विद्रोही मेक
पुनहरुको बारेमा आजभोलि निकै बहस चलेको पाईन्छ। एउटा सकारात्मक पक्ष पनि हो। खुशीको कुरा पनि कि पुनहरु संसार भरी चर्चाका विषय बन्न सकेका छन् भलै अरु मगरहरुकोले त्यसरी कहाँ चर्चा पाएका छन् र? तर मगर समाजको लागि त्यो खुशीको कुरा नै हो जस्तो लाग्छ मलाई। हामीलाई अहिले सम्मको ईतिहासले यहि भनेको छ की पुनहरु आर्थिक, राजनीतिक, सामाजिक लगायत अन्य सबै क्षेत्रमा अगाडि रहेका उच्च कोटिका मगरहरु हुन्। उनीहरु अरु मगरहरु भन्दा सबै क्षेत्रमा अगाडि मात्र छैनन् कि राज्य केही निकायहरुमा समेत पहिचान स्थापित गर्न सक्षम पनि छन्। फेरी त्यसो भन्दैमा त्यसको नकारात्मक पाटोबाट भन्दा सकारात्मक भएरै देखिएको कुरा भो। सबै सामु पटाक्षेप भएको कुरा हो यो। सत्य कुरा कसैले कहिल्यै पनि लुकाएर लुक्दैन, भलै केही समयसम्म लुकाउन सकिएला वा आम मानिसहरुमा भ्रम छर्न सकिएला तर सत्य सत्य नै हुन्छ। असत्य कुरा करोडौं पटक रटे पनि असत्य वा झूट झूट नै हुन्छ। बरु त्यसलाई प्रमाणित गर्न समय लाग्न सक्छ।
विषयको गर्भमा प्रवेश गरौं। मैले बढि भन्दा बढि अनलाईन मिडियाहरुमा पुनमगरहरुको विषयमा पक्ष विपक्षमा बहस भएको पाउँछु, त्यो पनि विशेष गरी विदेशमा रहेका मगरहरुको बिचमा मात्रै। हुनत त्यो स्वाभाविक पनि हो कि विदेशमा रहेका मगरहरुले नै बढि भन्दा बढि अनलाईनको प्रयोग गर्न सक्षम छन्। ऊनीहरुको त्यसमा पुहँच पनि छ। तर अधिकांश मगरहरुको पहुँचमा ईलेक्ट्रोनिक मिडिया छैन्। त कसरी उनीहरु आफ्नो मत जाहेर गर्नु सकुन वा सक्षम होउन्?
अझ धेरै भित्र पसौ। अथवा हामी पनि त्यहि वहसमा लागौं। वास्तम्म साँचै के पुनहरु मगर होइनन् त? हामीले अहिलेसम्मको ईतिहासलाई अध्ययन गर्ने हो भने त्यस्तो हामीले पाउँदैनौ। पुनहरु स्वंयमले विगत केही समय अघिसम्म आफू मगर भएकैमा गर्व गर्दथे। पुनहरुलाई साँच्चै कसले मगर होईन भने यो खोज र बहसको विषय हुन पर्दछ।
तर मैले मिडियाहरु मार्फत् नै थाहा पाए अनुसार पुनहरुलाई कुन मगरले मगर होईन भन्यो भन्ने स्पष्ट पारिएको छैन्। पुन मगर समाजका महासचिव खिमन पुर्जाले पनि मगर संघ फुटाउन पुन समाज गठन नगरिएको पोखराबाट निस्कने लाङ्घाली मासिकको एउटा अङ्कमा अन्तरवार्ताको क्रममा भन्नु भएका थियो। पुनहरु मगर होइन्न भनेर भनेको वा दस्तावेजिकरण गरेको मैले नेपाल मगर संघ केन्द्रीय समितिका कुनै पनि आधिकारीक व्यक्तिहरु वा उसका मुखपत्रहरुमा भनेको तथ्य कहि पनि फेला पारेको छैन। र मैले के पनि अनुमान पनि गर्नु सक्छु भने जबकी नेपाल मगर संघको स्थापनाको ईतिहासलाई हेर्दा पुनहरुको योगदान उच्च रहेको पाईएकोले हालका केन्द्रीय समितिले आफ्नो ईतिहासलाई नामेट पार्ने काममा लाग्न सक्छ भन्नेमा कति पनि विश्वास गर्ने ठाँउ छैन। किनकी सामान्यतया जसले पनि आफ्नो वीरताको ईतिहास कायम राख्न नै चाहन्छ। त्यसमा मगर संघका पदाधिकारी वा वर्तमान समिति अछुतो रहन सक्छ जस्तो मलाई लाग्दैन। मैले मगर संघको सबै प्रकाशनहरुनवौ राष्ट्रिय महाधिवेशनपछिकाको अध्ययन गर्दा कँही पनि त्यस्तो फेला पारेको छैन कि नेपाल मगर संघ केन्द्रीय समितिले पुनहरु मगर होइनन् भनेर भनेको दस्तावेजिकरण गरेको। जो सबैले अध्ययन गर्न र पढ्न सक्छन्। मलाई के पनि आंशका पनि छ भने विना आधारका तर्क र समाचार संप्रेषणले धेरैलाई भ्रममा पारेको छ। सचेत मगरहरुले त्यता पनि सोच्ने हो कि अहिले संख्या नै पनि प्रतिष्ठा र पहिचानको आधार बनेको अवस्थामा मगर संघले किन आफ्नो जनसंख्यामा कटौति गर्नसक्छ होला र?
बरु अब हामीले केही पुनहरुले आफूलाई मगर भन्न हिच्कीचाईरहेका छन्? के कारणले यस्तो भन्न सकेका होलान्? कहि कतै राजनीतिक, आर्थिक, सामाजिक, स्वार्थ लुकेको छ कि या कहि कतै व्यक्तिगत स्वार्थ लुकेको त छैन् या कहि कतैको द्धेष पोखिएको हो कि वा त कसैले मगरहरुले अधिकार स्थापित गर्ने भए भनेर रिमोट कन्ट्रोलबाट खेलिएको गेम त होईन? गम्भीर हुने हो कि? बरु मगर संघ केन्द्रीय समितिले अब पुन समाजका पदाधिकारीहरुलाई वार्तामा बोलाउने हो कि? सम्मानित पुनमगरहरुको योगदानलाई कदर गर्न पनि मगर संघले त्यो साहस गर्ने पर्छ कि? अब अपौचारिक रुपमा वार्तामा बोलाउने हो कि टेवल टक गर्ने हो कि? तर त्यसमा व्यक्तिगत स्वार्थ लुकेको भए र कुनै राजनीतिक, सामाजिक, आर्थिक कारणले भए त्यो क्षम्य हुन सक्दैन।


















salla ra sujhap ko jaruri pareko ayasthama pun lai mattra kakha ma cheper janu malai choto bato bichar liyako lagdachha. Sathi sathiharu yadhi pun samaj aaja magar samaj bata tukrina pugchha bane bholi pun samaja ko pani bato lamo hunechhaina kena bhane nakkali babale sikayako bato choraharule pani tehi siknechhan ra pachhi pun samaj lai pani tukraune chhan Garbuja Purja Kharja Tilija Chochangi Armaja haru le tesaile garda purkha ko saskar saskriti lai bachaune hamro daitto ho tara itihas lai banggaune ya kadabi huna sakdaina.
kina ta hamro desh developed huna sakhechaina ta?