Home विशेष लेख ढल्दैछ मित्रसेनको “मित्र झुप्रो”

ढल्दैछ मित्रसेनको “मित्र झुप्रो”

E-mail Print PDF

नरेश खपाङ्गीमगर ,  काठमाडौँ   
फागुन ६ गते

हिमाञ्चल प्रदेशको भाग्सुस्थित घर जहाँ बसेर नेपाली भाषामा गीत रेकर्ड गर्ने पहिलो छिमलका कलाकार मास्टर मित्रसेन थापा आफ्ना सिर्जनाहरु टुसाउँथे अहिले सो घरमा मुसा र छुचुन्द्राको रजाइँ चलिरहेको छ। 

घर भन्नु मात्रै माथिबाट मुसाले माटो बुरबुर झार्छ। अहिले मैले घोचामा प्लाष्टिक बेरेर मुसाले माटो झार्ने प्वालमा घुसारिदिएको छु" नेपाल घुम्न आउनु भएकी मास्टर मित्रसेनकी बुहारी देवकन्या थापाले मित्र झुप्रोको दुर्दशाको वर्णन गर्दै भन्नुभयो।  

पुख्र्यौली घर बाग्लुङ राखुपुला भएका मास्टर मित्रसेन भाग्सुमा जन्मेका थिए। दोस्रो विश्वयुद्धमा होमिँदा युद्ध आतंकदेखि विरक्तिएर मास्टर मित्रसेन नेपाली जातिको सेवामा लागेका थिए। 

उनले सन् १९३६ मा हिज मास्टर भ्वाइस कोलकता र दी स्टार अफ इण्डिया वाराणासीबाट नेपाली गीत डिस्क रेकर्ड गराएका थिए। उनका गीतहरु:  "मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले, धानको बाला झुल्यो देशै रमाइलो, लाहुरेको रेलिमाई फेसनै राम्रो, अब त जाउ कान्छी घर, बाटो छ उकालो ओरालो" लगायतका ३० लोकगीतका र ६ नाटकका डिस्क रेकर्ड गराएका थिए। रेडियो नेपालले उनलाई नेपाली भाषामा गीत रेकर्ड गराउने पहिलो व्यक्ति भनेको छ।

घर भत्कन लागेको छ। खिड्कीहरु भत्किसकेका छन्। पूजा कोठा पनि भत्कन लागेको छ। पहिले त त्यहाँ नातिहरु सुत्थे। कतिबेला किच्ला भनेर अहिले सुत्न छाडिसके। बलोहरु लाएर घरलाई टेको लाएको छु" थापाले भन्नुभयो। 

५८ वर्षदेखि मित्र झुप्रोको रेखदेख गर्दै आउनु भएकी ७४ वर्षीय देवकन्याका अनुसार अहिले पनि मास्टर मित्रसेनका कृतिका थुप्रै पाण्डुलिपि अप्रकाशित छन्। "कोही ढुसी लागेका थिए मैले घाममा सुकाएर ठीक पारेँ। कसैमा मुसाले दूलो पारेका छन्। कोही फोटोकपी गरेर मैले कपडामा लपेटेर राखेको छु" थापाले भन्नुभयो।

    

देवकन्या (मास्टर मित्रसेनकी ७४ वर्षीय बुहारी) 

झोलामा पोका पारिएका लुगामा बेरेर राखिएका थुप्रै पाण्डुलिपि धेरैले मागेर लगेको पनि थापाले बताउनुभयो। "हामी रोटीको पछि लाग्यौँ। म कुण्डामडालिनीमा हस्पिटलमा काम गर्थे। सासुसित मागेर धेरैले पाण्डुलिपि लगेछन" थापाले भन्नुभयो। 

प्रवासमा रहेको नेपाली समाजको राजनीतिक साँस्कृतिक जागरणमा मित्रसेनले योगदान दिएका थिए। उनको योगदानको सम्मान गर्दै नेपाल र भारतका दुवै सरकारले हुलाक टिकट पनि प्रकाशित गरिसकेका छन्।   

देवकन्याका अनुसार अहिले उनको घर मित्र झुप्रोसँगै भारतीय सरकारले मास्टर मित्रसेन संग्रहालय बनाएको छ। संग्रहालयमा मित्रसेनले प्रयोग गर्ने पुराना भाँडाकुँडा, कपडाहरु लडाइँ र साहित्यसंगीत सेवामा पाएका तक्माहरु, उनले लेखेका र पढेका किताबहरु, उनले बजाएका बाजाहरु, पूजाका सामग्री, कलमदानी, नेपालबाट संग्रह गरिएका शालिग्रामहरु राखिएको थापाले जानकारी दिनुभयो।  संग्रहालयमा फाटफुट मान्छे आउने गरेको र आफूले उनीहरुलाई जानकारी दिने गरेको थापाले बताउनुभयो। 

भाग्सुका नेपालीहरुले भने मित्रसेनको पुण्यतिथि र जन्मजयन्तीमा सम्झने गरेको पनि उहाँले थप्नुभयो। सरकारले केही गरेको छैन। मास्टरजीको जन्मतिथि २९ डिसेम्बरमा गाउँलेहरु आउँछन्। मन्दिर छेउमा कार्यक्रम हुन्छ। दुई सालदेखि मैले सहभागीहरुलाई खाना खुवाउने गरेको छु थापाले भन्नुभयो।  भारत सरकारले मास्टर मित्रसेनका बारेमा केही नगरेकोमा गुनासो छ थापाको। तर त्यो भन्दा ठूलो चिन्ता त अर्कै छ - "मास्टरजीको चिनो मित्र झुप्रो र शिव मन्दिरलाई सुरक्षित राख्न पाए हुन्थ्यो" थापाले वह पोखिन्। 
 
Comments (1)
Sahayog ko apil.
1 Thursday, 26 March 2009 22:21
Hongkong Nepali
Master Mitrasen ko kirti sathai mitra jhupro ko bachai rakhna ra samrakchan garna sabai nepali haru ko kartabye ho Lou sabai le hk dollor 100/collect gare pugh chha ni.Kosis garou ta bhai bhaini haru ho.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)