HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home विशेष लेख को हुन् प्रथम सहिद

को हुन् प्रथम सहिद

E-mail Print PDF
AddThis Social Bookmark Button
संजोग लाफा मगर

नेपाली जनतामाझ नेपालका प्रथम सहिद लखन थापा मगर सुपरिचित नाम हो। उनले शहादत गरेको १२५ वर्षपछि २०५६ फाल्गुन ११ गते राज्यले प्रथम सहिद घोषणा नगरी सहिद मात्र घोषणा गर् यो। सहिद मात्र घोषणाले असन्तुष्ट बनेका मगरहरुको साझा संस्था नेपाल मगर संघले २०६२ माघ १० गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको ज्ञापन पत्रमा सहिद कप्तान लखन थापा मगर दोस्रो लाई प्रथम सहिद घोषणा गर्नुपर्ने मागलाई सरकारी जवाफमा "प्रथम सहिद घोषणा गर्न ऐतिहासिक प्रमाणिक तथ्य एवं अन्य विवरण आवश्यक पर्ने र निज अघि नेपालमा अन्य कूनै व्यक्तिले राष्ट्र राष्ट्रियता राष्ट्रिय एकता अखण्डता राष्ट्रिय एकिकरण राजनीतिक स्वतन्त्रता प्रजातन्त्र लगायत राष्ट्रिय जीवनका अन्य क्षेत्रहरुमा योगदान दिंदै प्राण आहुति गरेका छैनन् भन्ने यकिन प्रमाणित तथ्य तथा विवरण आवश्यक पर्ने भएकोले श्री ५ को सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यवहारिक हिसाबले पनि कठिनाई पर्ने" व्यहोराको पत्रले राज्य संकुचित एकाङ्कीपना मै रुमल्ली रहेको छ।

नेपालका प्रथम अमर सहिद बाँकावीर पुस्तिकामा सुरतबहादुर शाहका अनुसार वि.सं. १९०६ मा बलदेव शाह छद्मी नाम बाँकावीर जङ्गबहादुर राणाको विरोधमा मारिएकाले उनलाई प्रथम अमर शहिद घोषणा गर्नुपर्ने तर्कमा- "जङ्गबहादुर राणाले श्री ५ राजेन्द्रलाई नजरबन्दमा राखि अड्कलेको मानो खानुपर्ने व्यवहारले राजपरिवार तथा मोफसलका ठकुरीहरु आक्रोशित बनेका थिए। अछाममा जाने राणाको कर्मचारीहरुलाई लैनो नौमुठे गाई सित्तैमा दिनुपर्ने हाकिमलाई पिठ्युमा काखी राखी बोकेर ठाउँ-ठाउँमा डुलाउनु पर्ने कर्मचारीहरुलाई गोर्खाली मानो भनि चामल दाल घिउ मसला उठाउनु पर्ने छोरीचेली नारीप्रति हातपात गर्दा अभिभावकले टुलुटुलु हेर्नुपर्ने बाध्यताले श्री ५ गीर्वाणयुद्ध वीरविक्रम शाहदेवकी छोरी सरस्वती कुमारी उनकी पनि छोरी अछामी राजालाई विवाह गरेपछि जन्मीएका साहेबज्यू बाँकावीर उर्फ बलदेव शाहले राणाद्धारा पठाएको फौजलाई रासन नदिने अभियान चलाए। एक्लै दुक्लै भेटेका जवान र कर्मचारीहरुको हत्या गर्दै हिंडेपछि स्थानीय अछामी स्वाँर खत्रीहरुलाई राणाहरुले प्रयोग गरी बाँकावीरको टाउको काटी रुद्रिसंह स्वाँरले हत्या गरेर रातारात अछामको सिमाना कटाउँदै डोटी गौंडा हुँदै काठमाडौं पुर्याएका थिए।"

बाँकावीरले गरेको संघर्ष राजपरिवारलाई नजरबन्द राखि तोकेको मानो खानुपर्ने नियमलाई पारिवारिक असन्तुष्टि र राणा कर्मचारीले गरेको दुव्र्यवहार विरुद्ध गरेको भुमिगत आन्दोलन हो। राष्ट्रिय स्वार्थ भन्दा पारिवारिक स्वार्थबाट प्रेरित भएकोले सहिदको तुलना गर्न कत्तिको सम्भव छ इतिहासविदु् डा. राजाराम सुवेदी लेख्छन्- "नेपाल एकिकरणको बेला धेरै वीर वीराङ्गानाले राष्ट्रको निमित्त प्राण अर्पेका छन्। उदाहरणको लागि कालु पाण्डे चेब्रे राना बंशु गुरुङ धोकलिसंह बस्न्यात भक्ति थापा आदि। सहिद पनि कून घटना कून कालखण्ड र कुन प्रसङ्गमा भएका हुन भन्ने कुराको सिमावद्ध या समयापन गर्नुपर्ने स्थिति देखिएको छ।"

