HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विशेष लेख मगर गाउँको बिकृति हटाउने अभियानमा स्थानिय क्लवहरु

मगर गाउँको बिकृति हटाउने अभियानमा स्थानिय क्लवहरु

E-mail Print PDF
AddThis Social Bookmark Button
देविका जिएम

दाङ २६ साउन। रोल्पारुकुमबाट फर्केर-नेपालका प्राय आदीवासी जनजाती समुदायहरु जाँड रक्सीलाई अर्नी नास्ताको रुपमा लिने गर्छन्। स्वभावले पनि जनजातीहरुको बसाई प्राय गरी पहाडी क्षेत्रमा भएको कारण जाँड रक्सीलाई नास्ताको रुपमा प्रयोग गर्दै आएको पाईन्छ।

यससंगै जनजाती समुदायको प्रत्ययेक पुजाआजामा जाँड रक्सीको अनिवार्य प्रयोग भएको पाईन्छ। यस अर्थमा पनी अन्य समुदायले यसलाई गलत रुपमा व्याख्या गरी जाँड खाएर माथि उठ्न नसकेको भन्ने रुपमा बुझ्ने गरेको पाईन्छ। यस्तैगरी खाम भाषा बोल्ने मगर समुदायमा पनि यसको प्रयोग हुने गर्छ। तर पछिल्लो समयमा नयाँ पुस्तामा यसको गलत रुपमा प्रयोग हुँदै आएको छ। मगर समुदायमा नास्ताको रुपमा प्रयोग हुँदै आएको जाँड रक्सी गलत रुपमा प्रयोग हुँदै गएपछि रोल्पा रुकुमका बिभिन्न गाउँहरुमा गठन भएका स्थानिय क्लबहरुले यस्तो बिकृतिको अन्त्यका लागी अभियान सन्चालन गरेका छन्।
 
गाउँमा गठन भएको क्लवका सचेत यूवाहरुले त्यस्तो अभियान साचालन गरेका हुन्। समाज सेवा यूवा क्लब कांक्री गाविस-६ लुकुमका सचिव फर्क बुढा मगर गाउँमा बिकृत रुपमा हुँने जाँड रक्सी खाएर हुने होहल्ला लडाई झगडा नियन्त्रण गर्ने काम सन्चालन गरेको बताउनुभयो।
 
त्यसैगरी गाउँमा हुँने जुवातास ख्वारख्वारे लगायतका जुवाजन्य कार्यमा पनि क्लबले रोक लगाएको छ। २०५३ सालमा स्थापना भएको क्लवले सकभर गाउँमा बिकृति रोक्नका लागी पहल गरिहेको क्लव की कोषाध्यक्ष सुनकुमारी पुन मगरले जानकारी दिनुभयो। बाक्लो मगर बस्ती भएका कारण मगर जातीको हरेक पुजाआजा संस्कारमा जाँड रक्सीको प्रयोग गर्नुपर्ने भएका हुनाले निषेध गर्ने अवस्था नभए पनि यसकै कारण हुने नराम्रा घटनाहरुमा भने कमी आएको सुनकुमारीको भनाई छ।

बुढापाकाहरुमा भन्दा यूवाहरुमा बढी बिकृति मगर गाउँका क्लवहरुले बताएका छन्। यद्यपी क्लवका अभियानका कारण अहिले केही रुपमा नियन्त्रणमा आएको बताईएको छ।
 
यसैगरी जलजला यूवा क्लव थवाङका अध्यक्ष महेश बुढा मगर गाउँका अन्य संघसंस्थाहरुले सहयोग गरेका कारण अभियानमा सहजता आएको बताउँनुभयो। बिशेषगरी प्रत्येक वर्ष हुँने मेला पर्वहरुमा बढी मात्रामा यस्ता खाले घटनाहरु हुने भएका कारण मेला पर्वका बेलामा बिशेष सावधानी अपनाईने गरेको महेशको भनाई छ।
 
आफ्नै गाउँ भएका कारण खासै समस्या नभएको थवाङका अमित घर्ती मगरको भनाई रहेको छ। यस कार्यका लागी गाउँका प्रायले सहयोग गर्ने गरेको समाजसेवा यूवा क्लवका सदस्य रुजिधन गूरुङले बताउनुभयो। जाँड रक्सी पुर्ण रुपमा निषेध गर्न खोजेका होईनौ यसकै आधारमा बिकृति हुँनुहुँदैन भन्ने हो-रुजिधनले भन्नुभयो। तर बुझेर पनि बुझ पचाउनेहरुसंग भने गाह्रो भएको क्लवकी उपाध्यक्ष फुलमान पुन मगरको भनाई रहेको छ। यस संगै क्लबले मगर समुदायको संस्कृति संरक्षणका लागी समेत काम गर्दै आएको छ। आफ्नो पुरानो संस्कृति लोप हुँन लागेकोले यसको संरक्षणका लागी पनि काम गर्दै आएको क्लवले बताएको छ। क्लवले भुम्या पर्व झांकि्र मेला तथा अन्य थुर्पै संस्कृतिहरुमा क्लवमार्फत व्यवस्थित बनाउने काम गर्दै आएको छ।

यसैगरी जलजला यूवा क्लवले भने प्रत्ययेक वर्ष भुम्या महोत्सवको आयोजना समेत गर्दै आएको छ। क्लवका अध्यक्ष महेश बुढाले गाउँमा आयोजना हुँने महोत्सवको सम्पुर्ण कार्यहरु अन्य संघसंस्थासंग मिलेर गर्दै आएको बताउनुभयो। मगर गाउँमा बढ्दै गरेको बिकृति हटाएर स्थानिय क्लवहरुले साचालन गरेको अभियान आफैमा सह्राहनिय छ। अझ क्लवहरुले मगर जातीको संस्कृति संरक्षणमा समेत चासो देखाउनुले क्लवले वास्तवमा समाज सुसधारका लागी निकै राम्रो प्रयास गरेका राम्रो उदाहरण प्रस्तुत गरेका छन्।
 
Comments (1)
good news
1 Friday, 13 August 2010 18:43
hari poon magar myagdi
ramro karyakram 6 yuba pidhi le magar daju bhai dd bahini haru lai janjagrit banaunupar6

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)