HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विशेष लेख सिगारिदै छ नेपालको ताजमहल रानीघाट दरबार

सिगारिदै छ नेपालको ताजमहल रानीघाट दरबार

E-mail Print PDF
AddThis Social Bookmark Button
हरि बहादुर सारुमगर 
पाल्पा बैशाख ३१ 
 
 
प्रेमको प्रतिकको रुपमा परिचित नेपालको ताजमहल रानीघाट दरबारलाई रङ्ग रोगन गरी श्रृङ्गार गर्ने कार्य शुरु भएको छ। नेपालमा प्रेमको प्रतिकका रुपमा रहेको एकमात्र ताजमहल दिनप्रतिदिन जीर्ण बन्दै गएको बेला पर्यटक कार्यालय भैरहवाबाट प्राप्त १० लाख रकमबाट दरबारको मुख्य भागको रङ्ग रोगन झ्याल ढोका मर्मत तथा शिशा लगाउने बाहिरी बाटाहरु बन्द गर्ने र वृक्षारोपण गर्ने कार्य भैरहेको छ। 

विभिन्न संचार माध्यमहरुले रानीघाटको संरक्षण र सम्बद्र्धनको बारेमा प्रकाशन प्रशारण गरेका समाचारहरुका कारणले पनि अहिले यो कार्यको थालनी भएको हो। यसअघि पनि स्थानीय समाज सेवा असल शासन क्लवको नेतृत्वमा यो दरवारको मर्मत कार्य र संरक्षण हुदै आएको क्लवका संयोजक दिपक पाण्डे बताउनु हुन्छ। यस्तै नेपाली सेनाको गरुणदल गण र जिल्ला प्रहरी कार्यालय पाल्पाका जवानहरुले केही समय अघि छुट्टा छुट्टै समयमा रानीघाट दरवारको सरसफाई गरेका थिए भने पाल्पाका सवै राजनीतिक दलका प्रतिनिधिहरुले सोही ठाउँमा गएर दरवारको संरक्षण र सम्बद्र्धनको विषयमा वैठक समेत बसेका थिए। जिल्ला बिकास समिति पाल्पाले पनि पछिल्ला दिनहरुमा समान्य रुपमा दरबारको मर्मत संभारको काम गरेका छ। नेपाल सरकारले सन २०११ लाई पर्यटन वर्षको रुपमा घोषणा गरेको अवस्थामा यस दरवारको संरक्षण र व्यवस्थापनले महत्वपूर्ण भुमिका खेल्ने स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरे बताउनु हुन्छ। 

उचित संरक्षण र सम्बद्र्धनको अभाबमा धरासायी र कमजोर अबस्थामा पुगेको रानीघाट दरबारको विस २०५४ साल देखि जिर्णौद्धार कार्य भए पनि पूर्ण रुपमा काम हुन सकेको थिएन। तानसेन सदरमुकाम देखि २५ किलोमिटर उत्तर पश्चिम बौघागुम्हा गाउ बिकास समितिको वडा नंं २ रानीघाटमा अबस्थित उक्त दरबारको विस १९४९ सालमा शिलान्यास गरी १९५४ सालमा निमार्ण कार्य सम्पन्न भएको थियो। ऐतिहासिक र धार्मिक रुपमा प्रसिद्ध यो दरबारको संरक्षण नहुदा त्यहाँको महत्वपूर्ण बस्तुहरु समेत चोरी भएका छन्। यसले पुराना धरोहर तथा ऐतिहासिक र धार्मिक रुपमा चर्चित रानीघाट दरबारको अस्तित्व नै संकटमा पारेको छ। यो दरबारलाई बिश्व सम्पदा सूचीमा राख्नको लागि काम भईरहेको सरकारी कार्यालयहरुले बताउदै आएपनि उचित संरक्षण नहुदा दरबार जीर्ण बन्दै गएको थियो। 

आज भन्दा १ सय १८ बर्ष पहिले राजा खड्ग शमशेरले आफ्ना पि्रय रानी तेजकुमारीको निधन पछि रानीको अन्तिम ईच्छा अनुसार उनको सम्झनामा प्रेमको प्रतिक स्वरुप रानीघाट दरबार निमार्ण गरेका थिए। रानीको ईच्छा अनुसार उतिबेला निमार्ण भएको उक्त दरबार भित्र पाटी पौवा धारा र मन्दिर सहितको दरबार मार्ग रहेको छ। तर पाटी पौवा धारा र मन्दिर अहिले नचिनिने अबस्थामा पुगेको छ। मन्दिर भित्रको मूर्ति र मन्दिरको गजुर समेत चोरी भईसकेको छ। फलामबाट निमार्ण भएका मुर्ति तथा अन्य महत्वपूर्ण धातुबाट बनेका बस्तुहरु हराएर गएका छन्। भित्री दरबार निमार्णमा प्रयोग भएका काठहरु समेत दाउरा बाल्न प्रयोग भईसकेका छन् भने दरबारको भित्तामा फलना प्लस फलना लेखिएर कोरिएको छ।

भारतको आग्रामा रहेको ताजमहलको प्रतिकको रुपमा रहेको नेपालको पाल्पामा रहेको ताजमहल रानीघाट दरबार पे्रम र बचन बद्धताको प्रतिकको रुपमा समेत लिने गरेको पाईन्छ। करिब ६ रोपनी जग्घामा फैलिएको उक्त दरबार बेजाडे कलामा निमार्ण गरिएको छ। धार्मिक पर्यटकीय र ऐतिहासिक रुपमा नाम कमाएको पाल्पाले पर्यटकहरुका लागि यो स्थानलाई समेत केन्द्र बनाउन सकिनेमा कसैको दुईमत छैन। पाल्पा गुल्मी र स्याङजाको संगम स्थलमा रहेको रानीघाट दरबार अहिले बर्षको एक दिन पे्रम दिबसको दिन प्रेम पारखीहरु यस स्थानमा ३ घण्टा हिडरै भएपनि घुम्न र प्रेम साटासाट गर्न जाने गर्दछन्। यस बाहेक अन्य दिन पाल्पा र अन्य क्षेत्रका मानिसहरु यो स्थानमा घुम्न र दरबार अबलोकन गर्न कम मात्र जाने गरेका छन्। त्यहासम्म पुग्नलाई यातायातको सुबिधा नभएका कारण पर्यटकहरुले यो स्थानमा अबलोकन गर्न जाने ईच्छा गर्दा गर्दै पनि उनीहरु जान सकेका छैनन्। तरपनि राजधानी जोड्ने फास्ट ट्याकको रुपमा अहिले कालीगण्डकी लोकमार्ग निमार्ण कार्य भईरहेकोले र बौघागुम्हा गाविसमै होम स्टेको निमार्णले कालीगण्डगीको छेउमा रहेको ताजमहल रानीघाटमा पर्यटक भित्राउन सहयोग पुग्ने बिस्वास लिईएको छ। यसले गर्दा आगामी दिनमा उक्त दरबारको संरक्षण समेत हुने त्यहाँका स्थानिय बासिन्दहरुले विश्वास लिएका छन्। ऐतिहासिक धार्मिक र पर्यटकिय महत्व बोकेको रानीघाट दरवारमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिएमा यसले पाल्पा लगायत अन्य छिमेकी जिल्लाहरुलाई समेत पर्यटन बिकासमा टेवा पुग्ने निश्चित छ।
 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)