्कृति, परम्परा, रितिरिवाजको बारेमा जानकारी पाउने अवसर प्राप्त गरेका कारण पछिल्ला समय भाषा, संस्कृतिको बारेमा निकै नै रुचि बढेको छ । नेपालको सन्दर्भमा संख्यात्मक हिसाबले सबैभन्दा बढी जनसख्या आदिवासी जनजाती समुदाय छ । ति सबै आदिवासी जनजातिहरुको आ–आफ्नै भाषा संस्कृति, परम्परा, रितिरिवाजहरु, भेषभुषा रहेको छ । तर पनि पछिल्ला समय बिभिन्न कारणले यहाँका आदिवासी जनजातिहरुले आफ्नो मौलिक पहिचान भुल्दै गएको अवस छ । त्यसैको परिबन्धमा म पनि परे सायद । त्यसैले मैले पनि आफ्नो मौलिकता, पहिचानका बिचमा आफ्नो बाल्यकाल बिताउन पाईन । तर पनि साथिहरुको संगतका कारण केही रुपमा मगर जातिको समुदायको संस्कृतिको बारेमा सिक्ने अवसर प्राप्त गरेको छु । जब मेरो संगत संस्कृति र परम्पराका धनि मगर समुदायका व्यक्तिहरुसंग भयो । बिस्तारै मलाई पनि मगर समुदायको बारेमा जान्न ईच्क्षा जागेर आयो । दाङमै जन्मिएकाले मलाई मगर समुदायसंग घुलमिल हुने मौका पाएपछि मेरो पुर्खेउली घर रोल्पा भएको थाहा पाए । त्यसैले मेरो पुर्खेउली घर रोल्पा जाने अवसरको खोजि गरिरहेको छु । तरपनि दुर्भाग्य अहिलेसम्म त्यो अवसर प्राप्त भएको छैन । जिल्लामा मगर जातिको आन्दोलनहरुमा लाग्दा–लाग्दा मलाई मगर जातिको सम्पुर्ण संस्कृतिको बारेमा जान्न मन लाग्यो । त्यसैले मगर जातिका केही संस्कृतिहरुको बारेमा खोज ी गर्ने जमर्को गर्ने प्रयास गरेको छु । तर पनि आफ्नै समस्याका कारण मैले मगर संस्कृतिहरुको बारेमा त्यति खोजी सकेको छैन ।

