HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विशेष लेख हंगकंगे नेपाली विद्यार्थीहरूः के हो जुपास?

हंगकंगे नेपाली विद्यार्थीहरूः के हो जुपास?

E-mail Print PDF
AddThis Social Bookmark Button

चुरा थापा, हंगकंग
१ मार्च २००९

केही महिना पहिले नेपाली अल्पसंख्यक संगठन हंगकंगको अल्पसंख्यक बालबालिकाहरूको अधिकार संबन्धी एउटा कार्यशालामा भाग लिने अवसर जुटेथ्यो। आजकल विरलै सहभागी हुने समय मिल्छ त्यस्ता उपयोगी कार्यक्रमहरूमा। कार्यक्रममा हंगकंग विश्वविद्यालयका एकजना भारतीय मूलका अध्यापक पनि आएका थिए। हामी सो कार्यक्रमका प्रमुख वक्ता जस्तै थियौं। हंगकंगमा नेपाली लगायत अन्य अल्पसंख्यक बालबालिकाहरूको लागि उनीहरूको शिक्षाको अवसर र ज्ञान नै बालअधिकार हो भन्ने लागेर मैले उनीहरूको शिक्षा सम्बन्धी नै बोल्ने तयारी गरेर गएको थिएं। तर अफसोच हंगकंग विश्वविद्यालयका अध्यापक जेम्सले पनि सोही तयारी गरेर आएका रहेछन्। अनि त जसोतसो कार्यक्रम सफल पार्नै पर्ने भयो। जेम्सले बोलेर सकेपछि मैले आफ्ना कुराहरू राखें। त्यसपश्चात सहभागी अविभावकहरूसंग प्रश्नोत्तर कार्यक्रम पनि थियो। सहभागीहरूले निकै जिज्ञासा मानेर यहांको शिक्षा पद्दतिका बारे सोध खोज गरे। जेम्स र मैले पनि अविभावकहरूका जिज्ञासाहरू मेटाउने प्रयास गर्यो। प्रश्नोत्तरको अन्त्यतिर एकजना अविभावकले जुपास भनेको के हो र जुपासको माध्यमबाट हंगकंगका विश्वविद्यालयहरूमा भर्ना हुनको लागि के गर्नुपर्छ भनेर सोधे। शुरूमा जेम्स विश्वविद्यालयको अध्यापक भएको नाताले मैले पनि माइक उनीतिर तेर्स्याएं। उनले केही उत्तर त बताए। जस्तै जुपास भनेको जोइन्ट यूनिभर्सीटि प्रोग्राम एडमिसन सिस्टम हो। जस अन्तर्गत हंगकंगका सबै विश्वविद्यालयहरूमा एकैचोटि भर्ना लिन पाइन्छ, आदि इत्यादि। तर उनले पनि जुपासबारेमा गहिरो जानकारी दिन सकेनन्। अनि त बाध्य बनेर जानी नजानी यसको बारेमा बताउनै पर्ने भयो। 

के हो त जुपास भनेको?

 

 

हंगकंगको शिक्षामा जुपास भन्ने शब्द सुन्ने नेपालीहरू निकै कम हुनुपर्छ। खासमा यहांका ८ वटा विश्वविद्यालयहरूमा हुने विद्यार्थी भर्नामा एकरूपता ल्याउनको लागि हंगकंग सरकारले जुपासको व्यवस्था गरेको हो। जस अन्तर्गत हंगकंगका सबै विश्वविद्यालयहरूमा संचालन हुने सरकारी अनुदानप्राप्त कोर्षहरूमा भर्ना गर्नको लागि एकैचोटि आवेदन गर्न सकिन्छ। जुन कोर्षहरू सरकारी अनुदानभित्र पर्दैनन् ती कोर्षहरूमा भर्ना पाउनको लागि भने सिधै विश्वविद्यालयमा भर्ना गर्नुपर्ने हुन्छ।   

 

कसले पाउंछन् जुपास मार्फत भर्ना?