तर सामान्य ज्ञानदेखि इतिहासकारहरुले सर्वमान्य रुपमा नेपालका प्रथम सहिद लखन थापा मगर हुन् जसले राणा शासनको पहिलोचोटी जनस्तरबाट विद्रोह गरि निरकुंश जहानिया राणा शासनका प्रवर्तक जङ्गबहादर राणा विरुद्ध प्रजातान्त्रिक आन्दोलन लडी देश र जनताको निमित्त मृत्यूवरण गरेका थिए। डा। सुवेदी लखन थापा मगर बारे लेख्छन्- "राणा शासनको कालो क्रुर र अत्याचारी शासनबाट मुक्ति लिई नेपालीलाई आफ्नो अस्मिता बचाउने प्रयत्न गरि प्राण आहुति दिने सिद्ध लखन थापा दोस्रो नेपालका प्रथम सहिद हुन्।" हालै नेपाल सरकारबाट गठित उच्चस्तरीय सहिद सुझाव परामर्श समितिका संयोजक मोदनाथ प्रश्रित लखन थापा मगरप्रति श्रद्धाभावले "अहिले मेरो श्रद्धाको केन्द्रमा नाचिरहेछन्- वीर सहिद लखन थापा मगर" भनि गौरव गर्छन। उनै प्रथम सहिद लखन थापा मगरको वीरतालाई सम्मान गर्दै जहाँ उनलाई झुण्ड्याई मारियो त्यहीं नै जनस्तरबाट सर्वप्रथम गोरखा बुङ्कोट काहुले भङ्गारमा सालिक स्थापना गरेर अनावरण गरेको छ। चौराहा राजमार्ग बुटवलमा सालिक स्थापना गरिएको छ। दाङ घोराहीमा निर्माणधिन सहिद पार्क प्रथम सहिद लखन थापा मगर नामाकरण गरिएको छ। तानसेन पाल्पामा सालिक निर्माण भईरहेको छ। पोखरामा लखन थापा मगरको शालिक निर्माण भएको दुई वर्ष वित्यो नेपाल सरकार प्रमुखबाट अनावरण गर्न आलटाल भईरहेकोले इतिहास खोज्दै ठिङ्ग उभिरहेको छ। सरकारमा पुगेपछि लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्छौ भनेर घोषणा पत्रमा चुनावी नारा बनाएको माओवादीले पार्टीको नेतृत्वमा सरकार बनेपछि लखन थापालाई प्रथम सहिद घोषणा गर्नु परै जावस पार्टिको लागी जनयुद्धमा मारिएका दशहजारलाई सहिदको सुचिमा सुचिकृत गर्यो। बरु उल्टै सालिक अनावरणको लागी प्रधानमन्त्री प्रचण्डलाई पटक पटक गरेको अनुरोधलाई वेवास्ता गरिदियो।

राष्ट्र राष्ट्रियता राष्ट्रिय एकता अखण्डता राष्ट्रिय एकिकरण राजनितिक स्वतन्त्रता प्रजातन्त्र लगायत राष्ट्रिय अन्य विषय र क्षेत्रहरुमा ठुलो योगदान दिँदै प्राण आहुति गरेको व्यक्तिलाई शहिद भनिने गरिन्छ। सहिदको निःस्वार्थ त्याग मूल्य सानो घटना दुर्घटनामा मरेका व्यक्तिहरुलाई पार्टीको झण्डा ओढाएर क्षतिपुर्ति सहित सहिद घोषणाको माग गर्ने संस्कृतिलाई प्रोत्साहनकासाथ राज्यले स्वीकारे पछि अज्ञात वा सशस्त्र समूहले हत्या गरेका कर्मचारीहरु पत्रकारहरु पूराण वाचकहरु तराई मधेश आन्दोलन जनआन्दोलन - २०६२-२०६३ बाह्र बर्षे जनयुद्ध २००७ सालको क्रान्तिमा मारिएकाहरु लगायतलाई कर्मचारी सहिद पत्रकार सहिद धार्मिक सहिद र जिउँदो सहिद भनि नेपाल सरकारले आधिकारीक रुपमा छहजार तीनसय चौवालिस जनालाई सहिद घोषणा गरिसकेको छ। लखन थापा मगरको एकपल्ट नाम उच्चारण गरिदैंन अब बाँकावीर प्रथम सहिद भनेर दावी गर्न थालिएको छ। सहिद घोषणा गरिएकाहरु मध्य कत्ति राष्ट्रको लागि आहुति दिएका व्यक्तिहरु हुन् सहिदको कोटीमा पर्छ कि पर्दैन संक्रमणकालिन अवस्था पार्टी स्वार्थको लागी जबरजस्ती गरिने सहिद घोषणा अब पूनर्मूल्याङ्गन नगरिने हो भने सहिदको अपमान हुने गरि संख्या बढ्दै जानेछ।
 
Comments (3)
we must put more pressure to the government
1 Monday, 22 February 2010 03:52
nepali
it's sad for the nepalese that unless n untill if we don't pressure government can't go ahead on good matters ,it's memebers are only after power ,money,....
good point sanjog lafa jyu
2 Monday, 22 February 2010 21:21
ruben pun magar
good point lafa jyu ma praseshma raher andhakarko bhumarima raheko byaktiko lagi ramro tapics nikalera gun lagaunu bhayo bastabma hami pratek magar harule yesta kura haru khotaler nikaler sarkarlai must pressure dinu parchha .
thanx
3 Monday, 19 April 2010 14:02
sanjog laaphaa
nepalka pratham sahid lakhan thapa magar sambadhi lekh padhera sujhav dinu bhayekoma dhanyabad.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)