मगर जातिको संक्षिप्त परिचय

मगर जाति नेपालमा कहीले देखी कसरी प्रवेश गरे भन्ने बारेमा बिभिन्न यससम्बन्धी अध्ययन गर्ने बिभिन्न व्यक्तिहत्वहरुले आ–आफ्नै तर्क दिएका छन् । तर पनि मैले यहाँ ति ब्यक्तिहरुमध्ये केहीका भनाईहरु संक्षिप्तमा जोडेको छु । मगर जातिको उत्पत्ति हालको चिनको ‘सिम’ भन्ने स्थानबाट भएको हो भनेर किराँत संस्कृतिका विशेषज्ञ ईमान सिं चेमजोङले लेख्नुभएको छ । यिनीहरु त्यस ठाउँबाट ‘सिङ’ र ‘चितु’ भन्ने दुई मगरहरुको नेतृत्वमा सर्वप्रथम नेपालको दक्षिण भेकमा प्रवेश गरेका थिए । तिनीहरुलाई स्थानिय व्यक्तिहरुले तानसाङ थापा भन्ने गर्दथे । स्थानिय भाषामा उत्तरतिर बाट आएका व्यक्तिहरुलाई तानसाङ भन्ने गर्दथे र तानसाङको अर्थ उत्तरबाट आएको भन्ने हुन्छ (ईमानसिं चेमजोङ, हिस्ट्रि एन्ड कल्चर अफ किराँत पीपल, तेस्रो संस्करण भाग—२ काडमाण्डौं पुष्परत्न सागर १९६८,पृ.७०) । तानसाङ शब्दलाई दुई अक्षरमा विच्छेद गर्न सकिन्छ तानस+आङ । यी दुई शब्दको अर्थ क्रमशः ‘उत्तर’ र ‘मात्र’ हुन्छ । त्यसैले उत्तरबाट आएको मानिसलाई मगर भाषामा ‘तानसाङ’ भनिएको पनि हुँनसक्छ र तर मगरहरु उत्तरबाट अर्थात चिनको ‘सिम’ भन्न्ने ठाउँ कहाँ छ ? त्यसपछी त्यस ठाउँबाट मानिसहरुको बसाइँ—सराइँको प्रवास बता छ ? त्यस ठाउँमा मगरहरुको आजसम्म बस्ति छ ? यदि छैन  भने त्यस ठाउँमा केही ऐतिहासीक तथ्य छन् की छैनन् भन्ने कुराको गहन अध्ययनविना मगरहरु चीनबाट नेपालमा प्रवेश गरेका हुन् भन्ने मात्र युक्तिसंगत देखिदैन । यदी मगरहरु चीनबाट प्रवेश गरेका हुन् भने मुस्ताङघाटीका मगर गण्डकी प्रदेशमा बसोबास गरेका हुँनसक्छन् । कसै—कसैले मगर मुस्ताङबाट आएको पनि भन्ने गर्दछन् । तर मुस्ताङबाट मगरहरु आएका हुन् भने मगरहरुको घना बस्ती हिमाली क्षेत्रमा हुँनुपर्ने हो भनेर भन्ने तर्क पनि गर्ने गरेको पाईन्छ । अर्कोतिर मगरहरु उत्तरतिरबाट आएका हुँन् भन्ने तर्कलाई पुष्टि गर्ने अथार मगराँती भाषालाई पनि लिन सकिन्छ । अठार मगराँती भाषामध्ये खाम भाषा तिव्वती परिवार अन्तर्गत पर्दछ र मगरहरु चीनको खाम प्रान्तबाट नेपालमा आएको हुनाले र त्यस प्रान्तमा बोलीने भाषासंग मिल्दोजुल्दो भएकोले यसलाई ‘खाम’ भाषा भनिएको हो भन्ने तर्कपनि केही मगरहरुले गर्दछन् । राप्ति धौलागीरी अञ्चलमा अधिकांश मगरहरु यो खाम भाषा बोल्ने गर्दछन् । ऊनीहरु यसलाई यसलाई मगर भाषा नै भन्ने गर्दछन् । यसरी सुदुर पश्चिमाञ्चल र उत्तरी भेगमा बस्ने मगरहरुको भाषा नै रहनसहनलाई नियाल्दा मगरहरु चिनबाट नै आएका हुँन् भन्ने तर्कलाई स्वीकार गर्न सकिन्छ ।

बाह्र तथा अथार राज्य सञ्चालन

भाषा, संस्कृती, परम्पराले धनी मगर जातिले शाषणसत्ता सञ्चालनको प्रारम्भिक चरणमा दूई मगर भाषा (अथार र बाह्र) बाट एकै अर्थ पानी भन्ने बुझाउने नाम रहेको रिडीबाट रहन गएको रिडी नदी भन्दा पश्चिम तर्फ अथार मगराँत र सो भन्दा पूर्व बाह्र मगराँतको बहुभाषिक र बहुल संस्कृति भएको सभ्यताको विकाश भएको पाईन्छ । सो क्षेत्रहरुमा आ–आफ्नै मौलिक संस्कृतिले युक्त पश्चिममा अथार र पुर्वमा बाह्र वटा मगर राज्यहरु पनी सञ्चालन भएको पाईन्छ । खासगरी मध्यपश्चिम क्षेत्रको पहाडी क्षेत्रमा बसोवास गर्ने मगर जातिहरुबारे यहाँहरुको समक्ष केही जानकारी दिन गैरहेको छु । खासगरी राप्ती अञ्चलका रोल्पा रुकुममा बस्ने मगरहरुको बारेमा चर्चा गर्न गैरहेको छु । यहाँका मगरहरुको शारिरीक बनोट देखि रिति, रिवाज, रहनसहन, चालचलनमा छुट्टै खालको विशेषता रहेको छ । बिशेषत पहाडी ईलाकामा बसोवास गर्ने भएका कारण यहाँका मगरहरुले बाक्लो हपडाहरु लगाउने परम्परा रहेको छ । भने संस्कृतिमा पनि छुट्टै खालको मौलिक पहिचान रहेको छ । यसै सन्दर्भमा अथार मगरात क्षेत्रका मगर जातिहरुको मुख्य पर्वहरुको बारेमा जानकारी गराउन गैरहेको छु ।

