HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विशेष लेख तीज पर्ब एक बिशेष महत्व र ससक्त झन्कार

तीज पर्ब एक बिशेष महत्व र ससक्त झन्कार

E-mail Print PDF
AddThis Social Bookmark Button
सुमित्रा पौडेल
 
भाद्र शुक्ल तृतिया तिथिको दिनलाई नेपाली हिन्दु नारीहरुको चाडको रुपमा बिशेष महत्व राख्दै आएको छ। पौराणिक कथा अनुसार हिमालय पर्वतकी सुपुत्रि पार्वतीले श्री महादेव स्वामि पाउँ भनि नदीको किनारमा बालुवाको सिवलिंग स्थापना गरी निराहार भई ब्रत बस्दा महादेव प्रसन्न भै बरदान दिई पार्वतीले माहादेवलाई स्वामि पाएको दिन हुनाले त्यति बेला देखि नै नारीहरुमा यस पर्बले बिशेष महत्व दिदै आएको छ। तिजको दिन बिबाह अगाडी ब्रत बस्नाले महादेव जस्तो स्वामि पाउने र बिवाह पस्च्यात ब्रत बस्नाले स्वामिको आयु वृद्धि भई शुख ,शान्ति र धन धान्य प्राप्त हुने बिश्वाशले नेपाली हिन्दु नारीहरुमा ''तीज ''पर्बले बिशेष लोक प्रियता हासिल गरेको छ।
 
हरितालिका तीज को नामले महत्व राख्दै आएको यो पर्बलाई बिशेष गरेर तिन दिन मनाईन्छ। तीजको अघिल्लो दिन बिबाह गरेर पराई घर गै सकेका चेलीहरुलाई आफ्ना दाजु भाई हरु लिन जान्छन् भने माईती घरमा आमा तथा भाउजु बुहारीहरुबाट विभिन्न किसिमका खाने कुराका परिकारहरु तयार गरी ( बिशेष गरी लट्टे ) साँझमा खाजाको रुपमा र मध्ये रातमा ''दर'' खाने चलन अझैँ पनि यद्धपी छ। बिशेष गरेर पहाड तथा ग्रामिण क्षेत्र हरुमा यो दर खाने चलनले बिशेष महत्व दिएको पाईन्छ ( ब्रत बस्ने अघिल्लो दिन माछा मासु खान हुदैन भन्ने शास्त्रिय कथनलाई पर सार्दै तीजको दरको नामले बिशेष गरी मासुको परिकार सहित शहरी क्षेत्रमा भोज भतेर पनि नहुने गरेका होईनन्। ) यसरी साँझ पख खाजाको रुपमा खाने र मध्ये रातमा पनि दरको रुपमा ( मध्यरातमा खाए पछि दिन भरी निराहार बस्दा भोकको महसुस हुदैन भन्ने चलन ) खाइ सके पछि बिहान नदीको किनार या तलाउ घर पधेरिमा स्नान गरी बालुवाको शिवलिंग बनाई माहदेवको आराधाना गर्ने गरी जल चढाई ब्रत प्रारम्भ गर्ने चलन छ। 
 
यसरी रातो साडी लगाई गर गहना पहिरियर दिन भरी पानी पनि नखाई निराहार बसी ( तर हिजो आज स्वास्थ्यलाई ख्याल गर्दै चोखो खाएर पनि ब्रत बस्ने गरिन्छ ) गाउँ घरको चौतारी अथवा शहर बजारमा चोक र चौरहरुमा रम झम गरी बिबाह गरेर गए पस्च्यात पिल्सीयर रहेका दुख र बेदनाहरु लगाएत देशको समसामयिक बिषयमा पनि गीतको माध्यमबाट प्रस्तुत गरी मनलाई हलुङ्गो पार्नु यो चाडले नेपाली नारीहरुको बिशेषता दिएको छ। दिन भरिको नाचगान र भोक प्यासलाई बिर्सदै सुर्य अस्ताई सके पछि पुन श्री महादेवको पुजा आराधाना गरी व्रतलाई समाप्त गर्ने चलन छ। 
 
