HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विशेष लेख गलकोटका मगर समुदायमा लोकप्रिय सती घाँटु

गलकोटका मगर समुदायमा लोकप्रिय सती घाँटु

E-mail Print PDF
AddThis Social Bookmark Button
रुद्र श्रीस मगर,पाण्डवखानी
३१ मे
 
बागलुङको गलकोट पाण्डवखानीमा घाँटु नृत्यमा नाच्दै घाँटुनीहरु विनिता घर्तीमगर र मनिषा श्रीसमगर । 
 
कुल जनसंख्याको तेश्रो ठूलो स्थान ओगट्ने मगर जाति नेपालका आदिबासी-जनजाति समुदायमध्ये सबैभन्दा ठूलो समुदाय हो।

आदिबासी-जनजाति समुदायमा रहेका विभिन्न संस्कृतिहरुले नेपाललाई साँस्कृतिक विविधतासम्पन्न बनाएका छन्। नेपालका आदिबासी-जनजाति मगर समुदाय पनि भाषा धर्म र संस्कृतिका हिसाबले धनी मानिन्छ। नेपालका पचहत्तरै जिल्लामा बसोबास गर्ने मगर समुदायमा घाँटु सोरठी मारुनी सालैजो जोरास्याई कौह्रा सराङनाच रुङ हुर्रा जस्ता नृत्यहरु लोकपि्रय छन् भने यानीमाया सुनीमाया घुम्टे साइँला नानी लै ज्यानै ओहोली ठाडो भाका विनासालैजो रोइला चुड्का जस्ता लोकभाकाहरु औधी लोकप्रिय मानिन्छन्।
 
२०५८ सालको नेपालको जनसांख्यिक तस्वीरलाई हेर्दा बागलुङ जिल्लामा २८ प्रतिशत मगर जातिको बसोबास रहेको छ। बागलुङ जिल्लामा पनि मगर जातिको बाहुल्यता रहेको गलकोट क्षेत्रको पाण्डवखानी गाउँ विकास समितिमा पनि ६० प्रतिशत मगर जातिको बसोबास छ। लोकसंस्कृतिका हिसाबले पाण्डवखानी निकै धनी मानिन्छ। मगर जातिको महान् साँस्कृतिक पर्व चन्डी पून्र्याका अवसरमा हरेक वर्ष पाण्डवखानीमा मेला लाग्ने गर्दछ। उक्त मेलामा विशेषगरी सती घाँटु नाच्ने गरिन्छ। घाँटु नाच जेष्ठ १ गतेबाट सुरु भएर २० गते समापन हुने गर्दछ।
 
यसवर्ष पनि पाण्डवखानीमा मेलाको आयोजना गरी घाँटु नाचको संरक्षणको लागि सती घाँटु नाच देखाइएको थियो। स्थानीय स्तरमा प्रचलित लोकसंस्कृति तथा प्राकृतिक सौन्दर्यताको संरक्षणका लागि घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मन्च नामक संस्था समेत खोलिएको दुई वर्ष पुगेको छ। मन्चले नै यसवर्ष पाण्डवखानीमा चन्डी पून्र्या मेलाको आयोजना गरेको थियो।
 
मेला अवलोकनका लागि गलकोट क्षेत्र मात्र नभै म्याग्दी, गुल्मी, पर्वत, चितवन, कास्की लगायतका जिल्लाहरुबाट समेत मान्छेहरु आउने गर्छन्। विशेषगरी सती घाँटु हेर्नका लागि मानिसहरु चासोका साथ त्यहाँ आउने घाँटु तथा सोरठी नाचका बारेमा खोज गरिरहेका मगर भाषाका कवि गोविन्द पुनमगर बताउँछन्। घाँटु नाच प्रायः मगर र गुरुङ समुदायमा बढी प्रचलित छ। पाण्डवखानी मात्र नभएर चन्डी पून्र्याकै अवसरमा छिमेकी सिसाखानी गाविसमा समेत मेला लाग्ने गर्दछ। सिसाखानीमा समेत सती घाँटु प्रत्येक वर्ष नचाउने गरिएको स्थानीय सीता भुजेलमगरले बताइन्।
 
पाण्डवखानीमा अध्यापनरत घाँटुका मुख्य गुरु गिरीप्रसाद घर्तीमगरको अगुवाइमा घाँटु संरक्षणका लागि पहल थालिएको कवि पुनमगरको भनाइ छ। अर्का गुरु टेकबहादुर पुनमगर पनि युवा पुस्ताले चासो नदेखाए घाँटु मात्र नभै अन्य लोकसंस्कृतिहरु समेत लोप हुने खतरामा रहेको बताउँछन्।
 
 बागलुङको गलकोट पाण्डवखानीमा घाँटु गीत गाउँदै घाँटु मुख्य गुरु गिरीप्रसाद घर्तीमगर गुरु टेकबहादुर पुनमगर र अन्य कलाकारहरु ।
 
यसवर्षको सती घाँटुमा तारा विक, विनिता घर्तीमगर र मनिषा श्रीसमगरले घाँटुनीको रुपमा घाँटु नाचेका थिए। घाँटु गीत गाउनका लागि चुराबहादुर पुनमगर, हेमलाल श्रीसमगर, कर्णबहादुर श्रीसमगर, कुलबहादुर श्रीसमगर, शेरबहादुर श्रीसमगर, नरमती श्रीसमगर, कौशीला श्रीसमगर, तुलसी पुनमगर, हरिकुमारी श्रीसमगर, फूलमती श्रीसमगर, गंगा श्रीसमगर, तिलचना सुनार, पित्तलकुमारी श्रीसमगर, प्रमिला श्रीसमगर, गौमती सुनार, खगी सुनार, देवी श्रीसमगर लगायतका कलाकारहरुले साथ दिएका थिए।
 
सती घाँटुका साथमा मेलाकै अवसरमा सालैजो यानीमाया ठाडोभाका घुम्टे साइँला लगायतका लोकभाका समेत प्रस्तुत गरिएको थियो। यसवर्ष करिब सात हजारले मेलाको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ।
 
पश्चिमान्चलकै अग्लो पहाडको रुपमा मानिने घुम्टे लेकमा अवस्थित सिद्धेश्वर महादेव थान र भैरम थानको दर्शन गरेपछि पाण्डवखानी मेलामा सहभागी हुने प्रचलन पनि रहिआएको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)