HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विशेष लेख मगर जातिमा विद्यमान थर-उपथरको प्रचलन र विवाद

मगर जातिमा विद्यमान थर-उपथरको प्रचलन र विवाद

E-mail Print PDF
AddThis Social Bookmark Button
रुद्रबहादुर श्रीस मगर

मगर जाति नेपालको एक प्रमुख आदिवासी जनजाति समुदाय हो। आफ्नै मगर भाषा प्रकृतिपूजक धर्म मगर संस्कृति मगरभूमि र मगर भेषभूषा भएको जाति पनि हो। अन्य जातिका तुलनामा मगर जातिमा अलि बढी विविधता भेट्न सकिन्छ तर पनि मगर भनेर सबैले गर्व गर्छन्। विविधता नै मगर जातिको लागि एउटा गर्विलो विषय पनि हो।

देशको एउटा प्रमुख जाति भएर पनि मगरहरु राज्यको पहुँचदेखि टाढै छन्। जो पेशाका हिसाबले उही कृषि र लाहुरे प्रथामै सीमित हुन बाध्य छन्। राजनीतिक चेतनाको अभावका कारण मगर जाति राज्यका हरेक अवसरबाट विाचत हुनुपरेको हो भन्नेमा पनि धेरैको सहमति पाइन्छ। नेपालको पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि तराईसम्म फैलिएर बसोबास गर्ने जातिको रुपमा पनि लिइन्छ यो जातिलाई। चाहे तराईको सप्तरी र सिराहामा होस् चाहे हिमालको डोल्पामा किन नहोस् मगर जातिको राम्रो उपस्थिति छ। त्यसैगरी पूर्वको इलाम र पाँचथर या पश्चिमको डडेल्धुरा र कैलालीमा पनि मगर जातिको राम्रै उपस्थिति भेट्न सकिन्छ। रोल्पा रुकुम पाल्पा तनहुँ र नवलपरासीतिर त झन् राम्रै बाहुल्यता छ मगर जातिको।
 
यहाँ सन्दर्भ जोड्न खोजिएको चािहं मगर जातिमा प्रचलित थर र उपथरको हो। मगर जाति पनि समयक्रमसँगै आफ्नो ऐतिहासिक थातथलोबाट बसाइँ सरेका छन् र त्यही अनुसार थर उपथरको विकास पनि क्रमशः हुँदै गएको भेट्न सक्छौं। अहिले देशमा सबै जाति वर्ग क्षेत्र र िलंगका मानिसहरुले आफ्नो अधिकारको लागि आवाज उठाइरहेका छन्। यो स्वभाविक पनि हो। तर यही क्रममा सबैभन्दा प्रमुख आदिवासी जनजाति समुदायको रुपमा रहेको मगर जातिलाई कतै टुक्राउन लागिएको त होइन भन्ने मगर बुद्धिजीवि र मगर जातिका शुभचिन्तकहरुमा यो चिन्ता विस्तारै पलाउन थालेको छ। मगर जातिबाट थर उपथरकै आधारमा विभाजन ल्याउने षड्यन्त्र सुरु भएको हो कि भन्ने पनि कता कता लाग्न थालेको छ सबै मगर जातिको भलो चाहनेहरुलाई।

मगर जातिमा मुख्य सात थर छन् जसमा थापा राना आले पुन बुढा रोका र घर्ती हुन्। यी थर भित्र पनि सयौं उपथरहरु छन्। थर उपथर मात्रै गरेर करिब बाह्र सय पुग्छन्। जस्तै थापा मगरभित्र पनि सिाजाली राम्जाली सारु पुलामी म्हर्पाक गर्बुजा दर्लामी खाम्चा सोती ठाडा गराजा खान आदि। राना मगरभित्र गाहा सारु क्याम्छाकी अस्लामी किङरिङ आदि। आले मगरभित्र बलामी बलम्पाकी गुरुङचन सेन उचै आदि। पुन मगरभित्र जुग्जाली राम्जाली पुर्जा पाइजा खोर्जा शेरपुर्जा पहरे सामी खामी भलामी आदि। बुढा मगरभित्र बुढाथोकी राम्जाली आदि। रोका मगरभित्र सिाजाली राम्जाली आदि। घर्ती मगरभित्र भुजेल खवास काउचा पहराई झाँक्री राम्जाली पुलिसा नाउसा आदि। यसरी मगर जातिको थर उपथरको विकास ठाउँ अनुसार भएको देखिन्छ। उदाहरणका लागि पाखापानीका मगरलाई पाइजा दर्लमडाँडाको मगरलाई दर्लामी जुग्जाको मगरलाई जुग्जाली राम्जाकोटको मगरलाई राम्जाली बुढाथोकको मगरलाई बुढाथोकी भुजीखोलाको मगरलाई भुजेल भनियो। यतिमात्र नभएर हामी सबै मगरहरुको सबै थर उपथरहरु सबै ठाउँमा छन् केही ठाउँमा भएको बाहुल्यताको अपवाद बाहेक। अन्य यस्ता उपथरहरुमा बाह्रघरे साठीघरे पिठाकोटे आदि पनि छन्।

