HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home विशेष लेख सहारादेखि चेल्सीसम्म

सहारादेखि चेल्सीसम्म

E-mail Print PDF
AddThis Social Bookmark Button
बिहिवार, 18 जून 2009
मनोज अधिकारी, पोखरा असार ४- सहारा क्लबबाट खेल यात्रा सुरु गरी 'ए' डिभिजन लिग हुँदै राष्ट्रिय टिम र अहिले अन्तराष्ट्रिय छनोट खेलमा भाग लिने अवसर पाएका छन्, पोखरेली फुटबल खेलाडी अनिल गुरुङले। २१ वर्षे गुरुङ आगामी दुई सातापछि लण्डनमा हुने छनोट खेलमा विश्वप्रसिद्ध क्लब चेल्सीका तर्फबाट खेल्न बुधबार बेलायत जाँदैछन्। 

असार १७ गते बेलायतका वकिङ्ग र चेल्सी क्लबको छनोट खेलमा भाग लिने छन्। "राम्रो खेल्छु भन्ने थियो तर यति छिटै यहाँ पुग्छु भन्ने लागेकै थिएन," उनले भने- "छोटो समयमा पाएको यो राम्रो अवसरलाई भरपुर उपयोग गर्नेछु।"
 
सहारा क्लबद्वारा सञ्चालित ऐकेडेमीको पहिलो ब्याचका खेलाडी अनिल राष्ट्रिय टोलीका राम्रो 'स्ट्राइकर' हुन्। उनले दर्जनौं राष्ट्रिय र झण्डै एकदर्जन अन्तराष्ट्रिय प्रतियोगीता खेलिसकेका छन्।

उनलाई अहिले यो अवसरको चाँजो पाँचोमा सहारा क्लब पोखरा र सहारा यूकेले ठूलो साथ दिएका छन्। सहारा यूकेको सम्पूर्ण खर्च र व्यवस्थापनमा लण्डन जान लागेका अनिललाई बिहीबार पोखरामा सहारा क्लबले शुभकामनासहित बिदाई गरेको छ।

उनी नेपालका तर्फबाट विश्वप्रसिद्व क्लबका लागि छनोट चरणमा खेल्न जान लागेका सम्भवत् पहिलो खेलाडी हुन्। जसको गर्व सहारा क्लबले गरेको छ।

२०५८ सालमा सहाराको एकेडेमीबाट खेल यात्रा सुरु गर्दा उनी मात्र १२ वर्षका थिए।

९ वर्षको यसबीचमा उनले 'ए' डिभिजनका बि्रगेड ब्याईज थि्रस्टार मनाङ मस्र्याङ्गदी एनआरटी हुँदै आफुलाई राष्ट्रिय टोलीका होनाहार खेलाडी सावित गरिसकेका छन्।

अहिलेसम्म प्रतियोगीतामा एकल ४५ गोल गरेका अनिल भविष्यमा यस्ता कयौं गोलको लक्ष्य बाँकी नै रहेको बताउँछन्।

"मलाई जन्माउने क्लब मेरो क्षमता देखेर साथ दिने ए डिभिजन क्लबहरु र अहिले बेलायतसम्मको अवसरका लागि पहल गरिदिने सहारा युके सबैलाई मेरो तर्फबाट निराश बनाउने छैन," अनिलले बिहीबार नागरिकसँग भने- "मेरो अगाडी धेरै गोलका सपना छन्। जसलाई मैले मुख्य लक्ष्य बनाएको छु।"

लण्डन यात्राको मुख्य सारथी सहारा यूकेका कोषाध्यक्ष दिलिप गुरुङ आफुले अनिलमा मुलुकको नाम चम्काउने प्रसस्त सम्भावना देखेको बताउँछन्।

"अनिलले देशलाई चिनाउने छन्," बिहीबार पोखरामा आयोजित बिदाई समारोहमा दिलिपले भने- "खेलप्रति निकै लगाब राख्ने र अनुशासित खेल खेल्ने अनिललाई जिम्मा लिएर जान पाउँदा हामीलाई गर्वको अनुभव भएको छ।"

अनिलले पहिलोपटक सहाराको तर्फबाट ०५९ सालमा कास्कीको लेखनाथमा 'तिज प्रतियोगीता' मा खेलेका थिए। त्यसपछि आहा गोल्डकपको तेस्रो संस्करणका ३ म्याच खेल्दा नै उनले सबैको ध्यान खिच्न सफल भए।

अनिललाई भर्खरै इण्डियन 'ए' डिभिजन क्लब सिलोङबाट समेत राम्रो प्रस्ताव आएको छ।

खेल जीवनको छोटो अवधिमै उल्लेख्य फड्को मारेका अनिलले तेस्रो सहारामा खेले लगत्तै राष्ट्रियस्तरको ए डिभिजन बि्रगेड ब्याईजमा अनुबन्ध हुने अवसर पाए।

अवसरलाई सदुपयोग गर्न सफल हुँदै उनले एकपछि अर्को हुँदै थि्रस्टार मनाङ मस्र्याङ्गदी एनआरटी र राष्ट्रिय टिमसम्म फटाफट फड्को मारे।

"ए डिभिजन क्लब प्रवेश गर्दा सुरुमा केही नर्भस भएको थिएँ," पुराना दिन सम्झँदै अनिलले भने- "सहकर्मी खेलाडी र कोचको साथले छिटै आफुलाई टिममा फिट गराईहालें।"

उनले आफ्नै सशक्त खेलले बि्रगेड ब्याईजलाई ए डिभिजनमा जोगाई राख्न खेलेको भूमिकालाई कहिलै बिस्रन नसकेको बताए।

भारतको सिक्किममा उनले गरेको ३ गोल नै उनको अन्तराष्ट्रिय खेलमा पहिलो गोल थियो। उक्त खेलमा उनी म्यान अफ दि म्याच भएका थिए। त्यसपछि उनले मलेसियामा भएको मडेका कपमा १ गोल गरे।

मुलुकभित्रै राष्ट्रियस्तरको सहिद स्मारक लिग प्रतियोगीतामा उनी ३२ गोल गरेर चर्चामा आए। लिगका २४ खेलमा ३२ गोल गरेर प्रतियोगीतामै सबैभन्दा बढी गोल गर्ने खेलाडीका रुपमा मोटरसाइलक जितेको उनले सुनाए।

"त्यो प्रतियोगीताले मलाई अझ धेरै चिनायो," अनिलले भने- "मैले पनि खेललाई अझ परिस्कृत गर्ने अवसर पाएँ।" अनिललाई सुरुका दिनमा फुटबलमा प्रवेश गर्दा भारतिय सेनामा रहेका बाबुको समेत समर्थन थिएन।

"सबैले पढ्न छोडेर खेलेको मात्र भन्थे," उनले भने-"पछि खेलमा नाम र इनाम पाउन थालेपछि घरका सबै खुशी भए।" खेलबाटै घरपरिवारसम्मलाई खुशी पार्न सके पनि अनिलका लागि अहिले फेरी एकपटक कठिन परीक्षाको घडी आएको छ।

लण्डनमा वकिङ्ग र चेल्सीको छनोट खेलमा लायक ठहरिए भने उनले आफ्नो भाग्य सँगै मातृभूमिको नाम चम्काउने अवसर पाउनेछन्। "नत्र चार महिना लण्डन बसेर नेपाल फर्केर घरेलु मैदानमै दौडिनुको विकल्प छैन" आफूप्रति आशावादी अनिलले नागरिकको बधाई लिएपछि हाँस्दै भने।
 
श्रोत : नागरिक
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)