HongKongNepali.com, The Next Media

Thursday
Oct 02nd
Home विशेष लेख संगठितरुपमा अधिकार माग्दै कुसुण्डा वनराजा जाति

संगठितरुपमा अधिकार माग्दै कुसुण्डा वनराजा जाति

E-mail Print PDF
AddThis Social Bookmark Button
देविका घर्तीमगर
 
 
कुसुण्डा जातिको भाषा बोल्ने एक मात्र कुसुण्डा महिला ज्ञानि क्रसुण्डा र संस्थाका अध्यक्ष धनबहादुर कुसुण्डा
 
दाङ २१ माघ। ज्ञानी कुसुण्डा ७३ वर्षपहिलेपुर्वको एक जंगलमा जन्मनुभएको थियो। जंगलमा बसोवास गर्ने फिरन्ते कुसुण्डा जातिमा जन्मनुभएका ज्ञानी अहिले निकै बुढी पनि भैसक्नुभएको छ। उहाँको जिवनमा अनेकन उतारचढावहरु आए। तर उहाँलाई अब एउटा कुराको मात्र चिन्ता छ। आफु मरेपछि कुसुण्डा जातिको भाषा लोप हुँन्छ की भन्ने। तिगि गेवन अगाजकाई चि मात्र मेखा हाम्रो भाषा बोल्ने म मात्र छु। कुसुण्डा जातिको आफ्नो छुट्टै भाषा भएको बताउँदै दाङमा कुसुण्डाको भाषा बोल्ने आफुमात्र एक जना ब्यक्ति भएको बताउँदै उहाँले आफ्नै भाषामा भन्नूभयो। चिई तक्दु ता गेवन अगन काई अब म मरे भने यो भाषा कसैले बोल्ने छैनन् उमेरले निकै पाकिसक्नुभएका ज्ञानीले भन्नुभयो। चिई तक्दु ता गेवन अगन काई हाम्रो भाषा लोप भएको छ। चिई एई माई ओक्जि नति गेवन अगन बा आमा मरिसके अब यो भाषा कस्ले बोल्छ र। हुँङ्कैद लम्बा अगन नतिब खाई पछाडीका पिढिहरुलाई सिकाउने कोई छैन। भाषा लोप भएको भन्दै अब संरक्षणका लागि समस्या भएको आसय ब्यक्त गर्दै ७३ वर्षे ज्ञानिले चिन्ता ब्यक्त गर्नुभयो। बिभिन्न बनहरुमा बसाईसराई गर्ने क्रममा जन्मिएको स्थान पुर्वभन्ने मात्र थाहा भएको ज्ञानि बाबु बलबहादुर कुसुण्डा र आमा गकुली कुसुण्डाको माईली छोरीको रुपमा जन्मनुभएका ज्ञानीका एक दिदि एक बहिनी र दुई भाईहरुमा सबैको मृत्यु भैसकेको छ।
 
 
भाषा बोल्ने ज्ञानी कुसुण्डा
 
परम्परादेखी नै जंगलमा बस्ने गरेको कुसुण्डा जातिमा जन्मनुभएकी ज्ञानीलाई धेरै समय जंगलमा बस्नुपरेन। उहाँ १२ वर्षको उमेर भएको समयमा उहाँको परिवार गाउँको एक जनाको गोठमा बसाई शुरु गरेर सामाजिक रुपमा बसोवास शुरु गर्नुभएको थियो। नेपाल आदिवासी जनजाति समुदायको बाक्लो जनसंख्या भएको देश हो। तर संख्यात्मक रुपमा धेरै भएका नेपालका कतिपय आदिवासी जनजाती समुदायहरु हक अधिकार तथा मुलधारमा अझैसम्म आउन सकेका छैनन्। त्यसै लोपोन्मुख समुदाय मध्येको एक जाति कुसुण्डा जाति हो।
 