मगर समुदाय भित्र रहेको बहुल भाषा, संस्कृति, परम्परा र चाडपर्वहरु रहेका छन् । बिबिध संस्कृति, चाडपर्वको कुरा गर्दा अथार मगराँत क्षेत्र (पश्चिम) का मगरहरुले मनाउने संस्कृतिले भरिपुर्ण प्रमुख चाडमा भुम्या (नोगोबाङ्गे) पर्वको नाम अग्रपंक्तीमा आउछ । मगर जाती आदीवासी जनजाती समुदायमै सबैभन्दा ठुलो मात्र नभएर यसभित्र एक जाती बहुल संस्कृति, भेषभुषा, परम्परा र भाषा भएको जाती हो भन्ने कुरा सबैलाई जानकारी भएकै कुरा हो । मगर जाती आफ्नो समुदायको पहिचान, अस्तित्वको रुपमा रहेको मगर जातीले अहिलेसम्म पनी आफ्नो जातीको अस्तित्व, पहिचानको रुपमा भाषा, संस्कृती, रितिरिवाज, परम्परा, भेषभुषा र चाडपर्वलाई जोगाईराखेको पाईन्छ ।
 
संस्कृति खोज्दै तकसेरा देखि कोलसम्म
 
मलाई आफ्नो संस्कृति परम्परा, भाषा, भेषभुषाप्रतिको मायाँकै कारण पछिल्ला समय यसको सामिप्यमा रहने कोसिस गरिरहेको छु । पुस्तकहरु अध्ययन गरेको तथा जिल्लामा नमुनास्वरुप हुने मगर समुदायका संस्कृतीक कार्यक्रमका कारण मैले फाट्टफुट्ट रुपमा केही संस्कृतिसम्बन्धी सामाग्रीहरु तपाईहरु समक्ष लेख्ने अवसर पनि प्राप्त गरेको छु । तर पनि अरुले भनेको आधारमा तथा नमुनाका रुपमा जिल्लामा आयोजना गरिने कार्यक्रमहरुमा देखाईने संस्कृति भन्दा सम्बन्धीत ठाउँमा पुगेर बिष्तृत अध्ययन गरी लेख्नुको मज्जा बेग्लै हुँन्छ । त्यसैले मैले समय मिलाएर रोल्पा, रुकुमको टिपिकल मगर गाउँमा जाने र त्यहाँको भाषा, संस्कृति, रितिरिवार र परम्पराको बारेमा जान्ने सोंच बनाईरहेको थिए । त्यस्तैमा मलाई मगर गाउँमा जाने अवसर मिल्यो २०६६ सालमा ।