यो पर्बले हिन्दु धर्म , सस्कृति र परम्परा प्रति बिशेष झुकाब दिइरहेको पाईन्छ। नेपाली हिन्दु नारीहरुले धर्म प्रति आस्था र बिश्वाश राख्ने हुनाले हाम्रो धर्म ,परम्परा र सस्कृति लाई संसार भरी नै पहिचान गराउदै ओजेल पर्नबाट जोगाई रहेकाछन्। देशको समसामाहिक अबस्था बिकृति र बिसंगगति बिरुद्ध गीतका माध्यमबाट आवाजहारू बुलन्ध गर्ने गरेको पाइन्छ। त्यसैले हामी संसारको जुन सुकै कुनामा रहे पनि हाम्रो धर्म , सस्कृति र परम्परा हरुलाई बिश्वमा नै प्रचार प्रसार गर्दै जगेर्ना गर्न मेला उत्सबहरुका साथ मनाउदै चेतना जागरण गराउने ज्ञानको आदान प्रधान हुनु अति आबस्यक छ। जसले गर्दा नेपाली नारीहरु बिच सदभाब र माया बढ्न गई सकारात्मक धारणाको बिकाश हुन जान्छ। यसको लागि जति नारीहरु सक्रिय हुन्छन् त्यति नै पुरुषहरुको सदभाब र सहयोगको खाँचो परेको हुन्छ। यसरी नारी र पुरुष मिलि गरेका सकारात्मक कामहरुले मेलमिलापको बिकास हुन गई आत्मीय भावना जागरुक हुन जान्छ। हाम्रो गाउँ घर समाजमा अशिक्षा र अन्धबिश्वसले अझै पनि रोमलिरहेको छ।चुलो चौकामा सिमित रहेका दिदी बहिनिहरुलाई परिबर्तन गराउने शिक्षाको बिकाश गर्न सक्ने आधार निर्माण गर्दै देशलाई समुन्नति र सम्वृद्धि बनाउनको लागि चेतना र शिक्षाको अति जरुरी हुन्छ। यस्तो जागरणले गाउँ घर देखि देशालाई नै समुन्नत पार्दै अन्धबिस्वसको पट्टीलाई खुलाउने ठुलो आधार हुन सक्ने छ। 
 
यसरी यस बर्षको तीज पर्वले देशको यो संक्रामक अबस्थालाई बिशेष ध्यान दिदै महिला शसक्तिकरण अभियान द्धारा शान्ति समुन्नतिका साथै सार्बभौमिक सपन्न राष्ट्रको नागरिकको रुपमा बाच्न पाउने अधिकारको बाहालि गर्दै देशको राष्ट्रियता र गौरबलाई कायम राख्दै हाम्रो अस्तित्वलाई जोगाउने सन्देशका गीतहरु गुन्जिन सकोस्। विश्वका बिभिन्न मुलुकहरुमा छरिएर रहेका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुबाट एक आपसमा मेलमिलापको भाबना जगाउदे बक्तित्व बिकाशका साथै देशको यो बिसम परिस्थितिलाई यो तीज पर्बमा आशा गरौ शान्ति स्थापनाका लागि जोडदार बिरोधाबासका गीतहरु गुन्जिनेछन्।
 
Comments (3)
kahile kajuli pherne
1 Wednesday, 01 September 2010 17:28
dalal dai
21 sau satabdi ma pani yesta kura garne desle kahile kajuli pherne ?
rakshi & masu
2 Wednesday, 01 September 2010 17:32
sukbir baje
barta basda gastik hune dar tesaile shathi ho raksi & masu ta khanai parla hagi
karbahi garnu parchha.
3 Thursday, 02 September 2010 16:05
harinarayan subedi
chahe jasto sukai hos aphno pram para mathi hastachhep nagarnu hola afno purkha le mandai ako ritithi metaunu hunna sune anusar hk ma tija ko dina barta basu ko satta raksi & bungur ko masu khae hamro saskriti ma barkhilap garne anndha gahira hinndu haru lai karbahi gar nu archha .

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)