HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home विशेष लेख नेपाल मगर विध्यार्थी सँघको प्रेस विज्ञप्ती

नेपाल मगर विध्यार्थी सँघको प्रेस विज्ञप्ती

E-mail Print PDF
AddThis Social Bookmark Button
प्रेस विज्ञप्ती 
 
वि‍ सं २०६८ असार ३ गते शुक्रबारदेखि असार १३ गते सोमबार सम्म नेपालको ११ औं राष्ट्रिय जनगणना हुन लागि रहेको सर्वविदितै छ। जनगणनाले मगर जातिको आर्थिक सामाजिक रुपान्तरणमा विशेष महत्व र दुरगामी प्रभाव पार्ने निश्चित छ। यस्तो परिस्थितिमा नेपालका आदिवासी जनजातीमध्ये सबैभन्दा धेरै जनसंख्या भएको मगर जातिको सहि तथ्याङक उजागर गर्ने हा भने आदिवासी जनजातिमा मात्र हैन िसंगो नेपालको जनसंख्यामा दोस्रो ठुलो जनसंख्या भएको जाति मगर हुने निश्चित छ। कोहि नछुटौं कोहि नदोहोरिऔं भन्ने मुलनारा सहित सम्पन्न हुन गईरहेको यस जनगणनामा हामी मगरहरु पनि नछुटौं। साथै जनगणनामा सहि विवरण सहि रुपमा प्रदान गर्न सकेमा मात्र सहि राष्ट्रिय तथ्याङ्क स्थापित हुने कुरापनि स्मरण गराउन चाहन्छौं।

विगतको दशौं राष्ट्रिय जनगणना २०५८ मा मगर जातिको घना बसोबास भएका क्षेत्रहरु छुटेको मगरका थर अन्य जातिसँग मिलैकैकारण उनिहरुको तथ्याङलाई अर्कैजातिमा मिसाईएको मगर जातिको मातृभाषा खस नेपाली उल्लेख गरिएको मगरको धर्मलाई जबरजस्तरुपमा हिन्दुकरण गरिएको लगायत मिथ्याङ्कहरु प्रकाशित भएको कुरा त सबैलाई जगजाहेरनै छ। यस्तो परिस्थितिमा देशभरी तथा विश्वका विभिन्न मूलूकहरुमा रहेका मगरहरुको सहि तथ्याङ्कका लागि सबै मगर संघसंस्था र समुदायहरु सचेत भएर राष्ट्रिय जनगणना-२०६८ मा सहभागि हुन जरुरी छ। नेपाल मगर विद्यार्थी संघको विभिन्न जिल्लासमिति मातहतमा मगर युवा विद्यार्थीहरु राष्ट्रिय जनगणनाको प्रयवेक्षण तथा अनुगमन गर्न युवा विद्यार्थीहरु परिचालित हुनभएको छ। यसैगरि सबै मगर संघसंस्था र आम मगर दिदीबहिनी दाजुभाईलाई सकि्रयरुपमा सहभागि भई थरमा आ-आफ्नो थर जातिमा मगर भाषामा मगर भाषा र धर्ममा बौद्ध वा प्रकितिपुजक लेखाई मगरहरुको सहि तथ्याङ्क उपलब्ध गराउन सबैमा हार्दिक अनुरोध गर्दछौं। 

साथै तथ्याङ्क संकलनको क्रममा तथ्याङ्क विवरण दिने व्यक्तिले दिएको गणकले हुबहु संकलन गरिरहेको कुरा सुनश्चित गर्न सचेतता अपनाउन र सो नभएको अवस्थामा सच्याउन पहल गर्नको लागि गणना अवधिभर जागरुक रहन हाम्रा संस्थाका सम्पूर्ण तह र तप्काहरुमा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति हार्दिक अनुरोध सहित निर्देशन जारि गर्दछौं।


माधब कुमार दर्लामीमगर
अध्यक्ष
१ असार २०६८ 
 
Comments (1)
What is Nepal Magar Sangh is doing ?
1 Monday, 20 June 2011 17:52
RENJAJI MAGAR (UK)
Well done Magar students ! This is high time! What is Magar Sangh DOING about this though !!! ??? all are watching ! pse warn the present commitee!

The Message should be:
Write MAGAR at the end of sure name.
Write BUDHIST on the colum of religion.
Write MAGAR under the mother tongue.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)