HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home विशेष लेख कौरा बिसाउने बेला

कौरा बिसाउने बेला

E-mail Print PDF
AddThis Social Bookmark Button
नरेश खपाङ्गीमगर

 
 
कुरा परे नेपाल जाउँला घन परे बिरुँला
यो नानीलाई नलगी छोड्दिनँ
परे पर्ला मै परुँला बन्दिपुरे जेलमा
यो नानीलाई नलगी छोडदिनँ

गाउँघर बनपाखा घन्काउँदै कौरा गाउने नाच्ने समय अब त्यति छैन। अब त यसो खेतिपाती पनि गर्नु पर्यो नि। असार पनि लाग्न लाग्यो। खेति किसानीको भरमा धानिएको जीवन के गर्ने माघे संक्रान्तिदेखि नाच्न शुरु गरिएको कौरा अब असारे पूर्णिमामा सेलाइँदै छ।

पश्चिमा‌चल र मध्यपश्चिमा‌चलका मगरहरुबीच प्रचलित कौराको उठान हरेक माघे संक्रान्तिमा हुन्छ। त्यसो त तरुल भ्यागुर पलायो मगर बुढो रमायो भन्ने आहान नै छ। माघे संक्रान्तिको दिन जंगलको तरुल भ्यागुरगिठ्ठा खाएपछि कौरा नाच्न शुरु हुने गर्दछ। मगरहरु यसलाई बाजा खोल्ने पनि भन्दछन्। असारमा चाहिँ खेतिपाती गर्नलाई पानीमा पस्ने र मूलहरु पनि पलाउने भएकाले कौराको बैठान गर्दछन्। त्यसैले कौरा बिसाउन १० थरिका मुना टुसा पलाउने कन्दमूल खाने चलन छ। सिप्लीगान खोलेगान रेगान बुदुनीगान ल्हागान कुरगान भिक्स लेटगान छुरगान निगुरो खाएर कौरा बिसाउने गरिन्छ।
 
 

कौराको उत्पति

प्राचीन मगर गणराज्यहरुबाट कौराको चलन शुरु भएको विश्वास गरिन्छ। गण्डक क्षेत्रका मगर बुढापाकाहरु कालीवार गोरखा तनहुँ नै कौराको उद्गम थलो हुनसक्ने तर्क राख्छन्। मगरहरुको घनाबस्ती रहेको पाल्पा नवलपरासीमा भने अलि पछि मात्र कौरा सरेको भनाइ छ। अध्येताहरु कोही तनहुँको रििसंगबाट कौरा शुरु भएको निस्कर्ष निकाल्छन् भने कोही गोरखाबाट। हाल पोखरा विश्वविद्यालयका उपकुलपति रहनुभएका डा। केशरजंग बरालमगर पनि तनहुँको रििसंग नै कौरा गीतको उद्गमस्थल भएको दाबी गर्नुहुन्छ। अध्येताहरुमा कौराको उत्पतिका बारेमा अझै एकमत आइसकेको छैन। तर तनहुँ गोरखामा प्राय सबैजसो मेलापर्वहरुमा कौरा नाच्ने गरिएको भने सबैले स्वीकारेका छन्।

जहाँबाट शुरु भएको भए पनि कौरा अहिले देशभरका मगरमाझ प्रचलित छ। शुरुमा पश्चिमााचलका मगरहरुमाझ सीमित रहे पनि अहिले पेशा व्यवसाय विशेषले नेपाल बाहिर रहेका मगरहरुले पनि कौरा बिनाको आफ्नो संस्कृति अपूरो र अलिनो मान्ने अवस्था आएको छ।

 
 
कसरी भयो कौरा नामकरण

कौरालाई कतै चुड्का कतै चुड्के रोइला कतै कच्छोर पनि भनिन्छ। नाम जे सुकै दिइए पनि गाइने लय र नाचिने ताल भने उही कौराकै हुन्छ। कौरा नाम कसरी रह्यो भन्ने बारेमा विद्धानहरुको मत फरक फरक छ। कौरा नाच भर्खरका युवती अविवाहित कन्या हरुले नाच्ने भएकाले यसको नाम कडुवा राखियो पनि भनिन्छ। मगर भाषामा कडुवाको अर्थ अविवाहित युवा युवती हुन आउँछ। डा। बरालका अनुसार कडुवाबाट अपभ्रंस हुँदै कटुवा कर्हवा कौर्हा भएको पाइन्छ।