 

जुपासको एउटै विशेषता भनेको यो माध्यममा प्रवेश गर्नको लागि यहांको ए लेभल परीक्षा दिएको हुनुपर्छ। अर्थात हंगकंगकै माध्यमिक विद्यालयबाट एचकेसीइइमा कम्तीमा ५ विषयमा घटीमा १४ पोइन्ट ल्याएर स्थानीय कलेजमा फर्म ६ र सात अध्ययन गरी ए लेभलको परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीहरूले मात्र जुपासको माध्यम प्रयोग गर्न पाउंछन्। जुपासको माध्यमबाट हंगकंग विश्वविद्यालय, चाइनिज विश्वविद्यालय, हंगकंग यूनिभर्सिटी अभ साइन्स एन्ड टेक्नोलजी, हंगकंग इन्स्चिच्यूट अभ एजुकेसन, लिंगनान विश्वविद्यालय, हंगकंग पोलिटेक्निक विश्वविद्यालय र सिटी विश्वविद्यालयमा सरकारी अनुदानबाट संचालन भएका स्नातक तहका कोर्षहरूमा भर्ना गर्न सकिन्छ। त्यसै गरी सिटी यूनिभर्सिटी र हंगकंग पोलिटेक्निक विश्वविद्यालयमा एसोसियट डिग्री र हाइअर डिप्लोमा लेभलमा सरकारी अनुदानबाट संचालन हुने विभिन्न कोर्षहरूमा भर्ना गर्न पाइन्छ। जसले हंगकंगको स्थानीय विद्यालयबाट उचित अंक ल्याएर एचकेसीइइ पास गरेका छैनन् तिनीहरूले विरलै मात्र जुपासको माध्यम प्रयोग गर्न पाउंछन्। जुपासको माध्यम प्रयोग गर्ने विद्यार्थीहरूको लागि विश्वविद्यालयमा प्रशस्त सहुलियत दरमा विभिन्न कोर्षहरू छान्ने अवसर हुन्छ र विद्यार्थीहरूले उनीहरूले भनेजस्तो विषय लिइ अध्ययन गर्न पाउंछन्। अहिलेसम्म एकजना नेपाली विद्यार्थी मात्र हंगकंगमा जुपासको माध्यमबाट विश्वविद्यालय प्रवेश पाएको जानकारीमा आएको छ। खास गरीकन हंगकंग विश्वविद्यालयमा जुपासको माध्यमबाट भर्ना पाउन सकेमा हंगकंगमा उज्वल भविष्य रहेको मान्न सकिन्छ। अरू माध्यमबाट अध्ययन गर्दा पनि हंगकंगमा अवसरहरू नभएका होइनन् तर अरू माध्यमबाट जांदा यहांको पढाइ अति नै खर्चिलो हुन्छ। हंगकंगमा मुश्किलले गुजारा गर्ने बहुसंख्यक हामी नेपालीहरूको लागि नीजि खर्चमा अध्ययन गर्न त्यति सजिलो छैन। जहां स्नातक तहको लागि मात्र वार्षिक साठी सत्तरी हजार डलर फिस तिर्नुपर्ने हुन्छ।

 
Comments (3)
JANKAARI KO LAGI DHANYABAAD
1 Sunday, 01 March 2009 21:18
KANDEL. HK.
MITRA , DHANYABAAD YESTA JANKAARI KO LAGI. HK MA 95% JASTO HAMI WORKAR KO RUPMA CHININCHAU... TAPAI JASTO EDUCATED PERSION LE YESTA JAANKARI DIDAI GARNU BHNNE AJHA AASHA CHA
Re:
2 Saturday, 17 July 2010 02:46
LESAWilson
Set your life time more simple get the business loans and everything you want.
Re:
3 Sunday, 05 September 2010 13:08
Harriet27MCCULLOUGH
This is well known that money can make people independent. But what to do if somebody has no money? The only one way is to receive the loan or just auto loan.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)