मगर जातिमा भएका थर उपथरहरु बसाइँसराइँका कारणले पनि बनेका छन्। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा मगर जातिका सेनाहरु नै थिए। जसले हरतरहले पृथ्वीनारायण शाहलाई साथ दिएका थिए। नेपाल एकीकरणका शिलशिलामा मगरहरु पश्चिमबाट पूर्वतिर बसाइँ सरेका हुन्। त्यस क्रममा पनि थुप्रै उपथरहरुको विकास भएको पाइन्छ। जस्तै-पूर्वछाने। यसरी मगर जातिको थर उपथरको विकास बसाइँसराइँका आधारमा भएको छ। कामका आधारमा पनि भएको पाइन्छ। तर पनि कुनै भेदभाव थिएन मगर जातिमा। तर अहिले यसरी मगर जातिको थर उपथरभित्र कसले खेल्दैछ यसतर्फ आम मगर जाति सचेत हुने कि नहुने अब यो गम्भीर प्रश्न बनेर आएको छ। केही समयअघि छन्त्याल थरका मगरहरु छुट्टिएर छन्त्याल जाति बनेका छन्। भाषा केही संस्कृति फरक भएकै आधारमा अलग जाति हुनुपर्छ भन्ने संकीर्णतावादी मानसिकताका कारण मगरहरुमा यस्ता फुटहरु आएका छन्। वरिष्ठ लेखक तथा साहित्यकार नरु थापामगर पनि छन्त्याल मगर नै हुन् भन्ने दाबी गर्छन्। थापामगरका अनुसार छ्यान्तुङ मगरहरु नै छन्त्याल कहलिएका हुन् भन्ने छ। अहिले भुजेल जाति भनेर दाबी गिरंदै आएको छ। भुजीखोलाका मगरहरुलाई नै भुजेल भनिएको नेपाल मगर संघ बागलुङका अध्यक्ष पदम श्रीसमगरको दाबी छ। श्रीसमगरका अनुसार घर्तीमगर भित्रको उपथर नै भुजेल हो। यस घर्तीमगरभित्र भुजेल खवास काउचा काला आदि उपथर पर्दछन्। खवास मगरहरुलाई मगर होइन भन्ने भ्रम केही हिन्दूकृत गरिएका मगर दाजुभाइ दिदीबहिनीहरुलाई परेको छ। पहिले पहिले मगर जातिको शासन चल्दाको समयमा राजाको सेवकलाई खानखवास्या भन्ने चलन रहेको केही मगर विद्वान् मगरहरुको तर्क छ। गाउँघरतिर त्यस समयमा घरको मूली मान्छेलाई सघाउने मान्छेलाई पनि खानखवास्या भन्ने चलन रहेको थियो। ईसे ईमो खानखवास्याको सू आले भनेर सोध्ने चलन पनि रहेको थियो। पछि यही खानखवास्या शब्द टुकि्रएर खान मगर र खवास मगर बन्न गयो। एक अर्थले भन्दा राजाका भारदारी सभाका मान्छेहरुलाई मगरहरुले आफ्नै मातृभाषामा खानखवास्या भन्ने गर्दथे। अहिले घर्ती मगर र पुन मगरभित्र विवाद ठूलो विवाद ल्याउन खोजिएको छ। विडम्बना हाम्रा केही मगर दाजुभाइहरु अर्थात् मगर नेताहरु नै यसमा लागेका छन्। मगर भनेर गर्व गर्नुपर्ने ठाउँमा आफूलाई मगर नै होइन भन्ने। हिन्दू सोंचाइबाट ग्रसित मगरहरुले घर्ती र पुनथरका मगरहरुलाई मगर होइन भनिदिने मातृभाषा नआउने कारणले पनि त्यसो भनििदंदा चित्त त अवश्य दुख्छ नै। तर यसो भन्दैमा टुकि्रन खोज्नु पनि कति न्यायोचित कुरा हो। बागलुङ र म्याग्दीतिर त पुन भनेपछि ठूलो मगर भन्ने छ। त्यसैगरी दाङ रुकुम र रोल्पातिर घर्ती भनेपछि पक्का मगर अर्थात् ठूलो मगर भन्ने छ। त्यसोभए कसरी होइनन् घर्ती र पुनथरका मगरहरु मगर प्रशस्त प्रमाण छ मगर हुन् भन्नेमा। अहिलेसम्म कुनै पनि विद्वान्ले अलग पहिचान भएका जाति हुन् भनेर भनेका छैनन्। केहीले साँस्कृतिक भिन्नताको प्रश्न उठाएका छन् त्यो त हावापानी र प्रकृतिमा भर पर्ने कुरा हो। संस्कृति त जस्तो प्रकृति उस्तै संस्कृति हुने हो। एक जना विद्वान् प्रा।डा।sेशरजंग बरालमगर पनि यो कुरासँग सहमत देखिन्छन्। उनका अनुसार प्रकृति र हावापानी अनुसार संस्कृति बन्ने हो। डोल्पामा के सुँगुर पाइन्थ्यो र सुँगुर कुल पूज्छन् अनि तनहुँमा के भेडा पाइन्थ्यो र भेडाले कुल पूज्छन् प्रा।डा।बरालमगरको तर्क छ। यस तर्कसँग सहमत हुने एक जना पत्रकार मीना थापामगरको भनाइमा पनि मगरहरुमा क्रमशः सांगठनिक चेतनाको विकाससँगै बढ्दै गएको पदलोलुपता र अहम्ताले मगर जातिमा फाटो ल्याउन प्रमुख भूमिका खेलेको छ। कतिपय विद्वान्हरुले भाषाको आधारमा पनि मगर जातिलाई विभाजन गरेका छन् खाम मगर र मगर भनेर। तर यसरी विभाजन गर्नु निकै घातक हुने बागलुङका कवि गोविन्द पुनमगरको तर्क छ। मगर भाषालाई त भाषिकाका हिसाबले मात्रै यसरी विभाजन गरिनु उपयुक्त हुने कवि पुनमगरको भनाइ छ। उनका अनुसार मगर खाम भाषा मगर ढूट भाषा र मगर काइके भाषा भनेर भाषिकाको विभाजन गर्नुपर्छ।