बाह्र मगरात क्षेत्रका मगर जातिको भाषा, संस्कृति, रितिरिवाज, परम्परा, भेषभुषा, भाषामा आधारित रहेर थुर्पै नेपाली चलचित्रहरु निर्माण भैसकेका छन् । अझ भनौ भने पुर्वीक्षेत्रका मगर समुदायको भाषा, संस्कृतिमा आधारित रहेर बनेको चलचित्रहरुको संख्या थुर्पै पुगिसकेको छ । तर पश्चिम क्षेत्र खासगरी मध्यपश्चिम क्षेत्रमा बसोवास गर्दै आाएका मगर जातिको भाषा, संस्कृतिमा आधारित रहेर चलचित्र बनेका थिएनन् । यस क्षेत्रका मगर समुदायको संस्कृतिमा आधारित रहेर कोल रुकुमका धु्रब पुन मगरले मगर भाषा (खाम) मा चलचित्र निर्माण गर्ने कार्यको थालनी गर्नुभएको थियो । त्यसै अवसरमा मलाई पनि रुकुम जाने अवसर मिल्यो । धु्रव पुन मगरले यस क्षेत्रका खाम भाषी मगर जातिको संस्कृतिमा आधारित रहेर ‘मोड्याल्नी’ (लोकन्ती) चलचित्र निर्माण गर्न थाल्नुभएको थियो । धु्रव पुन मगर र चलचित्रका निर्देशक विवेश बुढा मगरको फोन सम्पर्कका आधारमा चलचित्रका द्धन्द्व निर्देशक जेके थापा मगर लगायतका केही कलाकारहरुको साथमा हामी २०६६ मंसिरमा बुटवल तर्फ गयौं भने बाँकी प्राबिधिक, कलाकारहरुको टिमसहीत काठमाण्डौंबाट हिडेको टोलीसंग हाम्रो भेट बुटवलमा बिहानीपख भयो । त्यसपछि हाम्रो टोली पाल्पा, गुल्मीको वामी टक्सारसम्म पुगेर हाम्रो बसयात्रा रोकियो । केहीबेरको पैदल हिँडाईपछि हामी बाग्लुङको खर्वाङमा बास बस्यौंं । भोलिपल्ट बाल्लुङको बुर्तिवाङसम्म जिपमा चढेर गयौं । चलचित्र क्षेत्रका कलाकारहरुसंगको यति लामो यात्रा पहिलो भएका कारण म उनिहरुको सुटिङयात्रा हेर्न उत्साहीत भएको थियो । त्यो भन्दा बढी म मेरो टिपिकल (लोकल) मगर गाउँ, त्यहाँका मान्छेहरुको जीवनशैली, भेषभुषा, रकनसहन, चाडपर्व, भाषा, संस्कृति जान्न उत्सुक भएको थिए । बाग्लुङको बुर्तिवाङबाट करिबन २ दिनको पैदल यात्रापछि हामी ३ दिनपछि हामी तेस्रो दिन नेपालकै चर्चित सिकार आरक्ष ढोरपाटन पुग्यौं । पहिलोपटकको लामो पैदल यात्रा भएका कारण थकाईले शरिर लुर्थुक्क भएको थियो । तरपनि मलाई रुकुमको स्थानिय मगर गाउँ हेर्ने सपना पुरा गर्नु थियो त्यसैले ढोरपाटनमा रहेको एउटा होटलमा दुई रात बितायौं । चलचित्र मोड्याल्नीको शुभमुहुर्तसंगै गीतहरुको छायांकन गरे चलचित्र निर्माणपक्षले । म भने पहिलोपटक हिउ पर्ने हिमालमा गएका कारण शरीर केही रुपमा सुन्निए पनि उनिहरुसंग पछिपछि हिडिरहे । खानेकुरा समेत त्यत्ति नपाईने ढोरपाटनमा हाम्रो टिम ठुलो भएका कारण दुई रातसम्म अत्यन्तै चिसोका कारण एकनिद नसुतेर बिताएको क्षण मेरो मनमा झल्झल्ती घुमिरहन्छ । तर पनि मेरो साथमा चलचित्रकी कलाकार, अहिलेका चर्चित लोक गायिका ज्योती मगर (मेरो बच्चादेखिको अत्यन्तै मिल्ने साथी) भएका कारण मैले मेरो यात्रालाई केही रुपमा सहज महसुस गरेको थिए । ढोरपाटनमा दुई दिन बसेपछि हामी डेढ दिन पैदल यात्रा गरेपछि हामी रुकुमको तकसेरा गाविसमा पर्ने उपल्लो सेरा गाउँमा पुग्यौं । चलचित्र खिच्न कलाकारहरु गाउँमा आएको खबर पहिले नै पुगिसकेका कारण