बनराजा भनेर पनि नेपालको आदिवासी जनजाती समुदायमध्ये लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा जाती समुदायको उत्थान तथा संरक्षणको लागी भन्दै संगठित भएको छ। सामाजिक जिवनमा आएको लामो समय बितिसक्दासमेत आर्थिक अवस्था अत्यन्तै दयनिय भएका कुसुण्डा जातिका केही व्यक्तिहरु जातिय अस्तित्व संरक्षण तथा उत्थानका लागि भन्दै संस्थागत रुपमा संगठित भएका हुँन्। नेपालमा रहेको ५९ वटा आदिवासी जनजाती मध्ये लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा जाति २०५८ सालको जनगणना अनुसार नेपालमा एक सय ६४ घर परिवार रहेका छन्।
 
 
संस्थाको कार्यालयमा रहेको बोर्ड 
 
कुसुण्डा जातिको उत्थानका लागि करिब एक वर्ष पहिले दाङ जिल्लाका कार्यालय रहने गरी नेपाल कुसुण्डा विकास समाजको स्थापना गरिएको छ। देशको बिभिन्न भु-भागमा छरिएर रहेका कुसुण्डा जातिलाई सामाजिक रुपमा समाजमा आवद्व गराएर आर्थिक सामाजिक सांस्कृतिक शैक्षिक भाषिक विकासका लागि संस्थाको स्थापना गरिएको संस्थाका अध्यक्ष धनबहादुर कुसुण्डा बनराजा ले बताउनुभयो। आफ्नो छुट्टै भाषा संस्कृति परम्परा रितिरिवाज भएको कुसुण्डा जाति संख्यात्मक हिसाबले समेत निकै कम अवस्थामा रहेका छन्।
 
खासगरी दाङ प्युठान रोल्पा सुर्खेत दैलेख गोरखा जिल्लामा बसोबास रहेको यस जाति जम्मा १ सय ५१ जना सम्पर्कमा आएको कुसुण्डा विकास समाज दाङले जनाएको छ। यस जातिको उत्थानका लागि सात सदस्यिय कुसुण्डा समाजको गठन गरिएको बताईएको छ।
 
बनमा बस्दा कालिज लुईचे गोरा सम्टोक पुक्से लगायतका चरचुरुङ्गी पासो तथा धनुषवाणले मारेर खाने बनमा पाईने तरुल गिट्ठा भ्याकुर खनेर खाने कुसुण्डा जाति हालसम्मा पनि बिभिन्न स्थानका ऐलानी जग्गामा बस्दै आएका छन्।
 
उनिहरुको आर्थिक अवस्था अत्यन्त दयनिय अवस्थामा रहेको संस्थाका अध्यक्ष धनबहादुर कुसुण्डाले ज्ानकारी दिनुभयो। बिशेष गरेर आर्थिक शैक्षिक रुपमा अत्यन्तै कमजोर अवस्थामा यस जातिहरु रहेकाले सरोकारवाला सबैमा सहयोगका लागि आग्रह गरेको छ। वनराजा भनेर पनि चिनिने यस समुदायको हक हित र अधिकारको पक्षमा काम गर्न जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भएको कुसुण्डा विकास समाजले अहिले कुसुण्डा जातिहरुका लागि बिभिन्न कार्यक्रमहरु गर्ने तयारि गरेको छ। समाजले जग्गा जमिनको व्यवस्था हुँनुपर्ने लोपोन्मुख जातिको परिचयपत्रको व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै आएका छन्।

तस्विरः देविका घर्तीमगर
 
Comments (2)
ramro
1 Sunday, 20 February 2011 00:50
kumar gurung
dear devika g/m yek dum ramro lekhnu bhko chha.
Kusunda Bhasabare
2 Tuesday, 13 December 2011 15:19
Bhoj Raj Gautam
kusunda bika samajpani rahe6 bhanda dharai khushi lajo. Thank you

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)