यसरी पर्याप्त खोज अनुसन्धान विना विवाद सिर्जना गर्नु अनुपयुक्त छ। अधिकांशको चिन्ता पनि मगर जातिको विभाजनप्रति छ। ४० लाख जनसंख्या रहेको मगर जातिलाई छिन्नभिन्न गर्ने दुस्साहस बाहेक यो अरु केही पनि होइन भन्नेमा सबैको एकमत पाइन्छ। मगर जातिको एकता भएमात्र यो नेपाल राष्ट्रले मगर जातिबाट आशा गर्ने ठाउँ रहन सक्तछ।

shrees.udasi@yahoo.com
 
Comments (4)
thanx sir
1 Friday, 03 September 2010 04:09
bhakta roka magar uk
rudra sir tapai lai dherai dannebad chha, magar bhitra ka awaj lai athawa magar bhitra ko chinari haru etihasik tathye kura haru lekhnu bhayo ,ajai aru jan kari paune asa ma chhu BHAKTA ROKA UK
धन्यवाद सबैलाई
2 Thursday, 09 September 2010 11:47
रूद्र बहादुर श्रीस मगर/पोखरा, नेपाल
मेरो लेखप्रति प्रतिक्रिया जनाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आभार प्रकट गर्दछु । आगामी दिनमा पनि यस्तै रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रियाको अपेक्षा गर्दछु ।
Join The Page and See on Our Official Blog
3 Saturday, 09 April 2011 16:06
Sagar Rana
रुद्र जी: नमस्कार !! आराम रही आरम्ता को कामना है ! रुद्र जी, एकदम नै राम्रो लेख प्रस्तुत गर्नु भए को रहे छ खुशी लाग्यो ! यो पोस्ट मैले हाम्रो फेसबुक पेज को ब्लग मा राखे को छु कुनै गल्ति भए माफी दिनु होला है ! कृपया तपाई पनि उक्त पेज मा सामेल हुन सक्नु हुन्छ र यही तपाई को लेख लाई हाम्रो ब्लग मा पढ्न सक्नु हुन्छ र तपाई को यस्तै अरु लेख हरु पनि हाम्रो ब्लग वा पेज मा प्रस्तुत गर्नु हुन्छ होला भन्ने कामना सहित... उक्त पेज को र ब्लग को लागि तल लिंक दिए को छ कृपया एक चोटी पाईला राखिदिनु हुन अनुरोध गर्दछु ! http://www.facebook.com/we.magar Detail about me:- http://www.facebook.com/magar.sagar for Our Official Blog:- https://magar977.wordpress.com/
tanata
4 Tuesday, 12 April 2011 11:02
resham sinjali
nepal ka sabai magar haru hami magar hau bhanne bhawana rakhe ra yek jut hunu nai ramro hola .tara bahun bad ko pachhi lagne magar lai kasari magar bau ra magar ma sahayog garau bhanne bhawana rakhne banaune .tara hami jati pani magar haru chhau 75%sabai ajai pani bahun ko pachhi lagi aafno bichar purauna sake ka chhainn k garne ?jati hami magar chhau yek jut hune batawaran milau bhanne lagchha malai.malai suddha lekhna aaudaina maf garnu hola mera magar sathi haru..............

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)