सबै गाउँलेहरु हाम्रो स्वागतमा दमाहा सहीतको पञ्चेबाजामा स्वागत गर्न बसेका थिए । त्यहाँ पुगिसकेपछि मैले धेरै मगर संस्कृतिहरु, त्यहाँको जीवनशैली, भेषभुषाको बारेमा जान्ने अवसर पाए । गाउँलेहरुले छोटो भएपनि मगर संस्कृती देखाए । म त्यसैमा मक्ख भएको थिए । सबैले मगर (खाम) भाषा बोल्ने भएका कारण मैलेपनि केटाकेटीहरुसंग मगर भाषा सिक्ने प्रयास गरेको थिए । तरपनि दाङमा जन्मिएका कारण सानैबाट खस भाषा बोलेका कारण खामको टोन भने ल्याउन सकेन । १ दिन उपल्लो सेरामा बसेर हामी करिबन आधा दिनको पैदन यात्रा गरी चलचित्र निर्माता धु्रव पुन मगरको गाउँ कोलसम्म पुग्यौं । वारी पारी आँखाको दृश्यले त्यति भ्याउन नसक्ने ठुलाठुला पडाहहरु । भित्तामा गुजुमुज्ज परेका गाउँहरु (टाढाबाट हेर्दा शहरका घरजस्तै लाग्ने) । कोलमा पुगेर पनि हामीलाई भव्य स्वागत गरियो । सुँगुरको मासु र ढिडो खाएको याद मलाई अहिले पनि आईरहन्छ । केही दिन कोलको बसाईपछि चलचित्रका टिमलाई कोलमै छाडेर बाँकी यात्रा म एक्लैले तय गरे । कहिल्यै नगएको पडाही ठाउँ । सुनसान जंगल । शुरुमा त एक्लै हिड्न डर नलागेको पनि हैन । त्यहीपनि मनमा भने हिम्मत भने थियो । चलचित्रका टिमले केही दिन बस्न नभनेका होईनन् । तर पनि मेरो आफ्नै समस्याका कारण त्यो टिमको बाँकी यात्राका लागि मैले साथ दिन सकिन । ९ बजे कोलबाट हिडेको कहाँ गएर रात पर्छ कुन ठाउँमा गएर बास बस्नुपर्छ भन्नेबारेमा मलाई थाहा पनि थिएन । एक्लै थिए । लामो यात्रा । सुनसान डरलाग्दो जंगल, तलबाट सानीभेरी बगिरहेको छ । भित्तमा बनाईएका साना गोरेटो बाटोहरुमा हिड्दै डराउँदै भएपनि मैले आफ्नो यात्रा तय गरे । अलि पर पुगिसकेपछि एकजान व्यक्ति भेटिए । उनले पनि रुकमु सदरमुकाम खलंगासम्म जाने भन्दैथिए । एकलै भएका कारण बिस्तारै कुरा गर्दै उनको पछि लागे । बाटोमा धेरै ठाउँमा बस्दै अर्नीपानी (रक्सी) खाँदै जान्थे उनि । मैले सुकुटी (मासू) खाएर उनलाई साथ दिन्थे । म संग साथमा ५ सय रुपैयाँ मात्र थियो । दाङ पुग्नु छ । कसरी जाने मलाई केही थाहा सम्म थिएन । पछि धाउन्ने भन्ने ठाउँमा पुग्दै लाग्दा कोलबाट आएका सामान बोक्ने खच्चरहरु भेटिए । धु्रव दाईले बाटोमा एक जना दाङको बहिनि भेटिएमा यो पैसा दिनु भने १५ सय रुपैयाँ बाटो खर्च दिएका रहेछन् । पछि ति खच्चरवाला दाईले मलाई पैसा दिए । करिब ९ बजेतिर मात्र म धाउन्ने पुगे । धाउन्नेको एउटा होटेलमा गएर एक्लै बास बसे । भोलिपल्ट जिपमा चढेर रुकुम सदरमुकाम खलंगातिर लागे । यसरी करिबन १२ दिनको बल्ल दाङ आईपुगे । ठुलै युद्ध जितेजस्तै लाग्यो । त्यति लामो यात्रा म जान सकुला भनेर सोचेको पनि थिएन । तरपनि मान्छेले आँटेयो भने पुग्दोरहेछ भन्ने अहिले थाहापाएको छु । कोलबाट नै धु्रव दाईले कहिल्यै नहिडेको ठाउँ एक्लै जानुहुँदैन नजाउ भनेर भनेका थिए । तर पनि मैले दाईहरुले भनेको नमानेर हिडेको यात्रा कति कठिन थियो । त्यो त मलाई मात्र थाहा छ । अहिले सम्झीदा म आफैलाई पनि जिउ सिरिङ्ग हुँन्छ ।