मगरहरुको बसोबास पहाडी भेगमा ज्यादा छ। पहाडमा खानेपानीको अभावका कारण आधा घण्टा वा एक बिहान समय खर्च गरेर पानी लिन जान पर्ने हुन्थ्यो। पधेँरोमा घण्टौँ पालो पर्खेर बस्नुपर्ने हुन्थ्यो। यसरी पालो पर्खदा नाचगान गरेर रमाइलो गर्ने गरिन्थ्यो। कान राहा हामी आयौँ भनेर एकले अर्कालाई सोध्दै गरिएको नाचगान नै वर्तमानको कौरा हो भन्ने पनि अर्काथरीको तर्क छ।

गोरखाको मनकामना ताक्लुंग घैरुंग क्षेत्रका मगर बस्तीहरुमा गरिएको अध्ययन अनुसार माघेसंक्रान्ति चण्डीपूर्णिमा वैशाके पाचमी जस्ता पर्वमा युवतीहरुले नजिकको गाउँका युवाहरुलाई आफ्नो गाउँमा आउने निम्ता दिन्छन्। दिनभरि काम गरेर थाकेका युवाहरु रातपरेपछि युवतीहरुको निम्ता स्वीकार्दै युवतीहरुको गाउँमा पुगेर खैजडी बजाउँदै कान राहा हामी आयौँ भनेर सूचना दिन्छन्। त्यहीँबाट नै अपभ्रंस हुँदै कौरा नाम रहन गएको भन्ने तर्क पनि अध्येताहरु दिन्छन्।

उद्गम जे नामबाट भएको भए पनि आजकल त कसैले कौराहा कसैले कौडा कसैले कौरा कसैले कडुन्या नाम दिएर फरक फरक संस्कृति पो हो कि भन्ने भ्रम पनि फैलाइदिएका छन्।

कौराको विधि

कौरा युवाहरुले खैजडी बजाउँदै गाउने र युवतीहरुले गीतको भाव अनुसार हातको पार लगाउँदै नाचिने सामूहिक नृत्य हो। चाड पर्व वा सामाजिक उत्सवमा कौरा नाच्दा गुरुबाको निर्देशनमा नाच्ने गाउने गर्नुपर्छ। कौराको शुरुवातमा गुरुबाले गीत गाउँदै जान्छ भने अरुले त्यसलाई पछ्याउँदै र छोप्दै जानुपर्दछ। कौराको शुरुमा गुरुबाले गीतबाटै देवीदेउताको पूजा गर्ने गर्दछन्। जसलाई बन्धन गीत पनि भनिन्छ। त्यतिबेला आकाश पाताल र पृथ्वीका देवी देवताहरुको नाम लिने गरिन्छ। बन्धन गीतमा युवतीहरुले धामी र पुजारीलाई घेरेर नाच्ने गर्दछन्। बन्धन गीतको अंश 

गर्रा भाइलाई रक्षा गरन यसै पहिलो चरन
देउ देउतैको सरन गर्रा भाइलाई रक्षा गरन

कौरामा विवाहित र अविवाहित दुवै केटाहरु सहभागी हुन पाउँछन् भने केटीहरु चाहिँ अविवाहित नै हुनुपर्छ। विवाहित केटीले कौरा नाच्ने परम्परा छैन। कौरा नाच्ने केटाहरु हरेकको हातमा खैजडी हुनुपर्दछ। कौरा नाच्ने केटीहरुको संख्या बिजोर हुनुपर्दछ। कम्तीमा तीन जनादेखि १३ जनासम्मको कौरा नाच्ने गरिएको छ।

कौरामा एउटै टुक्कालाई धेरैपटक गाइन्छ। नाच्नलाई अनुकूल बनाउन पटकपटक दोहोर्याउने गरिन्छ। कौरा नाच्दा केटाहरुले भांग्रा कछाड शिरमा टोपी लगाउँछन् भने केटीहरुले मखमलको चोली घलेक पोते पहेँलो पटुका छिटको गुन्यु र काँधमा सानो रुम्ााल राख्ने गर्दछन्। कौराको विशेषता के भने कौरा गीत केटीहरुले गाउँदैनन्।

अन्त्यमा

कौरा गीत माघे संक्रान्तिदेखि असारे पूर्णिमासम्ममा पर्ने विभिन्न मेला जात्रा पर्वमा त नाचिइन्छ नै यसबाहेक मगर जातिको मांगलिक कार्यहरु विहे पास्नी न्वारान छैटी छेवर आदिमा पनि नाच्ने गरिन्छ। कौरा गीतमा माया प्रेम सुखदुख आँसुहाँसो हर्षउल्लास ख्यालठट्टा पनि गर्ने गरिन्छ। तर यस्तो गीतको शुरुवातमा पनि बन्धन भने बाँध्नैपर्ने हुन्छ। बन्धन बाँधेपछि मात्र मायाप्रेम साचोबिसाचो आदिको सोधनी गर्ने गरिन्छ।

चौतारीमा लरलर
कहिले होला ए नानी तिमी पीपल मै वर
चौतारीमा लरलर।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)