रोल्पाको थवाङ हुँदै रुकुमको लुकमसम्म

रुकुमको कोल, तकसेरा गएर पनि मलाई मगर गाउँमा गएर आएपनि मगर संस्कृतिसंग परिचित हुन नपाईरहेको अनुभुती भैरहेको थियो । त्यसैले फेरी रुकुमबाट फर्केको केही समयपछि नै खाम मगर भाषा बोल्ने समुदायको प्रमुख चाड भुम्या(नोगोबाङ्गे)(बल पुजा) को बारेमा खोजि गर्ने उद्देश्यले २०६७ जेठको २७ गते काठमाण्डौंबाट (म काठमाण्डौं नै भएका कारण) साथिहरुसहित दाङ, रोल्पा हुँदै रुकुमको कांक्री गाविस लुकुम सम्मको यात्रा तय ग¥यौं । भुम्या पर्वको डकुमेन्ट्री बनाउने लुगुम्याल समाज काठमाण्ठौंको टिमसंग मैले आफ्नो यात्रा तय गरेको थिए । काठमाण्डौंबाट हिडेको बसयात्रा रोल्पाको सुलिचौरसम्म पुगेर टुंगियो र हामी सुलिचौरबाट उवा हुँदै लुमुमतर्फ लाग्यौं । दुईदिनको पैदलयात्रा पछि हामी लुकमु गाउँमा पुग्यौं । नाकले छुने पडाहहरु, ठुलो झोला बोकेर, असिनापानीमा भिज्दै पार गरेको यात्रा साँच्चिकै कठिन थियो । तरपनि साथमा आफ्नो उमेर मिल्ने साथि सन्दिप थिए त्यसैले यात्रा गर्न रमाईलो पनि भैरहेको थियो । उहाँको हिड्न नसक्दा कोलतिरका एकजना घर जान लागेकालाहुरे दाईले मेरो झोला बोकेर मलाई उकालो काट्न सहज नाईदिएका थिए । ति लाहुरे दाईलाई मेरो ह्दयदेखी धन्यावाद । लुकुम पुगेपछि बल पुजाको तयारीमा सम्पुर्ण गाउँलेहरु जुटेका थिए । लुकुम पुगेको १ दिनपछि बल्ल डकुमेन्ट्रीका निर्देशक नवीन रोका मगर र क्यामेरा म्यान पुग्नुभयो ।
 
एकदिन लुकुममा बसिसकेपछि गाउँमा बल पुजाको भब्य रुपमा बुढापाका अग्रजहरुले उद्घाटन गर्नुभयो । त्यसपछि बुकी टिप्न जाने युवायुवतीहरु सहीत केही अग्रज बुढापाकाहरुको टोली ४ बजेतिर बाजागाजा सहित बुकी तर्फ लाग्यो । डकुमेन्ट्री बनाउने टोली सहीत म पनि बुकितर्फ लागे । निकै लामो उकालो हिड्दा धेरैदिन पैदल यात्रा गरेका कारण निकै गाह्रो पनि भएको थियो । तर पनि रोल्पामा मामाको घरमा बसेर पढ्दा उकालो ओरालो गर्न सिकेका कारण केही रुपमा सहज पनि नभएको होइन । निकै रातपरेपछि मात्र हाम्रो बुकी जाने यात्राको ास बस्ने ठाउँ आईपुग्यो । अध्यारो, जंगलको बाटो भएका कारण धेरै ठाउँमा कोलकै पिरती भन्ने भाईले हामीलाई बाटो काट्न सहयोग गरेका थिए । राती हामी जंगलमा भएको पुरानो भत्कीने लागेको गोठमा बास बस्यौं । धेरै जना भएका कराण सुत्न मिल्ने ठाउँ तर थिएन । तरपनि हामी त्यतिबेला पाहुनाको रुपमा सम्मान पाएका कारण हामी भने गोठमा बलेको आगोको छेउमा बस्न पायौं । जाडो निकै थियो । बुकिमा फल टिप्न भनेर गएका धेरै युवायुवती त त्यत्तिकै खुल्ला आकासमुनी रात विताए । यो मगर जातिको अत्यन्तै पुरानो संस्कृति हो । गाउँमा भुम्या पुजा उद.्घाटन गर्ने, बुकीमा फुलटिप्न जाने । यो पुरानो परम्परा हो । रातभरी हामीसंगै गएका बुढा बा, आमाको यानीमायाँ भाका सुनेर बस्यौं । साँच्चिकै निकै रमाईलो हुँदोरहेछ । यानिमायाँको सवाल जवाफ । मैले त कहिल्यै सुन्न पाएो थिएन । मैले ति क्षणहरुको फोटो खुब खिचे । मेरो मन निकै उत्साहीत पनि भएको थियो । नयाँ–नयाँ साथिहरुसंग परिचय पनि भयो । मगर संस्कृतिसंग आफुलाई समावेश गर्न पनि पाए । भोलिपल्ट बिहानै ४ बजे सबैजना बुकीतिर लागे । हामी पनि उठेर त्यतै लाग्यौं । बिहानैको निकै चिसो सिरेटो लागिरहेको थियो । मान्छे नै उठाउँला झै गरेर । संगै निद्राले पनि उत्तिकै सताईरहेको थियो । त्यसैले मैले बाटो कटेको पनि थाहा पाईन । तर पनि मलाई नविन दाईले डो¥याउँदै भएपनि माथिसम्म पु¥याउनुभयो । तर फुल भने भिरमा मात्र पाईने रहेछ । त्यसैले म भने ढुंगाको आड लगाएर एकछिन सुते । पछि सबैजना निकै नै सुन्दर रंगिबिरंगी फुल टिपेर तलतिर रहेको अलिकति मैदान भएको ठाउँमा जम्मा भएर आ–आफ्नो गोत्र अनुसारको चौतारी बनाएर पुजापाठ गर्न थाले । अनि टिपेर ल्याएका फुलहरु त्यहाँ भएका एकले अर्कालाई लगाएर सद्भाव साटासाट गरे । मलाइृ पनि सबैले निकै फुलहरु लगाईदिए । मैले त्यो दृष्यहरु निकै नियालेर हेरे । त्यो ठाउँमा म अलि नयाँ भएका कारण सबैले मेरो निकै ख्याल पनि गर्नुहुँन्थ्यो । एकदमै मायाँ गरेर । मैले ति दृष्यहरुको फोटो निकै खिचे । तरपनि मेरो क्यामेराको ब्याट्रीले धोका दिएका कारण भनेजति फोटोहरु भने खिच्न सकेन । त्यहाँ धेरै भेडाहरुसहीत भेडिगोठालाहरु भ्ेटिए । पानि पनि नपाईने ठाउँ भएका कारण । ति भेडिगोठालाहरुले दिएको भेडाको मही पानि जस्तै मानेर निकै खायौं हामीले । ति चौतारीहरुमा नाचगान गरिसकेपछि । हामी गाउँतिरको यात्रामा लाग्यौं । बाटोहरुमा पन्थ्यौंली (लिंगो) बनाएर पुजापाठ गर्दै नास्ता पानी गर्दै हामी साँझको करिब ४ बजेतिर गाउँमा पुग्यौं । गाउँमा बुकीबाट फुल टिपेर आएका टोलीलाई गाजाबाजा सहीत निकै स्वागत गरियो । बुकी गएका युवायुवतिहरुले गाउँका सबैलाई रंगीबिरंगही फुल लगाईदिए । नाचगान गरियो । भोलिपल्ट बिहान भुम्या थानमा पुजापाठ गरी, भुम्या थानमा भेडाको बलि चढाएर भुम्याको पुजापाठ सकी नाचगानको शुरुवात गरियो ।

मैले त्यस अबधिभर भुम्याको इतिहासदेखि वर्तमानसम्मको सबै कुराहरुको जानकारी अग्रजहरुसंग जानकारी लिए । भुम्या भुमी देवताको कुनैपनि आपतविपत्त नहोस भनेर भुमी देवतालाई मनाउनका लागि गरिने पुजापाठ र पर्व हो । यो कहिलेदेखि शुरुवात भयो भन्ने जानकारी नभएपनि यो निकै लामो समयदेखि खाम मगरहरुले मान्दै आएको पर्व हो । जेठ मसान्तबाट शुरु भएको यो पर्व असार ५ गतेसम्म धुमधामका साथ मनाईन्छ । केही नाचगान लुकुमका हेरे हामी थवाङको भुम्या पर्व र्हे थवाङतर्फ लाग्यौं करिब १० घण्टाको पैदय यात्रापछि मात्र हामी थवाङमा आईपुग्यौं । थवाङमा पनि भव्यताका साथ चुम्या पर्व मनाईने रहेछ । तर समयको परिवर्तन संगै थवाङमा भने भुम्या पर्व मनाउने शैलीमा परिवर्तन आएको पाईयो । करिब ५ दिनसम्म हामी थवाङमा बस्यौं । खा मगर संस्कृतिमा आधारित बुकी फिल्मस् प्रालिले निर्माण गरेको मगर चलचित्र ‘घाव नाङखार’ (जलेको बस्ती) को प्रदर्शनी रहेछ । केही दिन उक्त चलचित्रको प्रदर्शनी हेरेरै बस्यौं । त्यपछि हामी जेठ ६ गते दाङका लागि यात्रा सुरु ग¥यौं । यि दुई यात्राहरु मेरो पत्रकारिताको यात्रा भनौं । मेरो जीवनकै महत्वपुर्ण यात्राहरु हुन् । मप्रति भएको आफ्नो जाति प्रतिको मायाँ र संस्कृति, परम्परा, भेषभुषाप्रतिको मायाँका कारण म यति कठिन यात्रामा अगाडी बढे । यात्राका क्रममा थुर्पै, दुःख कठिनाईहरु भए । तर पनि मेरो दुःख भन्दा पनि उद्देश्य ठुलो भएका कारण ति सबै नराम्रा क्षणहरुलाई भुलेर मैले आफ्नो अगाडीको यात्रा तय गरेको छु । साँच्चिकै आफ्नो पहिचान बोकेको भाषा, संस्कृति, परम्परा हुँदाहुँदैपनि । ति सबैबाट टाढा हुनुपर्दाको पिडा कस्तो हुँदो रहेछ त्यसको बारेमा मैले राम्रो संग बुझेको छु । त्यसैले ढिलै होस तर पनि हो् भन्ने उद्देश्यले मैले आफुले सकेको कार्य गरे । यि दुवै यात्राका लागि त्यस क्षेत्रकै व्यक्तित्वहरुको ठुलो हात रहेको छ । उहाँहरुलाई म हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु । रुकुम र रोल्पाबाट फर्केर मैले त्यस्तो केही त गर्न सकिन । तैपनि भुम्या पर्वको बारेमा मैले भट्टाएसम्मको जानकारी समेटेर एउटा अनुसन्धानमुलक लेख तयार पर्न सफल भएको छु । यो नै मैले मेरो सफलताको रुपमा लिएको छु । मलाई अझैपनि आशा छ । अझ पनि यस क्षेत्रका मगर जातिहरुको बारेमा एउटा दस्तावेजको रुपमा खोज गर्न सफल हुनेछु । यसका लागि तपाईहरु सबैको सहयोगको अपेक्षा राखेको छु ।

pressgm@gmail.com

 

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)